१३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को पुरुष फुटबलको फाइनलमा नेपालले भुटानविरुद्ध अग्रता लिएको छ ।
खेलको १६ औं मिनेटमा अभिषेक रिजालले गोल गरी नेपाललाई अग्रता दिलाएका छन् । दशरथ रंगशालामा दिउँसो ३ बजेबाट भुटान र नेपालबीच प्रतिस्पर्धा भइरहेको छ ।








