Monday, January 19, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home खेलकुद

बराहक्षेत्र प्याब्सन सप्ताह खेलकुद : पिसफुल इङ्गलिस र सप्तकोसी बिद्या मन्दिर फाइनलमा

दिपक पुरी, बराहक्षेत्र by दिपक पुरी, बराहक्षेत्र
14/11/2019
in खेलकुद
0
बराहक्षेत्र प्याब्सन सप्ताह खेलकुद : पिसफुल इङ्गलिस र सप्तकोसी बिद्या मन्दिर फाइनलमा
185
SHARES
486
VIEWS
Share on FacebookShare on Twitter

सुनसरी । बराहक्षेत्र ३ नडाहामा जारी बराहक्षेत्र प्याब्सन सप्ताह खेलकुद अन्तर्गत मंगलबार भएको खेलमा पिसफुल इङलिस स्कुल बराहक्षेत्र ५ र सप्तकोसी बिद्या मन्दिर बराहक्षेत्र ७ विजयी भएका छन् ।

एभरेष्ट फुटबल क्लबको खेलमैदानमा जारी अन्तर विद्यालय फुटबल प्रतियोगिताको बुधबार भएको आधारभुत तर्फको दुवै खेलमा सप्तकोसी बिद्या मन्दिर र पिसफुल इङलिस विजयी हुँदै फाइनलमा प्रवेश गरेका छन् ।

READ ALSO

कोसी प्रदेशस्तरीय फुटबल प्रतियोगिताबाट आयोजकलाई तीन लाख ३१ हजार मुनाफा, खेलाडी उत्पादनमा जोड दिने

तालतलैयामा फुटबल प्रतियोगिताको तयारी पुरा, १० टिम सहभागी हुने

पहिलो खेलमा आइरिस बराह एकेडेमी बराहक्षेत्र १ लााई ३ – २ गोल अन्तरले हराउँदै पिसफुल फाइनलमा प्रवेश गरेको हो । खेलको १५औं मिनेटमा आइरिसका अनिस श्रेष्ठले फ्रिकिक मार्फत पहिलो गोल गरे । १७औं मिनेटमा पिसुपुलका आयोग तामाङले पनि फ्रिकिक मार्फत गोल फर्काए । केही समयपछि पुनः तामाङले अर्को गोल गरी पहिलो हाफसम्म २ – १ को अवस्था रह्यो ।

खेलको दोस्रो हाफको आठौं मिनेटमा पिसफुलका आशिष राईले पुनः गोल गरे । दास्रो हाफको २०औं मिनेटमा आईरिसका नवराज राई गोल गरे । अन्ततः आइरिसले २ गोल बनाउन सफल भयो भने पिसफुल ३ गोल बनाएर फाइनलमा प्रवेश गर्यो । खेलको म्याच अफ म्याच पिसफुलका आयोग तामाङ घोषित भए ।

त्यस्तै बुधबार नै भएको दोस्रो खेलमा सुनसरी स्टार एकेडेमीलाई ६ – ० गोल अन्तरले पराजित गर्दै सप्तकोसी बिद्या मन्दिर फाइनलमा प्रवेश गरेको छ । खेलको २०औं मिनेटमा सप्तकासीका कुसल घिमिरेले पहिलो गोल गरे । २१औं मिनेटमा पुनः सप्तकोसीकै अस्मिन मगरले गोल गरे । पहिलो हाफसम्म २ – ० गोलको अवस्थामा रहेको खेलको दोस्रो हाफमा लगातार सप्तकोसीले गोल गर्यो ।

दोस्रो हाफमा लगातार सप्तकोसीका कुसल घिमिरेले १, अस्मिन मगरले २ र सचिन राईले १ गोल गरी खेल ६ – ० को अवस्थामा बनाउदै फाइनलको लागि स्थान सुरक्षित गर्यो । खेलको म्याच अफ द म्याच अस्मिन मगर घोषित भए ।

