No Result
View All Result
  • गृह
  • खबर
    • स्थानीय
    • समाचार
    • मुख्य
    • प्रदेश खबर
    • अन्तर्राष्ट्रिय
  • रंग

    कलकार जितु नेपाल अभिनित चलचित्र “ह्यारी की प्यारी” आजबाट देशभर प्रदर्शनमा

    नेपाली चलचित्र फुलबारीको टोली पत्रकारहरूसंग इटहरीमा (भिडियाेसहित)

    गायक श्रीकृष्णको “मेरो घर भुटाई टोल” गीत सार्वजनिक (भिडियाेसहित)

    Trending Tags

    • भिडियाे
    • नृत्य प्रतियाेगिता
    • सांगीतिक
    • चलचित्र
  • विचार

    दक्षिण एसियाकै पहिलो होमस्टे : स्याङ्जाकाे ‘सिरुबारी’

    मानव सभ्यतामा राजनीति र चुनाव

    यात्रा : इटहरी-घलेगाउँ-पोखरा

    Trending Tags

    • फोटो

      झुम्का बजार अनुगमनका केही दृश्यहरू (फाेटाेफिचर)

      रामधुनीमा छठ पर्वको अन्तिम तयारीमा भक्तजन (फोटो स्टाेरी)

      १२ तस्बिरमा हेर्नुहोस् सुन्दर ‘रामधुनी मन्दिर’

      Trending Tags

      • फाेटाे स्टाेरी
    • विविध
      • पत्रपत्रिका
      • पर्यटन

        दक्षिण एसियाकै पहिलो होमस्टे : स्याङ्जाकाे ‘सिरुबारी’

        यात्रा : इटहरी-घलेगाउँ-पोखरा

        विश्व सिमसार दिवस : हसिना सिमसारमा मेला [फोटोफिचर]

        Trending Tags

        • पर्यटन
        • पर्यटनमन्त्री
      • साहित्य

        महँगी र मायालु (कविता)

        मेरो गाउँ (कविता)

        लुटिएको आत्मा (कथा)

        Trending Tags

        • खबरबिट साहित्य
      • अन्तर्वार्ता
      • भिडियो
      • प्रविधि
      • खेलकुद
      • रोजगार
      • विचित्र संसार
      • पुरानाे
      • निर्वाचन २०७९
    No Result
    View All Result

    अध्यादेशको पृष्ठभूमिमा अघिल्ला तीन सम्झौता

    पत्रपत्रिकाबाट (खबरबिट) by पत्रपत्रिकाबाट (खबरबिट)
    प्रकाशित मिति : २०७९ मंसिर २८ गते, १०:१२ बजे
    37
    SHARES
    ShareTweetSubscribe

    सरकारले मुलुकी फौजदारी कार्यविधि संहिता (पहिलो संशोधन) अध्यादेश २०७९ जारी गर्ने निर्णय गरेपछि राजनीतिक वृत्तमा त्यसको पक्ष र विपक्षमा गम्भीर बहस भइरहेका छन्। आइतबार मन्त्रिपरिषद्को बैठकबाट भएको निर्णयअनुसार सोमबार राष्ट्रपतिसमक्ष प्रस्तुत अध्यादेश जारी भएको छैन।

    राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यादेशको अध्ययन र परामर्श गर्ने राष्ट्रपति कार्यालयले जनाएको छ। वर्तमान सरकारले गरेको यो निर्णय अघिल्लो सरकारले विभिन्न राजनीतिक दल तथा समूहसँग गरेका सहमतिको कार्यान्वयन मात्रै हो। पूर्ववर्ती सरकारले विभिन्न पक्षसँग गरेका तीनवटा सम्झौताको कार्यान्वयन अध्यादेशमार्फत यो सरकारले गरेको हो। यो बेला त्यस्तो निर्णय गर्न नहुने भन्ने आलोचना बेग्लै रहेको छ। सरकार र सम्बद्ध अन्य पक्षले यो सरकारमा जाने वा सरकार बनाउने जोडघटाउको कार्य नभएको स्पष्ट पारेका छन्।

