Friday, April 17, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home प्रदेश खबर

प्रदेश १ सरकार गठनका लागि रस्साकस्सी सुरु

खबरबिट by खबरबिट
28/12/2022
in प्रदेश खबर, मुख्य समाचार, समाचार
0
प्रदेश १ का प्रदेशसभा सदस्यहरूद्वारा शपथ ग्रहण
57
VIEWS
Share on FacebookShare on Twitter

संघीय सरकार गठन भएपछि प्रदेश १ सरकार गठनका लागि रस्साकस्सी सुरु भएको छ । यस प्रदेशका सबभन्दा ठूलो दल एमाले र तेस्रो ठूलो दल माओवादी केन्द्रले सरकारको नेतृत्वमा दाबी गरेका छन् । दुबै दल संसदीय दलको नेता चयन गरेर सरकार गठनको तयारीमा जुटेका छन् ।

सरकार गठनका लागि दुबै दलले पार्टीको शीर्ष नेता र सत्ता साझेदार दलसँग वार्ताका लागि कमिटी गठन गरेका छन् । एमालेले आफ्नो नेतृत्वमा सरकार गठनका लागि वार्ता गर्न गठन गरेको कार्यदलमा दलका नेता हिक्मत कार्की, पूर्वआन्तरिक मामिला तथा कानुन राज्यमन्त्री लिलाबल्लभ अधिकारी, रेवतीरमण भण्डारी, तीलकुमार मेन्याङ्बो र सिर्जना राई छन् ।

READ ALSO

डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको बढेन

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

यता, माओवादी केन्द्रले पनि आफ्नो नेतृत्वमा सरकार गठनका लागि पार्टीका शीर्ष नेता तथा सत्ता साझेदार दलसँग वार्ताका लागि पार्टीका सचिव तथा प्रदेश १ इञ्चार्ज राम कार्की, दलका नेता एवं आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बो र पार्टीका प्रदेश अध्यक्ष हर्कबहादुर नेम्वाङलाई जिम्मेवारी दिएको छ ।

दुबै पार्टीका वार्ता टोलीले सरकारको नेतृत्वका लागि आ–आफ्ना पार्टीका शीर्ष नेतालाई दबाब दिन काठमाडौं पुगेका छन् । उनीहरुले आ–आफ्ना पार्टीका शीर्ष नेतालाई सरकारको नेतृत्वका लागि दबाब दिइरहेको दुबै पार्टीका प्रदेश सांसदहरुले बताए । तर सरकारको नेतृत्वका लागि एमाले नै बलियो अवस्थामा देखिएको छ ।

यस प्रदेशमा कुनै एउटा दललाई बहुमत प्राप्त भएको छैन । त्यसैले संघीय सत्तासमीकरण अनुसार यस प्रदेशमा एमाले, माओवादी केन्द्र, राप्रपा र जनता समाजवादी पार्टीको सरकार बन्ने देखिएको छ । यस प्रदेशका सबभन्दा ठूलो दल एमालेको ४०, माओवादी केन्द्रको १३, राप्रपाको ६ र जनता समाजवादी पार्टीको १ जना प्रदेश सांसद छन् । राप्रपा र जनता समाजवादी सरकारलाई समर्थन दिए पनि तत्काल सरकारमा नजाने औपचारिक निर्णय गरिसकेकाले यस प्रदेशमा एमाले र माओवादी केन्द्र मात्रै सरकारमा जाने अवस्था देखिएको छ ।

एमालेका संसदीय दलका नेता कार्की र माओवादी केन्द्रका नेता आङ्बोमध्ये एक जनाले प्रदेश सरकारको नेतृत्व गर्ने देखिएको छ । कार्कीले आफूहरुको दल यस प्रदेशको सबभन्दा ठूलो दल भएको र संघीय सरकारको नेतृत्व माओवादी केन्द्रले पाएकाले पनि प्रदेश सरकारको नेतृत्व आफ्नो दलले पाउनुपर्ने बताए ।

कानुनमा स्नातकोत्तर उत्तीर्ण गरेका कार्की विद्यार्थी संगठनबाट राजनीति गरेका थिए । उनी हाल एमालेको स्थायी कमिटी सदस्य छन् । उनले पहिलो प्रदेश सरकारमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयको नेतृत्व गरेको अनुभवका साथ प्रदेश सरकारको नेतृत्व गरेर प्रदेशमा सुशासन कायम गर्ने लक्ष्य लिएको बताए । उनले आफूले सरकारको नेतृत्व गर्न पाए प्रदेशको नामकरणका साथै प्रदेशको संरचना विराटनगरमा बनाउने प्रक्रिया थाल्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

माओवादी केन्द्रका नेता आङ्बोले भने पहिलो प्रदेश सरकारमा एमाले र नेकपा (एकीकृत समाजवादी)ले सरकारको नेतृत्व गरिसकेकाले अब सरकारको नेतृत्व गर्ने पालो आफ्नो पार्टीको भएको दाबी गरेका छन् । व्यवस्थापन संकायमा स्नातक उत्तीर्ण आङ्बोले पहिलो प्रदेश सरकारमा आर्थिक मामिला तथा योजना मन्त्रालयको नेतृत्व गरेको अनुभवले प्रदेश सरकारको नेतृत्व गरी समृद्ध प्रदेश निर्माणको अभियान सुरु गर्न चाहेको बताए । दुबै जनाले आ–आफ्नो दाबी गरिरहे पनि केन्द्रले गरेको निर्णयका आधारमा नै प्रदेश सरकारको नेतृत्व टुंगो लाग्ने दुबै दलका प्रदेश सांसदहरुको भनाइ छ ।

Tags: १ नं. प्रदेशBannerप्रदेश मुख्यमन्त्रीहिक्मतकुमार कार्की

Related Posts

चालू आर्थिक वर्षमा पेट्रोलियम पदार्थको खपतमा कमी
FEATURE

डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको बढेन

15/04/2026
इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने
समाचार

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

26/01/2026
शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र
समाचार

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र

15/08/2025
झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी
समाचार

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

14/08/2025
माछा मार्ने क्रममा करेन्ट लागेर एकको मृत्यु
समाचार

सुनसरीको हरिनगरमा गोली प्रहार गरी सालीको हत्या

14/07/2025
पाकिस्तान छाडेको दुई महिनामै पत्रकार शरिफकाे हत्या
FEATURE

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

06/07/2025
Next Post
विराटनगर आँखा अस्पतालको सेवाकेन्द्र रामधुनीमा स्थापना

विराटनगर आँखा अस्पतालको सेवाकेन्द्र रामधुनीमा स्थापना

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.