भोजपुरको हतुवागढी गाउँपालिका–५ स्थितमा शन्तबहादुर राईको भान्साकोठामा आगलागि हुँदा आगोलागी हुँदा ५ बर्षीय बालकको जलेर मृत्यु भएको छ ।
बुधबार साँझ साढे ६ बजे भान्साकोठामा खाना पक्राउने क्रममा ग्याँस लिक भई आगलागि भएको प्रहरीले जनाएको छ । आगलागिबाट राईको ३० बर्षीया श्रीमती आशा राई र ५ बर्षीय छोरा जलेर घाईते भएका थिए ।
घाइते भएका उनीहरुको स्थानिय स्वास्थ्य केन्द्र घोडेटारमा प्राथमिक उपचार गरिएको थियो । प्राथमिक उपचार पश्चात घाइते भएका दुबैलाई थप उपचारको लागि घोपा धरान लैजाने गर्दा छोरा आयुष राईको बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।
नेपाली सेना, नेपाल प्रहरी र स्थानियको सहयोगमा आगो नियन्त्रण गरिएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।







