नेपाल सरकार गृह मन्त्रालयले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि २ दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ ।
मंगलबार एक विज्ञप्ति जारी गर्दै गृह मन्त्रालयले निर्वाचनका समयमा सार्वजनिक संस्था तथा सरकारी कार्यालयहरुमा मंसिर ४ र ५ गते सार्वजनिक विदा दिने निर्णय गरेको हो ।