मोरङ र ईलामको छुट्टा छुट्टै स्थानमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । हिजो दिउँसो २ बजे मोरङको ग्रामथान गाउँपालिका-५ भङसाबारी स्थित बिधानन्द ठाकुरको घरमा नयाँ कल गाडी मोटर जोड्ने क्रममा अचानक करेन्ट लागि घाईते भएका ग्रामथान-३ का ४५ बर्षीय सिरु माझिलाई उपचारको लागि कोशी अस्पताल लागिएकोमा अस्पताल पुर्याउन साथ उनको मृत्यु भएको हो ।
त्यसै गरि ईलामको सुर्यादय नगरपालिका-११ केराबारी स्थित बिजुलीको पोलमा तार जडान गर्ने क्रममा अचानक करेन्ट लाग्दा पोलबाट भुईमा झरी घाईते भएका ईलाम-१० का ३५ बर्षीय तिलक राईलाई उपचारको लागि अस्पताल लैजाने क्रममा उनको बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।