रामधुनी । सुनसरीको रामधुनी नगरपालिकालाई अधिल्लो ५ बर्षमा बाल मैत्री घोषणा गरेजस्तै समग्र नगरपालिकालाई अपाङ्गता मैत्री बनाउदै नमुना नगर बनाउने लक्ष्य रहेको नेपाल अपाङ्गता नगर समिति रामधुनीका अध्यक्ष डिल्लीराम चौलागाईले यस्तो बताएका हुन् ।
हिजो मंगलबार नेपाल अपाङ्गता नगर समितिको आयोजना, रामधुनी नगरपालिकाको तथा करुणा फाउण्डेसनको सहयोगमा रामधुनी नगरपालिकाको नवनिर्मित भवनको सभाहलमा आयोजना भएको अपाङ्गता भएका व्यक्तिहरुको ३१ औं अन्तराष्ट्रिय अपाङ्गता दिवस कार्यक्रमको समापनमा मन्तब्य राख्दै अबको ५ बर्षमा “खुःसी जेष्ठ नागरिक सुःखी बालबालिका, बनाउनेछौं अपाङ्गता मैत्री रामधुनी नगरपालिका” भन्ने मुल नाराका साथ रामधुनी नगरपालिकालाई अपाङ्गता मैत्री नगर घोषणा गर्ने योजना रहेको बताएका छन् ।
बिगत लामो समयदेखि अपाङ्गता भएका व्यक्तिहरुको अधिकार स्थापित गर्ने र रामधुनी नगरपालिकालाई बालमैत्री मात्र नभई अपाङ्गता मैत्री घोषणा गर्ने उद्देश्यका साथ अधि बढीएको अध्यक्ष चौलागाईले बताए ।
“अपाङ्गता मैत्री नगरपालिकाका लागि रामधुनीका सम्पूर्ण क्षेत्र जस्तै शिक्षा, भौतिक पुर्वाधार, यातायात, स्वास्थ्य, रोजगारी लगायता विषयमा अधिल्लो २०७४ साल देखि संस्थागत रुपमा अबद्ध भएको र यसको कार्यान्वयनको विषय अबको ५ बर्ष भित्रमा गर्ने अठोट छ” अध्यक्ष चौलागाईले भने ।
बिगतका दिनहरूमा विभिन्न संघ संस्थाको सहयोगमा सहायक सामाग्री बितरण गरिरहेको जनाएका छन । कार्यक्रमका सभापति समेत रहेका चौँलागाईले उपचार गराउन आवस्यक देखिएका फरक क्षमता भएका व्याक्तिहरुलाई नगर र विभिन्न संघ संस्थाको सहयोगमा हस्पिटलसम्म पुर्याउने काम गरिरहेको र आगामी दिनमा प्रदेश र केन्द्रले पनि आवश्यक सहयोग गर्नेमा आसावादी रहेको बताए ।
अपाङ्गता मैत्री नगरकाे माग सहित ३१ औं अन्तराष्ट्रिय अपाङ्गता दिवस सम्पन्न