प्रदेश १ को वन, वातावरण तथा भू–संरक्षण मन्त्रालयका मन्त्री तथा नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार मोरङ्ग क्षेत्र नं. ३(क)बाट उम्मेद्वारी दिएका पूर्वमन्त्री शेखरचन्द्र थापाको निधन भएपछि बुधबार आयोगले उक्त दलका लागि उम्मेदवार मनोनयनसहितका नयाँ निर्वाचन कार्यक्रम आयोगले तय गरेको छ ।
निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन अन्तर्गत प्रदेश सभातर्फ मोरङ क्षेत्र नं. ३ को (क) मा नयाँ निर्वाचन कार्यक्रम सार्वजनिक गरेको हाे । आयोगको निर्णय अनुसार कार्तिक २४ र २५ गतेको समयभित्र उम्मेदवारी मनोनयन दर्ता, दावी विरोध तथा अन्तिम नामावली सार्वजनिक गरिने तथा निर्वाचन भने मंसिर ४ गते नै हुने जनाएको छ ।
उम्मेद्वारको अन्तिम नामावली प्रकाशन र उम्मेद्वारलाई निर्वाचन चिन्ह समेत दि सकेको अवस्थामा उम्मेद्वारको मृत्यु भएको र उक्त क्षेत्रबाट सम्बन्धित दालको उम्मेदुवारको लागि निर्वाचन कार्यक्रम तय भएको आयोगले जनाएको छ ।
उक्त मनोनयनमा सोही पार्टीको उम्मेद्वार तथा अधिल्लो उम्मेद्वारलाई नदोहो¥याउन समेत आयोगले निर्देशन दिएको छ ।
नयाँ निर्वाचन कार्यक्रम तालिका :-

- सम्बन्धित समाचार….
कांग्रेस क्षेत्र नं. ३ (क) का प्रदेश सभा सदस्य उम्मेद्वार थापाको निधन