    केपी शर्मा ओली प्रधानमन्त्री रहेका बेला गरेका सम्झौता कार्यान्वयन गर्दा अहिले उहाँको दल नेकपा (एमाले) पनि विरोधमा देखिएको छ तर उहाँ प्रम रहेकै बेला २०७७ फागुन २० गते तत्कालीन गृहमन्त्री रामबहादुर थापा र विप्लव नेतृत्वको नेकपाबीच सम्झौतापत्रमा हस्ताक्षर भएको थियो।

    त्यस्तै २०७५ फागुन २४ गते तत्कालीन गृहमन्त्री रामबहादुर थापा र स्वतन्त्र मधेश गठबन्धनका तर्फबाट संयोजक डा. चन्द्रकान्त (सीके) राउतबीच ११ बुँदे सम्झौता भएको थियो। २०७८ जेठ १८ गते नेपाल सरकारका तर्फबाट कानुन न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठ र थारू कल्याणकारिणी सभा, थरुहट/थारूवान संयुक्त सङ्घर्ष समितिका तर्फबाट प्रमुख रुकमिणी चौधरीसहितको टोलीबीच सम्झौता भएको थियो।

    तर मुलुकको शान्ति प्रक्रियालाई दूरगामी प्रभाव राख्ने गरी भएका सम्झौता कार्यान्वयन प्रक्रिया अघि बढाउने कार्य तत्कालीन सरकारको प्राथमिकतामै परेन। बरु दुई पटक संसद् भङ्ग गरेपछि सम्झौताका उल्लेखित विषय ओझेलमा परे। तीनवटै सम्झौताको मर्म शान्तिपूर्ण राजनीतिमा आएका दलहरूमाथि लागेका मुद्दा फिर्ता गर्न कानुनी बाटो खोल्ने थियो।

    सम्झौता कार्यान्वयन गर्न तीन राजनीतिक दलले निकै लामो समय कुर्नुप¥यो। अहिले भने ती राजनीतिक दलहरूले सम्झौता कार्यान्वयन हुने आशा जागेको प्रतिक्रिया दिएका छन्। नेकपाका प्रवक्ता प्रकाण्डले २०६३ मङ्सिर ५ गते नेपाल सरकार र तत्कालीन नेकपा (माओवादी)बीच विस्तृत शान्ति सम्झौता भएपछि माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता डा. बाबुराम भट्टराईसहितका नेताहरूमाथि लगाइएका मुद्दा फिर्ता भएको स्मरण गर्नुभयो।

    उहाँले भन्नुभयो, “विस्तृत शान्ति सम्झौताजस्तै ओली सरकार र नेकपाबीच सम्झौता भएको हो। ओली नेतृत्वको सरकारसँग सम्झौता भएको पाँच महिनापछि तत्कालीन सरकार बिदा भएकाले अविछिन्न उत्तराधिकारीका रूपमा वर्तमान सरकारसँग हामीले संवाद गरिरह्यौँ। त्यसैले सम्झौता कार्यान्वयनका लागि अध्यादेश आएको हो।” उहाँले सरकारबाट हटे पनि एमाले अध्यक्ष ओलीसँग निरन्तर संवाद भएको बताउनुभयो। उहाँले भन्नुभयो, “ओलीजीले सरकारबाट हटे पनि हामी प्रतिपक्षबाट सम्झौता कार्यान्वयन गर्न आवाज उठाउनेछौँ भन्नुभएको थियो, त्यसैले अहिले अध्यादेश आउँदा उहाँले विरोध गर्नुहुन्छ भन्ने मलाई लाग्दैन।”

    प्रवक्ता प्रकाण्डले मुलुकको शान्ति र स्थायित्वका लागि सम्झौता कार्यान्वयनको दिशामा सरकार अघि बढ्दा सबैले सहयोग र स्वागत गर्नुपर्ने बताउनुभयो। साथै तीनबुँदे सहमतिकै आधारमा नेता तथा कार्यकर्तामाथि लागेका मुद्दाको खारेजी र रिहाइ गर्न सरकारले जिम्मेवारीपूर्ण निर्णय गरेको उहाँको भनाइ छ। उहाँले अध्यादेश प्रचार गरिएजस्तो कुनै सत्ताको जोडघटाउसँग सम्बन्धित नरहेको बताउनुभयो। उहाँले भन्नुभयो, “राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि मङ्गलबार भेट गरेर अध्यादेश प्रमाणीकरण गर्न आग्रह गरेका छौँ। सम्झौता कार्यान्वयनका लागि प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाणसहितका नेताहरूसँग कैयौँ पटक संवाद गरेको उपलब्धिका रूपमा अध्यादेश आएको हो भन्ने कुरा राष्ट्रपतिसमक्ष राखेका छौँ।”

