Saturday, February 14, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home खेलकुद

विवादित नेपाल टी-२० लिगको लागि सबै कानुनी प्रक्रिया अन्तिम चरणमा पुगेको दाबी

खबरबिट by खबरबिट
23/12/2022
in खेलकुद, मुख्य समाचार, समाचार
0
विवादित नेपाल टी-२० लिगको लागि सबै कानुनी प्रक्रिया अन्तिम चरणमा पुगेको दाबी
181
VIEWS
Share on FacebookShare on Twitter

विवादित नेपाल टी-२० लिगको लागि सबै कानुनी प्रक्रिया अन्तिम चरणमा पुगेको दाबी गरिएको छ।

नेपाल क्रिकेट संघ (क्यान) र आयोजनाको जिम्मा पाएको भारतको सेभेन थ्री स्पोट्सले विदेशी खेलाडीको श्रम स्वीकृती अन्तिम चरणमा पुगेको शुक्रबार पत्रकार सम्मेलन गरेर दाबी गरेका हुन्।

READ ALSO

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र

क्यान अध्यक्ष चतुरबहादुर चन्द र सेभेन-थ्री स्पोर्ट्सका कार्यकारी निर्देशक जतिन अह्लुवालियाले सबै कानुनी प्रक्रिया अन्तिम चरणमा पुगेको दाबी गर्दै शनिबारदेखि कीर्तिपुरस्थित त्रिवि मैदानमा लिग सञ्चालन हुने बताए। साथै दुवै जनाले नेपाल टी-२० लिगलाई रोक्न चौतर्फी अवरोध भए पनि आफूहरु नेपाली क्रिकेटको विकासका लागि अघि बढेको बताए।

पटकपटक सार्दै आएको नेपाल टी-२० लिग आगामी शनिबारदेखि हुन लागेको हो। लिगमा काठमाडौं नाइट्स, पोखरा एभेन्जर्स, विराटनगर सुपरकिंग्स, लुम्बिनी अलस्टार्स, जनकपुर रोयल्स र फार वेस्ट युनाइटेड गरी ६ वटा फ्रेञ्चाइज टिमले भाग लिँदैछन्।

शुक्रबार लिगको विजेताको पुरस्कार रकम पनि सार्वजनिक गरिएको छ। विजेताले ५५ लाख रुपैयाँ प्राप्त गर्नेछन्। उपविजेतालाई ३० लाख रुपैयाँ, तेस्रो स्थान हात पार्नेलाई १० लाख र चौथो हुनेलाई ५ लाख रुपैयाँ दिइनेछ।

यस्तै प्लेयर अफ दि सिरिजलाई ५ लाख तथा उत्कृष्ट बलर र ब्याटरलाई जनही २ लाख ५० हजार रूपैयाँ प्रदान गरिनेछ। प्रत्येक खेलको प्लेयर अफ दि म्याचलाई ४० हजार र इमर्जिङ प्लेयरलाई १ लाख ८० हजार रूपैयाँ प्राप्त गर्नेछ।

लिगको मुख्य प्रायोजक वान एक्स ब्याट रहेको सेभेन स्पोर्ट्सका जतिनले बताए।

वान एक्स बेटिङ कम्पनीसँग नाम मिल्दो मुख्य प्रायोजकको सम्बन्धको विषयमा प्रश्न गर्दा जतिनले ‘वान एक्स बेट र वान एक्स ब्याट’ फरक कम्पनी भएको र वान एक्स ब्याट आइसिसीबाट मान्यता प्राप्त कम्पनी भएको दाबी गरे। तर वान एक्स ब्याटको कुनै आधिकारीक वेभ साइट र तथ्य इन्टरनेटमा प्राप्त छैन।

प्रतियोगिताका खेलहरु युरो स्पोर्ट्स र फ्यान कोडबाट लाइभ हुने जतिनले बताए। त्यसका लागि भिडिओ उत्पादन टिम भारतबाट काठमाडौंमा आइसकेको छ।

यता सेभेन थ्री स्पोर्ट्स नेपालमा दर्ता भएको छ। कम्पनी रजिस्टारको कार्यालयमा सेभेन थ्री स्पोर्ट्स बिहीबार ३०४१०१ नम्बरमा दर्ता भएको स्रोतको दाबी छ। कम्पनीमा जतिन अह्लुवालियासहित सपना अह्लुवालिया र सन्दीप सिंह बागा रहेका छन्। यसअघि विदेशी कम्पनीको शाखाको रुपमा दर्ता गर्न कार्यालयमा निवेदन दिइएको थियो।

यस्तै विराटनगर सुपरकिंग्सका लागि डाइमन्ड डिजिक्याप स्पोर्ट्स प्रालि ३०४१०५ नम्बरमा दर्ता भएको छ। कम्पनीमा विराटनगरका टिम मालिक राकेश कुमार गुप्तासहित ममता खण्डेवाल, दीपक खण्डेवाल, शिखा धमानी, पूजा यादव र चन्दर शेखर शर्मा छन्।

यस्तै जनकपुर रोयल्सका टिम मालिक गोविन्द खण्डेवाल र सुनिल सोनीको नाममा गोल्ड स्पोर्टस प्रालि ३०४१०३ नम्बरमा दर्ता भएको छ।

नेपालमा दर्ता गर्नुअघि सेभेन थ्री स्पोर्ट्सले आफ्नो कम्पनीको प्रवन्ध पत्रमा बेटिङ गर्ने उद्देश्य राखेको थियो। नेपालमा गैरकानुनी हुँदाहुँदै पनि बेटिङ गर्ने उद्देश्य बोकेको कम्पनी दर्ताका लागि निवेदन आएपछि खेलकुद परिषद्को कानुन शाखाले शंका गरेको थियो।

Tags: Bannerक्यानक्रिकेट प्रतियाेगितानेपाल टि–२० लिग

Related Posts

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने
समाचार

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

26/01/2026
शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र
समाचार

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र

15/08/2025
झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी
समाचार

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

14/08/2025
माछा मार्ने क्रममा करेन्ट लागेर एकको मृत्यु
समाचार

सुनसरीको हरिनगरमा गोली प्रहार गरी सालीको हत्या

14/07/2025
पाकिस्तान छाडेको दुई महिनामै पत्रकार शरिफकाे हत्या
FEATURE

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

06/07/2025
चालू आर्थिक वर्षमा पेट्रोलियम पदार्थको खपतमा कमी
FEATURE

बढ्यो पेट्रोल र डिजेलको मूल्य

15/06/2025
Next Post
बराहक्षेत्रमा सवारी दुर्घटना, १ को मृत्यु ४ घाईते

सवारी दुर्घटनाबाट धरानका लिम्वुको मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.