सुनसरी । इटहरीमा जारी रहेको प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा आज भएको दोस्रो सेमिफाइनल खेलमा एपीएफलाई ८ विकेटले हराउँदै प्रदेश १ ले सुदुरपश्चिमसंगको उपाधि भिडन्त पक्का गरेको हो ।
एपीएफलाई ८ विकेटले हराउँदै प्रदेश १ ले उपाधि भिडन्त पक्का गरेको हो । ४६ रनको झिनो लक्ष्य प्रदेश १ ले ९ ओभरमा २ विकेट गुमाएर लक्ष्य प्राप्त गरेको हो । प्रदेश १ का लागि कप्तान रुविना क्षेत्रीले अविजित २० र अप्सरी बेगमले ९ रन जोडिन् ।
पहिले ब्याटिङ गरेको एपीएफ १३ ओभर ४ बलखेल्दा ४५ रनमा अलआउट भएको थियो । एपीएफका लागि सीता रानामगरले १० रन बनाउदा अन्य खेलाडी दोहोरो अंक बनाउन असमर्थ रहे ।
प्रदेश १ का संगिता राई र एलिसा खडियाले ३–३ तथा सबनम राईले २ विकेट लिइन् । अब उपाधिका लागि भोली शनिबार प्रदेश १ ले सुदूरपश्चिमसँग प्रतिस्पर्धा गर्नेछ ।