Saturday, February 14, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home समाचार

निर्वाचनसँग सम्बन्धित सूचनाहरू प्रवाह गर्न उद्योगी र व्यवसायीहरूलाई आयोगको आग्रह

खबरबिट by खबरबिट
08/11/2022
in समाचार
0
निर्वाचनसँग सम्बन्धित सूचनाहरू प्रवाह गर्न उद्योगी र व्यवसायीहरूलाई आयोगको आग्रह
42
VIEWS
Share on FacebookShare on Twitter

निर्वाचन आयोगले निजी क्षेत्रका उद्योगी र व्यवसायीहरूलाई मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको निर्वाचनको प्रचारप्रसार एवं मतदाता शिक्षामा सहयोग गरिदिन आग्रह गरेको छ । आयोगको कान्तिपथस्थित कार्यालयमा ‘प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन २०७९ को सन्दर्भमा निजी क्षेत्रसँग अन्तरक्रिया’ कार्यक्रम आयोजना गरेर आयोगले यस्तो आग्रह गरेको हो ।

निजी क्षेत्रका विभिन्न नेतृत्वदायी संगठन तथा व्यक्तिहरू सहभागी कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले ‘व्यवसायिक सामाजिक उत्तरदायित्व (सिएसआर) अन्तर्गत आफ्नो सूचना सम्प्रेषण संयन्त्रमार्फत आयोगका सूचना तथा सन्देशहरू प्रवाह गरिदिन आग्रह गरेका छन् ।

READ ALSO

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र

उनले आयोगको समाजिक सञ्जालमा आवद्ध भइ आयोगमार्फत उत्पादित मतदाता शिक्षा, आचारसंहिता पालना तथा निर्वाचनसँग सम्बन्धित सूचना तथा सन्देशहरू आफ्नो सांगठानिक संयन्त्र तथा सामाजिक सञ्जालमार्फत प्रवाह गरिदिएर सहयोग गरिदिन पनि आग्रह गरेका छन् ।

व्यवसायीहरूको सहयोग मुलुक र लोकतन्त्रका लागि महत्वपूर्ण हुने विश्लेषण गर्दै थपलीयाले आ–आफ्नो संस्थामा कार्यरत कर्मचारीलाई मतदान गर्न पाउनेगरी सहजीकरण गरिदिनसमेत आग्रह गरेका छन् । आयुक्त थपलियाले हाल देशको अर्थतन्त्र निक्कै अप्ठ्यारो स्थितिमा रहेका तथ्यहरू विश्लेषण गर्दै निर्वाचनपछि यो माहौलमा परिवर्तन आउने विश्वास्त रहको बताए ।

“अहिले तरलताको अभाव, व्याजदर वृद्धि, बचत घटिरहेका जस्ता अवस्थाहरु सुनिन्छ । यसले कतै व्यवसायीहरू पलायन नै पो हुने हो कि ? भन्ने माहौल छ” थपलियाले भने, “निर्वाचनसँग पनि यसको कुनै न कुनै साइने सम्बन्ध छ । यो अप्ठ्यारो स्थितिलाई निर्वाचनपछि सहजतातिर लैजान पनि यसले सहयोग मिलोस् भन्ने हो ।”

संसारभरीको अभ्यासबाट निर्वाचनमा गरिने खर्च अनुत्पादक हुने देखिएको विश्लेषण गर्दै आयोगले निर्वाचनलाई मितव्ययी बनाउने क्रममा निजी व्यवसायीलाई असर परेको भए क्षमा गरिदिन समेत आग्रह गरे । प्रमुख आयुक्त थपलियाले मतदानका दिन अत्यावश्क क्षेत्रका सवारी साधनका साथै आवश्यकता र औचित्यताका आधारमा अन्य सवारी साधनलाई व्यवस्थित र नियन्त्रितरूपमा सञ्चालन गर्न दिने विषयमा गृहकार्य भइरहेको जानकारी दिए ।

उक्त कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका कार्यबाहक अध्यक्ष चन्द्र ढकालले निर्वाचन सफल बनाउने सन्दर्भमा आयोगले निजी व्यवसायीहरुलाई पनि सम्झिएकामा खुसी प्रकट गर्दै आफ्नो संयन्त्रमार्फत आयोगको आग्रह कार्यान्वयन गर्न सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

यसअघिको स्थानीय निर्वाचनमा मतपत्रमा धेरै निर्वाचन चिन्हहरू हुँदा मतदाताहरू सही ढंगले मतदान गर्नेबारे अन्योलमा परेको उल्लेख गर्दै आयुक्त थपलियालेले यसपटक निर्वाचन आयोगले मतपत्रमा गरेको फेरबदलले राम्रो नतिजा ल्याउने विश्वास व्यक्त गरेका छन् ।
महासंघका उपाध्यक्ष अञ्जन श्रेष्ठले मतदानका दिन व्यावसायीहरुका सवारी साधन प्रयोग गर्न दिन र आफूहरुलाई पर्यवेक्षकका रुपमा जिम्मेवारी दिन आग्रह आयुक्त थपलियाले बताए ।

Tags: उद्योगीनिर्वाचन आयोगनिर्वाचन शिक्षाप्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन २०७९व्यवसायी

Related Posts

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने
समाचार

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

26/01/2026
शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र
समाचार

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र

15/08/2025
झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी
समाचार

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

14/08/2025
माछा मार्ने क्रममा करेन्ट लागेर एकको मृत्यु
समाचार

सुनसरीको हरिनगरमा गोली प्रहार गरी सालीको हत्या

14/07/2025
पाकिस्तान छाडेको दुई महिनामै पत्रकार शरिफकाे हत्या
FEATURE

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

06/07/2025
चालू आर्थिक वर्षमा पेट्रोलियम पदार्थको खपतमा कमी
FEATURE

बढ्यो पेट्रोल र डिजेलको मूल्य

15/06/2025
Next Post
झुम्काका व्यवसायीद्वारा बैंक तथा वित्तीय संस्थालाई ज्ञापनपत्र (पत्रसहित)

झुम्काका व्यवसायीद्वारा बैंक तथा वित्तीय संस्थालाई ज्ञापनपत्र (पत्रसहित)

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.