ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–७ सुरुम्खिममा एक घरमा आगलागी हुँदा लाखौँ मूल्यबराबरको क्षति भएको छ । भाइटीकाको दिन बुरुम्खिम टोलका स्थानीय भीष्मराज खुदाङको घर जलेर नष्ट भएको हो।
आगलागीबाट घरभित्र भएको खाद्यान्न, लत्ताकपडा, भाँडावर्तन लगायतका सामग्री जलेर नष्ट हुँदा करिब १५ लाखभन्दा बढीको क्षति भएको हुन सक्ने सुरुम्खिमका वडाध्यक्ष लक्ष्मण तामाङले जाकारी दिए।
तामाङका अनुसार बिहीबार दिउँसो भएको आगलागीबाट घर पूर्ण रूपमा जलेर नष्ट भएको जानकारी दिए ।
हालसम्ममा क्षतिको यकिन विवरण भने आइनसकेको छैन । आगलागीको कारण पनि खुल्न नसकेको तामाङको भनाइ छ ।