Monday, February 16, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home FEATURE

लामो समयदेखि त्रिविमा लागेको तालाबन्दी खुल्यो

खबरबिट by खबरबिट
19/10/2022
in FEATURE
0
लामो समयदेखि त्रिविमा लागेको तालाबन्दी खुल्यो
84
VIEWS
Share on FacebookShare on Twitter

त्रिभुवन विश्वविद्यालय र नेपाल विद्यार्थी संघबीच ८ बुँदे सहमति भएको छ । त्रिविको वार्ता समिति र नेविसंघका प्रतिनिधिहरूबीच वार्ता भएको थियो । वार्तापछि त्रिविका विभिन्न निकायमा नेविसंघले लगाएको ताला खोलिएको नेविसंघ त्रिवि नेता विष्णु बहादुर बडैलाले जानकारी दिए ।

सहमतिअनुसार व्यवस्थापन संकाय ‘बीबीए’ तर्फको २२ र २५ असारमा लिइएको परीक्षाका प्रश्नपत्रहरूमा देखिएको समस्याका विषयमा अध्ययन समिति गठन गरिनेछ । त्यस्तै मानविकी संकायको परीक्षा सम्बन्धमा गठित समितिका संयोजक प्रा डा.घनश्याम भट्टराईको प्रतिवेदनबाट दोषी देखिएका व्यक्तिहरू उपर कारवाही गर्ने सहमति भएको छ । त्रिभुवन विश्वविद्यालयका विभिन्न संकायका तथा संस्थानहरूको परीक्षा प्रणालीमा त्रुटिहरु देखिएकोले सम्पूर्ण पक्षहरुलाई अध्ययन गरी डीन कार्यालयहरु र परीक्षा नियन्त्रण कार्यालयले ३ महिना भित्र कार्यविधिहरू तयार गरी कार्यान्वयनमा ल्याउने सहमति भएको छ ।

READ ALSO

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

रामधुनीमा मोटरसाइकल दुर्घटना हुँदा तीनको मृत्यु, २ घाइते

विद्यार्थी छात्रवृत्तिका लागि सेन्ट्रल पोर्टल निर्माण गरी कार्यविधि ३ महिना भित्र तयार गर्ने र कार्यान्वयनमा ल्याउने, त्रिभुवन विश्वविद्यालयको शैक्षिक क्यालेण्डरलाई पूर्णरुपमा कार्यान्वयनमा ल्याउने, त्यसका लागि सेमेस्टर प्रणालीअन्तर्गत ३ महिनाभित्र र वार्षिक प्रणालीको ५ महिनाभित्र नतिजा प्रकाशन गर्ने व्यवस्था मिलाउने सहमति नेविसंघ र त्रिविबीच भएको छ ।

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले गर्ने कार्यहरु र प्रमाणपत्र वितरण कार्य क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालयहरु मार्फत समेत गर्ने, विश्वविद्यालयमा घटित अप्रिय घटना तथा उत्पन्न परिस्थितिप्रति दुःख प्रकट गर्दै आगामी दिनमा संवेदनशिल बनेर विद्यार्थी, कर्मचारी र प्राध्यापकहरूको त्रिपक्षीय सम्बन्धलाई स्थापित गर्ने र हरेक मुद्दाहरूलाई वार्ता, संवाद र सहमतिबाट समाधान गर्ने सहमति समेत गरिएको छ ।

यी सहमतिपछि नेविसंघले विश्वविद्यालयमा लगाएको तालाबन्दी लगायत आन्दोलनका सम्पूर्ण कार्यक्रमहरु आजैबाट फिर्ता लिएको छ ।

लामो समयदेखि नेविसंघले तालाबन्दी गर्दा पठनपाठनसँगै विश्वविद्यालयले आफ्ना गतिविधि अगाडि बढाउन सकेको थिएन । लामो समयदेखि त्रिविले मागका विषयमा कुनै सुनुवाई नगरेपछि नेविसंघ आफैंले वार्ताका लागि अग्रसरता देखाएको थियो ।

Tags: तालाबन्दीत्रिभुवन विश्वविद्यालयनेविसंघ

Related Posts

पाकिस्तान छाडेको दुई महिनामै पत्रकार शरिफकाे हत्या
FEATURE

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

06/07/2025
ट्याक्टर दुर्घटना हुँदा ताप्लेजुङमा ४ जनाको मृत्यु
FEATURE

रामधुनीमा मोटरसाइकल दुर्घटना हुँदा तीनको मृत्यु, २ घाइते

29/06/2025
आईएमई पे र खल्तीलाई मर्जरका लागि राष्ट्र बैंकको अन्तिम स्वीकृति, वालेटको नाम खल्ती रहने
FEATURE

आईएमई पे र खल्तीलाई मर्जरका लागि राष्ट्र बैंकको अन्तिम स्वीकृति, वालेटको नाम खल्ती रहने

24/06/2025
‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई
FEATURE

‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई

15/06/2025
चालू आर्थिक वर्षमा पेट्रोलियम पदार्थको खपतमा कमी
FEATURE

बढ्यो पेट्रोल र डिजेलको मूल्य

15/06/2025
इजरायल र इरानमा रहेका सबै नेपाली सुरक्षितः परराष्ट्र मन्त्रालय
FEATURE

इजरायल र इरानमा रहेका सबै नेपाली सुरक्षितः परराष्ट्र मन्त्रालय

15/06/2025
Next Post
बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि आजबाट खुवाउन सुरु

बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि आजबाट खुवाउन सुरु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.