बिरतामोड –३ स्थित पुर्वपश्चिम राजमार्गमा सवारी साधन दुर्घटना हुँदा १ जना ६० बर्षीय पुरुषको मृत्यु भएको छ ।
सोमबार बिहान ५ बजेको समयमा साईकल यात्री स्थानीय उदय बहादुर गहतराजको मृत्यु भएको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ । प्रदेश १–००१ च ८३१९ नम्बरको पिकअपले ठक्कर दिदा गम्भिर घाइते भएका उनको बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचारका क्रममा निधन भएको प्रहरीले जनाएको छ ।
ठक्कर दिने पिकअप र चालक पथरी शनिश्चरेका कमल बहादुर मगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटना बारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।







