झापाको मेचीनगर नगरपालिका–६ बाट भन्सार छली गरी नेपाल तर्फ ल्याउदै गरेको सामानहरु प्रहरीले बरामद गरेको छ ।
सोमबार रातीको ७ बजे जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा अवैध रुपमा भन्सार छली गरी नेपाल तर्फ ल्याउदै गरेको मोटर पार्टसका बिभिन्न सामानहरु बरामद गरेको हो ।
करिब १ लाख ५० हजार बरावरका सामानहरु प्रहरीले बरामद गरिएका उक्त सामानहरुलाई आवश्यक कारवाहीको लागि मेची भन्सार कार्यालयमा बुझाईएको प्रहरीले जनाएको छ ।