नेपालको पहिलो बैंकको रुपमा स्थापना भएको नेपाल बैंक लिमिटेड ८६ बर्षमा प्रबेश गरेको छ ।
वि.सं.१९९४ कार्तिक ३० गते स्थापना भएको यस बैंकले नेपाल र नेपालीहरुको पहिलो रोजाई बन्न सफल भएको छ ।
विभिन्न बचत खाता, मुद्धती खाता, रेमिटान्स लकर सुबिधा प्रधान गर्दै नेपालीहरुको पहिलो र भरपर्दो बैंकको रुपमा स्थापना गर्न सफल भएको छ ।
८६ औ बार्षीक उत्सवको अवसरमा बैंकले विभिन्न आकर्शक सुविधा सहितको मुद्धती खाता, बचत खाताहरु ल्याएको छ । जस अन्तर्गत डबल धमाका मुद्धती खाता तथा रेमिटान्स मुद्धती खाता योजना लगायतका धेरै योजनाहरु नेपाली जनतामाझ ल्याएको छ ।
हाल नेपाल बैंकले नेपाल भर १९१ वटा शाखा स्थापना गरेर सेवा प्रदान गर्दै आएको छ ।