Tuesday, January 13, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home स्थानीय

रामधुनी ८ मा निःशुल्क पशु स्वास्थ्य शिविर सञ्चालन

खबरबिट by खबरबिट
29/11/2020
in स्थानीय
0
रामधुनी ८ मा निःशुल्क पशु स्वास्थ्य शिविर सञ्चालन
19
SHARES
466
VIEWS
Share on FacebookShare on Twitter

रामधुनी । सुनसरीको रामधुनी नगरपालिका ८ मा निःशुल्क पशु स्वास्थ्य तथा बाझोपन शिविर सम्पन्न भएको छ । नेपाल पाराभेटेरीनरी एण्ड लाइभस्टक एसोसिएसन सुनसरीको ३१औं स्थापना दिवसको अवसरमा आइतबार शिविर सम्पन्न भएको हो ।

एसोसिएसनको आयोजनामा भएको शिविरलाई रामधुनी वडा नम्बर ८ र ९ ले सहयाेग गरेको थियो । पशुपालक किसानलाई गाउँमै सेवा प्रवाह गर्ने उद्देश्यले पशुको स्वास्थ्य परीक्षण, जाँच र बाँझोपन निवारण कार्यक्रम गरिएको एसोसिएसनका जिल्ला अध्यक्ष गणेशप्रसाद मेहताले बताए ।

READ ALSO

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

रामधुनीमा मोटरसाइकल दुर्घटना हुँदा तीनको मृत्यु, २ घाइते

शिविर उद्घाटनमा रामधुनीका नगरप्रमुख जयप्रकाश चौधरीले पशुमा हुने बाँझोपनलाई निवारण गर्न किसान सचेत हुनुपर्नेमा जोड दिए । उनले उत्साह, भावना र उमंगबाट यस शिविरबाट फाइदा सबै पशुपालक किसानले लिनुपर्ने बताए ।

नगर उपप्रमुख सविना चौधरीले निःशुल्क शिविरबाट सेवा लिनुपर्नेमा जोड दिएकी थिइन् । शिविरले पशुपालक किसानलाई फाइदा हुने भएकोले यस शिविरलाई निरन्तरता दिनुपर्नेमा जोड दिइन् ।

मानिसमा बाँझोपनको समस्या देखिए चिकित्सकलाई देखाउने, अस्पताल लैजाने गरेपनि पशुमा भने अनभिज्ञ रहेको अवस्थाले किसानहरुले धेरै क्षति व्यहोर्नुपरिरहेको रामधुनी ८ का वडाध्यक्ष रुद्रबहादुर बस्नेतले बताए । आउने दिनहरुमा यस्ता कार्यक्रमहरुले पशु चौपायाहरुमा पनि विभिन्न रोगले किसानमा क्षति हुन्छ र यस्तो क्षतिबाट बच्न पशुको स्वास्थ्यमा पनि ध्यान दिनुपर्ने यस कार्यक्रमले सन्देश दिएको उनको भनाई थियो ।

नेपाल पाराभेटेरीनरी एण्ड लाइभस्टक एसोसिएसनका केन्द्रीय अध्यक्ष रामप्रसाद मेहताले २०४७ सालदेखि नै आन्दोलन गरेर पशुपालक किसानहरुको हक अधिकार प्राप्तिका लागि आफूहरु लागि परेको बताए । किसानलाई आत्मनिर्भर बनाउन लागि परेको बताउँदै मेहताले स्थानीय तहले पनि यस क्षेत्रमा बजेट बिनियोजन गरी कार्यक्रमहरुलाई प्रभावकारी ढंगले अघि बढाउनुपर्नेमा जोड दिए ।

रामधुनी नगरपालिकाका नगरप्रमुख चौधरीले ब्यानरमा लेखिएका अक्षर वाचन गरेर कार्यक्रम उद्घाटन गरेका थिए । कार्यक्रममा रामधुनीका उपप्रमुख सविना चौधरी, रामधुनी ८ का वडाध्यक्ष रुद्रबहादुर बस्नेत, ९ का वडाध्यक्ष घनश्याम चौधरी, एसोसिएसनका केन्दीय अध्यक्ष रामप्रसाद मेहता, डा.लेखराज दाहाल, डा संजय कुमार यादव, वडा सदस्य पुष्पलाल चौधरी, गीता शर्मा, शान्ति थरुनी लगायत सरोकारवालाहरुको उपस्थिती थियो ।

सो शिविरमा सात सय भन्दा बढी पशुलाई उपचार तथा परीक्षण गरिएको थियो ।

याे पनि : रामधुनी ८ मा पशु बीमा कार्यक्रम सुरु

Tags: कृषकखबरबिट स्थानीयरामधुनीस्वास्थ्य शिविर

Related Posts

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी
समाचार

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

14/08/2025
ट्याक्टर दुर्घटना हुँदा ताप्लेजुङमा ४ जनाको मृत्यु
FEATURE

रामधुनीमा मोटरसाइकल दुर्घटना हुँदा तीनको मृत्यु, २ घाइते

29/06/2025
‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई
FEATURE

‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई

15/06/2025
रामधुनीमा शैक्षिक संस्था बिहीबारबाट बन्द (सूचनासहित)
FEATURE

गर्मी अत्यधिक बढेपछि रामधुनीका विद्यालय दुई दिन बन्द

29/05/2024
इटहरीका कर्मचारी र जनप्रतिनिधिले आफ्ना सन्तानलाई सरकारी विद्यालयमा नै पढाउनुपर्ने
समाचार

गर्मी अत्यधिक बढेपछि इटहरी र धरानमा दुई दिन विद्यालय बन्द

29/05/2024
र्‍याप गायनमा रुचि भएका युवाका लागि अवसर : ‘झुम्का साइफर’ शो सुरु हुँदै
रंग

र्‍याप गायनमा रुचि भएका युवाका लागि अवसर : ‘झुम्का साइफर’ शो सुरु हुँदै

07/05/2024
Next Post
अपाङ्गता दिवसकाे अवसरमा नमुना कलेजद्वारा अन्तरक्रिया सम्पन्न

अपाङ्गता दिवसकाे अवसरमा नमुना कलेजद्वारा अन्तरक्रिया सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

  • हाम्राे टीम
  • विज्ञापन
  • राशिफल
  • Checkout
  • My account
  • Login/Register
  • Checkout – urban_observer
  • My Account – urban_observer
  • Login/Register – urban_observer
  • Switching plans wizard
  • Modal Mobile Menu
  • Modal Newsletter
  • Modal Desktop
  • Home

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.