सुनसरी । रामधुनी नगरपालिकाले आफ्ना मातहतमा रहेका सम्पूर्ण सरकारी कार्यालयहरुबाट प्रवाह हुने सेवाहरु बन्द गर्ने निर्णय गरेको छ ।
आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनमा नगरका अधिकांस कर्मचारीहरुलाई निर्वाचन कार्यमा खटाएको हुनाले अत्यावशेक सेवा बाहेकका सेवा प्रवाहमा बन्द गरिएको नगरपालिकाले जनाएको छ ।
नगरपालिकामा सेवाग्राही आउने तर कार्यालयका सेवाहरु पूर्णरुपमा प्रवाह हुन नसक्ने भएपछि बन्द गरिएको नगरपालिका श्रोतले जनाएको छ ।
उक्त कार्यबाट सेवाग्राहीहरूमा पर्नजाने असर प्रति नगरपालिकाले क्षमा व्यक्त गरेकाे छ ।