समय बलवान भएकै कारणले होला कुनै कुराको स्थिरता नभएको हुनुपर्छ आज ठिक लागेको, मनपरेको कुनै कुरा निश्चित समयको अन्तराल पछि त्यसको महत्व घट्दै जानु, मन नपर्नु वा बेठिक लाग्न थाल्नु समय परिवर्तनशिल भएका कारण स्वभाविक लाग्नु बाध्यकारी हुन्छ । हाम्रो देशको सन्दर्भमा समेत समयको माग बमोजिम विभिन्न कालखण्डमा विभिन्न क्रान्ती मार्फत सत्ता परिवर्तन भई हालको अवस्थामा आइपुगेको छ ।
एक दशक भन्दा बढी शासन गरेका राणाहरुलाई विभिन्न क्रान्ति मार्फत वि.स. २००७ साल फाल्गुण ७ मा हटाई प्रजातन्त्र सुरुवातदेखि लिएर वि.स. २०६२र०६३ को राजतन्त्र बिरुद्ध अघि बढी वि.स. २०६३ वैशाख ८ गते गणतन्त्र स्थापना गर्नु र ततपश्चात पनि अन्य थुप्रै आन्दोलन, संघर्ष गर्दै वि।स २०७२ साल असोज ४ गते नेपालको संविधान २०७२ प्रमाणिकरण भई हाल सोही अनुसार राज्य सन्चालित छ । त्यस बेलाको क्रान्ति वा आन्दोलनको नेतृत्व जसले गरेको थियो ति सबै अहिले देशको नेतृत्वदायि अधिकार समपन्न नेता भई बिराजमान भएका छन् तर उपलब्धि उहि न्यून वा नाजुक अवस्थामा छ । यसले के प्रष्ट हुन्छ भने नेपालमा सत्ताको वा अर्थको राजनिती हाबी छ ।
हालको अवस्थमा अर्थले राजनिती र राजनीतिले अर्थ चलायमान बनाएको छ भन्दा फरक नपर्ला
अर्थ राजनितीलाई कतिपय हरुले ब्याख्या गर्दा राजनितीको अर्थ रुपमा व्याख्या गरी राजनीति भित्रको आर्थिक पाटोलाई लुकाएका छन् भने कतिले यसलाई सामान्य प्रणालीको रुपमा व्याख्या गर्दैआएको पढन् वा सुन्न पाईन्छ । यसको चुरमा पस्ने हो भने साबिकमा नेता हुन समय पर्याप्त वा फुर्सदिलो, पार्टीको पछुवा, र कुद्दै, हिँड्दै, बोल्दै जाँदा आफै सामान्य ज्ञान अर्जित हुन्थ्यो त्यती लगानि गरी चाकडी गरेपश्चात मान्छे हेरी गाँउ, ईलाका, शहर, जिल्लाको नेता हुन पाउने बन्दोवस्त मिलाइदिईन्थ्यो भने हालको अवस्थामा माथि उल्लेख भए बमोजिममा आर्थिक लगानि थप गर्न सक्नेलाई मात्र औपचारिक रुपमा टिकट प्रदान गरी मैदानमा कुदाईन्छ । जब कसैले यतिका धेरै थोक लगानि गर्छ भने तेस्को प्रतिफल खोज्छ जुन सामान्य हो ।
थौरै लगानी गर्न सिकाउने की ?
