Friday, April 17, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home खेलकुद

यूएईलाई ६ विकेटले पराजित गर्दै एकदिवसीय अन्तर्राष्ट्रिय खेल शृंखलामा नेपाल २–१ ले विजयी

खबरबिट by खबरबिट
18/11/2022
in खेलकुद, समाचार
0
यूएईलाई ६ विकेटले पराजित गर्दै एकदिवसीय अन्तर्राष्ट्रिय खेल शृंखलामा नेपाल २–१ ले विजयी
64
VIEWS
Share on FacebookShare on Twitter

आसिफ शेख र ज्ञानेन्द्र मल्लको शतकीय साझेदारीमा नेपालले यूएईलाई ६ विकेटले पराजित गर्दै ३ एकदिवसीय अन्तर्राष्ट्रिय खेलको शृंखला २–१ ले जितेको छ । १ सय ७७ रनको लक्ष्य नेपालले ४०.१ ओभरमा पुरा गर्याे ।

घरेलु द्विपक्षीय एकदिवसीय शृंखलामा नेपालले पहिलो पटक जितेको हो । यसै वर्षको मार्चमा नेपालले घरेलु मैदानमा खेलेको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलामा पपुवा न्य गिनीसँग २–० ले पराजित भएको थियो ।

READ ALSO

डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको बढेन

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

अर्जुन साउद ९ रनमा आउट भएपछि आसिफ र ज्ञानेन्द्रले दोस्रो विकेटमा १ सय २२ रन जोडेका थिए । एकदिवसीय अन्तर्राष्ट्रियमा नेपालको दोस्रो ठूलो साझेदारी हो । मार्चमा पपुवा न्यु गिनीविरुद्ध देव खनाल र दीपेन्द्रसिंह ऐरीले यसअघि तेस्रो विकेटमा १ सय २९ रन जोडेका थिए ।

ज्ञानेन्द्र ६३ रन बनाई आउट भए । एकदिवसीय अन्तर्राष्ट्रियमा यो उनको उच्च स्कोर पनि हो । गत वर्ष मस्कटमा ओमानविरुद्ध अविजित ५२ रन बनाएयता यो उनको पहिलो अर्धशतक हो । आयन खानको बलमा एलबीडब्लु आउट हुनुअघि उनले ७३ बल खेली ७ चौका र ३ छक्का प्रहार गरे ।

आसिफले एकदिवसीय अन्तर्राष्ट्रियमा आफ्नो पाँचौं अर्धशतक बनाउनेक्रममा म्याच विजयी ८८ रन जोडे । उनले १ सय १९ बल खेली १२ चौका प्रहार गरे । कप्तान रोहित पौडेल १० रनमा आउट भए । दीपेन्द्र खाता खोल्नुअघि आउट भए । रोहित र दीपेन्द्र रनआउट भए ।

नेपालले त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा यसअघि टस जितेर ब्याटिङ गर्न आएको यूएईले निर्धारित ५० ओभरमा ९ विकेट गुमाई १ सय ७६ रनमात्र बनाउन सकेको थियो ।

आयन खान र हजरत बिलालले अन्तिम विकेटमा अविजित ८३ रनको साझेदारी गरेपछि यूएई केही बलियो बनेको थियो । यसै शृंखलाबाट एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सुरु गरेका आयनले ७ चौका र १ छक्का प्रहार गर्दै ६३ बलमा खेल्दै अविजित ५४ रन बनाए । बिलालले ५४ बल खेली १ छक्कासहित २० रन बनाए । दुबैको एकदिवसीय अन्तर्राष्ट्रियमा उच्च स्कोर हो ।

एलिसन सराफुले ६९ बल खेल्दै ४ चौका प्रहार गरे । पूर्वकप्तान मुस्ताफाले ५६ बलको इनिङ्समा २ चौका प्रहार गरे । ओपनर मोहम्मद वासिमले ११ रन बनाए ।

दोस्रो ओभरको पहिलो बलमै वासिमले गुलशन झाको बलमा छक्का प्रहार गरेका थिए । त्यसको अर्को बलमा गुलशनले वासिमलाई विकेटकिपर आसिफ शेखबाट क्याच गराए । अर्का ओपनर वृत्य आनन्दलाई सोमपाल कामीले शुन्यमा बोल्ड गरे । गुलशनले यूएईका कप्तान सीपी रिजवानलाई ४ रनमा आसिफबाटै क्याच गराएपछि नेपालले खेल नियन्त्रणमा लिएको थियो ।

सराफु र मुस्ताफाले चौथो विकेटमा ६३ रनको साझेदारी गरेका थिए । दीपेन्द्रसिंह ऐरीले मुस्ताफालाई कुशलबाट उत्कृष्ट क्याच गराएपछि यूएईको पतन पुनस् सुरु भएको थियो । सराफुलाई कुशलले आफ्नो लेग स्पिनबाट बोल्ड गरे । बसिल हमिद ८ र विष्णु सुकुमरन २ रनमा आउट भए । पूर्वकप्तान अहमद राजा र जाहुर खानले खाता खोल्न सकेनन् । जाहुर रनआउट भए ।

नेपालबाट गुलशन, दीपेन्द्र र कुशलले २–२ विकेट लिए । दीपेन्द्रले १० ओभरमा ३ मेडन राख्दै २२ रन खर्चे । ललित राजवंशीले १० ओभरमा २ मेडन राख्दै २० रनमात्र खर्चेर १ विकेट लिए ।

नेपालले अलराउन्डर करण केसीको स्थानमा हरिशंकर शाहलाई प्लेयिङ ११ मा राखेको छ । हरिशंकरले यसै शृंखलाको पहिलो खेलमा एकदिवसीय अन्तर्राष्ट्रियमा डेब्यु गरेका थिए ।

यूएईले पहिलो खेलमा नेपाललाई सजिलै ८४ रनले पराजित गरेको थियो । नेपालले दोस्रो खेल ३ विकेटले जित्दै शृंखला बराबरीमा ल्याएको थियो । नेपालले यूएईसँगको शृंखला लगातार दोस्रो पटक जितेको हो । नेपालले दुबईमा सन् २०१९ मा पनि तीन खेलको शृंखलामा यूएईलाई २–१ ले पराजित गरेको थियो ।

Tags: Bannerएकदिवसीय अन्तर्राष्ट्रिय खेलनेपाल Vs यूएइविजयी

Related Posts

चालू आर्थिक वर्षमा पेट्रोलियम पदार्थको खपतमा कमी
FEATURE

डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको बढेन

15/04/2026
इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने
समाचार

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

26/01/2026
शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र
समाचार

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र

15/08/2025
झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी
समाचार

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

14/08/2025
माछा मार्ने क्रममा करेन्ट लागेर एकको मृत्यु
समाचार

सुनसरीको हरिनगरमा गोली प्रहार गरी सालीको हत्या

14/07/2025
पाकिस्तान छाडेको दुई महिनामै पत्रकार शरिफकाे हत्या
FEATURE

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

06/07/2025
Next Post
आसन्न प्रदेश तथा केन्द्रको चुनावको लागि बुधबारबाट निर्वाचन आचारसंहिता, २०७९ लागु

निर्वाचनको तयारी पुरा : निर्धक्क आफ्नो मतदान गर्न मतदातमा आयोगकाे अनुरोध

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.