मोरङ्ग : पाहुना आएका मामालाई धारिलो हतियार प्रहार गरी हत्या गरेको आरोपमा १ युवा पक्राउ परेका छन् ।
कार्तिक २७ गते आइतबार राती पौने १२ बजेको समयमा उर्लाबारी न.पा.८ मा बहिनी कल्पना पाचकोटीको घरमा पाहुना आएका पथरी शनिश्चरे न.पा. १ बस्ने वर्ष ४२ का काजी मोहरालाई २२ वर्षीय भान्जा सुजन पाचकोटीले धारिलो हतियार (दाउ)ले टाउकोमा प्रहार गरेका थिए ।
हतियार प्रहारबाट गम्भिर घाइते भएका मोहरालाई उपचारको लागि मदन भण्डारी अस्पताल तथा ट्रमा सेण्टर उर्लाबारीमा उपचारको लागि पठाइएकाे थियाे । उपचारका क्रममा २८ गते सोमबारका दिन बिहान अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
सामान्य घरयासी विवादका क्रममा हतियार प्रहार गरेको प्रराम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
मामाको हत्यामा संलग्न सुजनलाई प्रहरीले पक्राउ गरेर घटनाको अनुसन्धान सुरू गरेकाे र हत्या के कति कारणले भएको हो भन्ने कुरा खुल्न नसकेको प्रहरीले जनाएको छ ।







