सुनसरी । बराहक्षेत्रको राजाबासमा जारी प्रदेश १ प्रथम राजाबास गोल्डकप फुटबल प्रतियोगिताको मंगलबार भएको दोस्रो सेमिफाइनल खेलमा कल्चरल ग्रिन क्लब चक्रघटी विजयी भएको छ । चल्चरल ग्रिन क्लबले टाइब्रेकरमा ३-२ गोल गर्दै चर्च ब्वाइज फुटबल क्लब काठमाडौंलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ ।
काठमाडौका सुनिल खड्काले खेलको १५औं मिनेटमा पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । ४७औं मिनेटमा कल्चरल गृन क्लबका भुवन सुब्बाले १ गोल फर्काए । कल्चरलका बिक्रम लामाले चर्च ब्वाइज क्लब काठमाडौलाका सन्तोष न्यौपानेलाई डिरिया भित्र लडाइ पेनाल्टि पाए ।
न्यौपानेले पेनाल्तिमार्फत पुनः गोल गरे । खेलको ४९औं मिनेटमा कल्चरलका बुद्ध चेमजोङ्गले गोल गरेपछि खेल २-२ गोल अर्थात बराबरीमा पुगेको थियो । खेल बराबरी भएपछि टाइब्रेकरमा लगिएको थियो ।
ट्राइबेकरमा चर्च ब्वाइजका उमेश राई, राजेन्द्र रावलले गोल गरे । त्यस्तै कल्चरलका भुवन सुब्बा, रुपेस केसी र कर्ण लिम्बूले गोल गरे । ट्राइबेकरमा ३-२ गोल अन्तरले विजयी हुँदै फाइनलका लागि कल्चरलले आफ्नो स्थानि सुनिश्ति गर्यो । अब कल्चरल ग्रिन क्लब चक्रघटी डिटिसी फुटबल क्लब बिराटनगर सँग उपाधिका लागि फाइनल खेल्ने छ।
खेलको म्यान अफ दि म्याच कल्चरलका बुद्ध चेमजोङ घोषित भए । उनलाई बराहक्षेत्र वडा नम्बर ९ वडा अध्यक्ष दिपक लिम्बूले नगद ३ हजार पुरस्कार प्रदान गरे । फाइनल खेल २१ कात्तिकमा हुने छ ।
बराहक्षेत्र ९ राजाबासस्थित सरस्वती माबीको खेलमैदानमा सञ्चालन भइरहेको प्रतियोगिता कात्तिक २१ सम्म संचालन हुनेछ । प्रतियोगितामा प्रथम हुनेले नगद १ लाख ११ हजार १ सय ११, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यसै गरी दोस्रो हुने टिमले ५५ हजार ५ सय ट्रफी मेडल र प्रमाणपत्र पाउनेछ ।
उक्त प्रतियोगितामा १ नम्बर प्रदेश सामाजिक विकास मन्त्रालयको विशेष सहयोग रहेको छ । प्रायोजन भरत बिष्टले गरेका छन् । बराहक्षेत्र नगरपालिका कार्यालय संरक्षण रहेको छ । र वडा नम्बर ९ को पनि विशेष सहयोग रहेको छ ।