प्रदेश नं. १ का प्रदेश प्रमुख परशुराम खापुङले प्रदेश सभाको प्रथम अधिवेशन आह्वान गरेका छन् ।
प्रदेश सरकार, मन्त्रिपरिषद्को पुस ११ गतेको सिफारिसमा प्रदेश प्रमुखले नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम प्रदेश सभाको आह्वान गरेका हुन् ।
जसअनुसार प्रदेश सभाको प्रथम अधिवेशन पुस १७ गते आइतबार दिनको १ बजे बस्नेछ ।