नेपाल सरकारले शिक्षण संस्थाहरु मंसिर २ गतेदेखि ५ गतेसम्म सार्वजनिक विदा दिने निर्णय गरेको छ ।
कार्तिक २९ गते मंगलबार आज गृह मन्त्रालय एक विज्ञप्ति जारी गर्दै विदा दिने निर्णय गरेको हो ।
एकै चरणमा हुने प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनका कारण निर्वाचनमा विद्यालयका अधिकांस शिक्षक तथा कर्मचारीहरु साथै विद्यालय प्रङ्गणमा सञ्चालन हुने जसबाट पठनपाठन प्रभावित हुने भएको हुनाले विद्यालयहरु बन्द गरिएको मन्त्रालयले जनाएको छ ।
त्यस्तै निर्वाचन प्रायोजनका लागि विद्यालय भवन तथा फर्निचर उपलब्ध गराउन समेत मन्त्रालयले अनुरोध गरेको छ ।