    ‘हामी निर्दाेष छौँ’

    नागरिक उन्मुक्ति पार्टीका वरिष्ठ नेता लक्ष्मण थारू र जनमत पार्टीका महासचिव चन्दन सिंहले सरकारले आफूहरूसँगको सम्झौता कार्यान्वयन गर्न अध्यादेश ल्याएको बताउनुभयो। वरिष्ठ नेता थारूले निर्दोष थारूहरूलाई जेलमा राखेर, झुटा मुद्दामा फसाएर देशको शान्ति प्रक्रिया पूरा हुँदैन भन्ने बुझेर नै सरकारले अध्यादेशमार्फत यसको समाधान खोजेको बताउनुभयो।

    उहाँले एमाले अध्यक्ष ओली, महासचिव शङ्कर पोखरेल, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेसपा अध्यक्ष डा. बाबुराम भट्टराईसहितका नेताहरूले टीकापुर घटना विशुद्ध राजनीतिक घटना भएको बताउँदै आएको स्मरण गर्नुभयो। उहाँले भन्नुभयो, “एमाले नेतृत्वको सरकारसँग भएको सम्झौताको मर्मअनुसार सरकारले अध्यादेश ल्याएको छ, सबैभन्दा पहिले स्वागत एमालेले गर्नुपर्छ।”

    थारू कल्याणकारिणी सभा, थरुहट/थारूवान संयुक्त सङ्घर्ष समितिसँग सम्झौता गर्दा सरकारी टोलीका संयोजक रहेका एमाले नेता एवं तत्कालीन कानुनमन्त्री लीलानाथ श्रेष्ठले अध्यादेश सत्ता स्वार्थका लागि ल्याएको बताउनुभयो। उहाँले भन्नुभयो, “त्यो सम्झौताअनुसार अध्यादेश आएकै छैन, अहिले मुद्दा फिर्ता लिनु भनेको सत्ता स्वार्थ देखिन्छ।”

    ADVT ADVT
    अगाडिकाे पाेस्ट

    किन चुक्दै छ महानगर फाेहाेर व्यवस्थापनमा ?

    अर्काे पाेस्ट

    झारफुक गरी उपचार गर्ने बहानामा बलात्कारकाे शिकारमा महिला

    सम्बन्धित Posts

    मुख्य समाचार

    कलकार जितु नेपाल अभिनित चलचित्र “ह्यारी की प्यारी” आजबाट देशभर प्रदर्शनमा

    by आशिष काफ्ले
    प्रकाशित मिति : २०७९ माघ २० गते, १२:०३ बजे
    0

    सुनसरी । चर्चित हास्यव्यङ्गय कलाकार...

    भिडियो

    नेपाली चलचित्र फुलबारीको टोली पत्रकारहरूसंग इटहरीमा (भिडियाेसहित)

    by आशिष काफ्ले
    प्रकाशित मिति : २०७९ माघ २० गते, ११:०१ बजे
    0

    सुनसरी । नेपालका ख्याति प्राप्त...

    महँगी र मायालु (कविता)

    प्रकाशित मिति : २०७९ माघ १९ गते, १३:३२ बजे

    विकल्प स्थान नदिई पार्किङ हटाएकाेप्रति व्यापारीद्वारा विराेध

    प्रकाशित मिति : २०७९ माघ १६ गते, १८:०५ बजे

    प्रतिबन्धित लागुऔषधसहित दुई भारतीय पक्राउ

    प्रकाशित मिति : २०७९ माघ १६ गते, १७:०७ बजे

    निर्वाचन आयोगद्वारा राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन मिति तय