अब कार्तिक ३० गते हुने फाइनल खेलमा पिसफुल र सप्तकोसी बीच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ । बिहीबार माद्यामिक स्तरीय खेल सुनसरी गार्डेन एकेडेमी बराहक्षेत्र ६ र सिद्धार्थ मेमोरियल इङलिस स्कुल बराहक्षेत्र ५ हुने आयोजक बराहक्षेत्र प्याब्सनले जनाएको छ । त्यस्तै प्याब्सनका अनुसार दोस्रो खेल भने भरौल बाल मन्दिर इङलिस स्कुल बराहक्षेत्र ३ र गत वर्षको बिजेता जय सप्तकोसी इङलिस स्कुल बराहक्षेत्र बीच हुनेछ ।

प्रतियोगितामा प्रथम हुने (आधारभुत र माद्यामिक) दुवै विधाका विद्यालयलाई नगद १५ हजार रुपैयाँ, २० तोला चादीँकोको सिल, मेडल तथा प्रमाणपत्र र दोस्रो हुनेलाई १० हजार रुपैयाँ, मेडल तथा प्रमाण पत्र प्रदान गरिने बराहक्षेत्र प्याब्सनले जनाएको छ । साथै सम्पुर्ण बिधामा ट्रफी र मेडल प्रदान गर्नृ खेल संयोजक शरण लिम्बूले बताए । खेल ३० गतेसम्म सञ्चालन हुनेछ।

उक्त प्रतियोगितालाई एभरेष्ट फुटबल क्लबले सहकार्य गरेको छ । विशेष सहयोग बराहक्षेत्र खेलकुद विकास समितिकाे रहेको छ ।

Tags: खेलकुदप्याब्सन सप्ताहबराहक्षेत्रबराहक्षेत्र प्याब्सन

Related Posts

कोसी प्रदेशस्तरीय फुटबल प्रतियोगिताबाट आयोजकलाई तीन लाख ३१ हजार मुनाफा, खेलाडी उत्पादनमा जोड दिने
अर्थ

कोसी प्रदेशस्तरीय फुटबल प्रतियोगिताबाट आयोजकलाई तीन लाख ३१ हजार मुनाफा, खेलाडी उत्पादनमा जोड दिने

18/02/2024
तालतलैयामा फुटबल प्रतियोगिताको तयारी पुरा, १० टिम सहभागी हुने
खेलकुद

तालतलैयामा फुटबल प्रतियोगिताको तयारी पुरा, १० टिम सहभागी हुने

14/06/2023
तालतलैयामा फुटबल प्रतियोगिताको तयारी हुदै
खेलकुद

तालतलैयामा फुटबल प्रतियोगिताको तयारी हुदै

13/06/2023
यूएईविरुद्ध नेपालको जित, विश्वकप छनोटमा प्रवेश
खेलकुद

यूएईविरुद्ध नेपालको जित, विश्वकप छनोटमा प्रवेश

16/03/2023
रामधुनी प्याब्सनको खेलकुद सप्ताह सम्पन्न, फुटबलको उपाधि एलईएस र राइजिङ्ग स्टारलाई
खेलकुद

रामधुनी प्याब्सनको खेलकुद सप्ताह सम्पन्न, फुटबलको उपाधि एलईएस र राइजिङ्ग स्टारलाई

27/02/2023
रामधुनीमा खेलकुद सप्ताह सुरु, फुटबलको उद्घाटन खेलमा माउन्ट समिट विजयी
खेलकुद

रामधुनीमा खेलकुद सप्ताह सुरु, फुटबलको उद्घाटन खेलमा माउन्ट समिट विजयी

20/02/2023
Next Post
झुम्का खानेपानी तथा सरसफाइ उपभाेक्ता समितिकाे भवन शिलान्यास

झुम्का खानेपानी तथा सरसफाइ उपभाेक्ता समितिकाे भवन शिलान्यास

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

  • हाम्राे टीम
  • विज्ञापन
  • राशिफल
  • Checkout
  • My account
  • Login/Register
  • Checkout – urban_observer
  • My Account – urban_observer
  • Login/Register – urban_observer
  • Switching plans wizard
  • Modal Mobile Menu
  • Modal Newsletter
  • Modal Desktop
  • Home

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.