सुनसरी । बराहक्षेत्र नगरपालिका ३ सिथत महेन्द्र माद्यामिक विध्यालयको खेलमैदानमा जारी प्रथम न्यु जेनेरेसन च्यालेन्ज कपको आइतबारको खेल आयोजक क्लब न्यु जेनेरेसन युथ क्लबले जितेको छ ।
आइतबार भएको खेलमा आयोजक क्लबले रामधुनी युथ क्लब झुम्कालाई ४-२ गोल अन्तरले हराउँदै आयोजक सेमिफाइनलमा प्रवेश गरेको छ । सेबेन साइजको खेलमा ७ ७ जना खेलाडी मैदान प्रवेश गरेका थिए ।
खेलको पहिलो हाफमा आयोजक क्लबका रोशन भुजेलले पहिलो गोल गर्दै पहिलो खाता खोलेका थिए । आयोजकका खेलाडी विशाल मर्गनती र दिनेश राईले
पहिलो हाफमै थप गोल गरे । यता रामधुनी युवा क्लबका राकेश चौधरीले पहिलो हाफमा गोल फर्काएका थिए ।
दोस्रो हाफमा रामधुनिका सचिन क्षेत्रीले गोल गरे । खेलको अन्तिम समयमा पुनः दिनेश राईले गोल गर्दै खेल ४-२ अन्तरले आयोजकले जितेको हो ।
खेलको म्यान अफ दि म्याच रामधुनी युवा क्लबका अनिस चौधरी घोषित भए । उनलाई समाजसेवी बुद्धि कटुवालले ट्रफी हस्तान्तरण गरे ।
उक्त खेलमा बराहक्षेत्र नगरपालिका ३ वडा कार्यालयको संयोजन र बराहक्षेत्र नगरपालिकाको कार्यालयको विशेष सहयोगमा सो प्रतियिोगिता सुरु भएको आयोजक समितिका अध्यक्ष अजित राजधामीले बताए ।
प्रतियोगितामा प्रथम हुने टिमले ३० हजार र दोस्रोले २० हजार रुपैयाँ र साथमा दुवैले मेडल र ट्रफी साथै प्रमाणपत्र पाउने क्लबका अध्यक्ष राजधामीले बताए । सोमबारको खेल न्यु सुनगाभा युथ क्लब सैनिक र सुर्येदय युथ क्लब बक्लौरी र बीच हुने आयोजकले जनाएको छ ।