    प्रकाशित मिति : २०७९ माघ १६ गते, १५:४५ बजे
    अरू हेर्नुहाेस्
    Connect with
    Login
    I allow to create an account
    When you login first time using a Social Login button, we collect your account public profile information shared by Social Login provider, based on your privacy settings. We also get your email address to automatically create an account for you in our website. Once your account is created, you'll be logged-in to this account.
    DisagreeAgree
    Connect with
    I allow to create an account
    When you login first time using a Social Login button, we collect your account public profile information shared by Social Login provider, based on your privacy settings. We also get your email address to automatically create an account for you in our website. Once your account is created, you'll be logged-in to this account.
    DisagreeAgree
    0 प्रतिक्रिया
    Inline Feedbacks
    सबै प्रतिक्रिया हेर्नुहाेस्

    नयाँ खबर

    मुख्य समाचार

    कलकार जितु नेपाल अभिनित चलचित्र “ह्यारी की प्यारी” आजबाट देशभर प्रदर्शनमा

    by आशिष काफ्ले
    प्रकाशित मिति : २०७९ माघ २० गते, १२:०३ बजे
    0

    सबै पढ्नुहाेस्

    नेपाली चलचित्र फुलबारीको टोली पत्रकारहरूसंग इटहरीमा (भिडियाेसहित)

    प्रकाशित मिति : २०७९ माघ २० गते, ११:०१ बजे

    महँगी र मायालु (कविता)

    प्रकाशित मिति : २०७९ माघ १९ गते, १३:३२ बजे

    विकल्प स्थान नदिई पार्किङ हटाएकाेप्रति व्यापारीद्वारा विराेध

    प्रकाशित मिति : २०७९ माघ १६ गते, १८:०५ बजे

    प्रतिबन्धित लागुऔषधसहित दुई भारतीय पक्राउ

    प्रकाशित मिति : २०७९ माघ १६ गते, १७:०७ बजे


    बढी पढिएकाे (३० दिनमा)

    • महँगी र मायालु (कविता)

      0 shares
      Share 0 Tweet 0
    • गायक श्रीकृष्णको “मेरो घर भुटाई टोल” गीत सार्वजनिक (भिडियाेसहित)

      0 shares
      Share 0 Tweet 0
    • रास्वपाका सभापतिको सांसद पद सर्वाेच्चद्वारा खारिज

      0 shares
      Share 0 Tweet 0
    • स्पोट्स मिट २०७९को हिसान रनमा नमुना र धरान आदर्श विजयी

      0 shares
      Share 0 Tweet 0
    • समाज परिवर्तनमा युवाको भूमिका र दायित्व

      0 shares
      Share 0 Tweet 0

    सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


    मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
    शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

     

    हाम्राे टिम

    प्रवन्ध निर्देशक : डिल्ली कार्की
    सम्पादक : राम कट्वाल
    डेस्क रिपाेर्टर :आशिष काफ्ले
    बजार व्यवस्थापक :
    संवाददाता : नसिम अन्सारी (सुनसरी)
    संवाददाता : युवराज कटुवाल (मोरङ)
    संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

    No Result
    View All Result

    सम्पर्क

    माेबाइल : ९८०२७८१०८३
    विज्ञापन : ९८०२७८१०८३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

    Design  by :

    • हाम्राे टीम
    • विज्ञापन
    • राशिफल

    © Saledo Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

    No Result
    View All Result
    • गृह
    • खबर
      • स्थानीय
      • समाचार
      • मुख्य
      • प्रदेश खबर
      • अन्तर्राष्ट्रिय
    • रंग
    • विचार
    • फोटो
    • विविध
      • पत्रपत्रिका
      • पर्यटन
      • साहित्य
      • अन्तर्वार्ता
      • भिडियो
      • प्रविधि
      • खेलकुद
      • रोजगार
      • विचित्र संसार
      • पुरानाे
      • निर्वाचन २०७९

    © Saledo Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

    Welcome Back!

    Sign In with Facebook
    OR

    Login to your account below

    Forgotten Password? Sign Up

    Create New Account!

    Sign Up with Facebook
    OR

    Fill the forms bellow to register

    All fields are required. Log In

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In
    error: याे समाचार कपी गर्न बन्देज गरिएकाे छ ।