हुन त सत्ता वा अधिकार प्राप्त पदमा पुगिसकेपछि लगानि जति गरेपनि त्यो पाटै बिर्सी भेटेको, सकेको सबैले आर्जन गर्लान तर लगानि धेरै गरेको छ भने सुरुमा त्यो धेरै लगानी आफ्नो कार्यकाल भित्रै कसरि उठाएर नाफा कमाई जनताको मत जित्न अर्को पटकको टिकटको लागि पनि कमाउनु पर्ने दबाब उत्पन्न हुन्छ त्यहि दबावले गर्दा नेता ब्यपारीमा परिणत हुन्छन । हुन त राजनिती बिचार, चिन्तन, सिद्धान्त, ज्ञान, विवेक, निति, नियमको आधारमा नाकि अर्थको आधारमा गरिने हो तर बिडम्बना यहाँ अर्थ बिना राजनिती सोच्न नि कठिन छ । जब सम्म हामी जनताले नेतालाई कम खर्चिलो बनाउदैनौ तबसम्म राजनितीमा ब्यापारी पनको गन्ध आईरहन्छ । जनताले नेतालाई कसरी कम खर्चिलो बनाउने भन्दा :
१. नेता पनि हामि जस्तै सामान्य मानिस हुन् जसले नेतृत्वदायि भूमिका निर्वाह गर्दै शासन सन्चालन गर्ने उनीहरुको प्रमुख कार्यहो जुन गरिरहेका छन् यति बुझदिए नेताहरुको भि.आई.पि. सट्राडम हटाई सामान्य ढ्ङगवाट अरुको जस्तै जिवनशैली लागु गरे आर्थिक व्ययभार अलि केहि हद कम हुन्छ ।
२. चुनाव ताका वा अघि पछि जनता आफै सजग भई नेतालाई कम खर्चिलो बनाउने
३. नेताको झोले, पछुवा नभई स्वभिमान ढङ्गले आफै गरेर खाने ।
४. भनसुन सिफारिस तोकका लागि नेता नगुहार्ने
५. नेताको विचार, नियत र कामको मुल्याङकन गरी नेता छान्ने
सबै जनता यतिको सक्षम भई नेता सँग केही व्यक्तिगत स्वार्थ नराखि खबरदारी गर्ने हो भने नेताहरु आफै सुध्रिन बाध्य हुन्छन ।
प्रचलित व्यवस्था
पसल खोल्ने देखि फ्याक्ट्रि खोल्ने सम्म, साना गल्लीका ठेक्का देखि लिएर ठूला मेगा प्रवजेक्ट प्राप्ती सम्म, सामान्य सिफारिस लिने देखि बैकंमा ऋण लिने सम्म कुनैपनि क्षेत्र अछुतो छैन फेरि नेताको शक्ति कस्तो शक्तिशालि हुन्छ जुनसुकै विषय क्षेत्रमा पनि लाग्छ । नेताहरुलाई यस्तै झिनामसिना काममा अल्झाउने हो भने देशको विकास कस्ते हुन्छ ? अव हामिले अरु विकशित मुलुकको नेताहरु के गर्छन् यस्तै काममा रुमलिन्छन कि साच्चै देश विकासका खाका तयार पार्छन भनेर हेर्दा उक्त देशमा नेताहरुको चाप्लोसी गर्ने फुर्शद कसैलाई हुदो रहेनछ । त्यहाँको सिस्टम नै फरक छ जनताहरु एउटा ट्राय्कमा हिड्छन आफ्नो काम गर्छन् अरुको खासै मतलब हुन्नरछ ।
धन देखेपछि महादेवको तेस्रो नेत्र खुल्छ भने मान्छे को खुल्नु स्वभाविक हो ।
हाल हाम्रो देशमा पनि अहिले आएर नयाँ पुस्ता त्यहि ट्रयाक कपि गर्दै नेताको चाप्लोसि बेगरै आफैले गर्नुपर्ने रछ भन्ने बुझि गर्दैछन् जुन राम्रो हो र यसलाई बढावा दिन सरकार, नेता र युवा सजग भई अघि बढ्न जरुरी छ । अहिले लागि रहेको आरोप जस्तै सांस्द विकास कोष, विकास आयोजना, समितीका विभिन्न कोषका लागि विनियोजित रकम वा बजेट आफ्ना झोले कार्यकर्ता पाल्नलाई छुट्टाईएको भन्ने अरोप गलत साबित गर्नु अहिलेको आवश्यक कार्य मध्ये एक हो ।
सुधार गर्नुपर्नेः
जनप्रतिनिधि वा नेताहरुलाई अभिभावकको रुपमा लिई सिस्टम वा प्रणालीगत तवरवाट निती, नियमको अधारमा रही कार्य गर्नुपर्छ । अर्थ विना नेपाली राजनिती असम्भव झै देखिएता पनि यसलाई स्वच्छ पार्न विशेष कदम चाल्न आवश्यक देखिन्छ कि त राजनिती गर्ने नेताहरुलाई राष्ट्रियकरण गरी सबै खर्च सरकारले बेहोरी आर्थिक क्रियाकलापवाट छुट्टै राख्नसक्नु पर्छ । सुधार नीतिगत र व्यहवारिक दुईपाटामा गर्नु जरुरी देखिन्छ । नितीगत पाटोवाट हेर्दा राजनिती गर्ने मानिसलाई राष्ट्रियकरण गर्नुपर्ने र राजनीति गर्नपनि कम्तिमा कुनै तहको शिक्षा आवश्यक पर्ने वाध्यकारी नियम लाध्न जरुरी देखिसकियो ।
राजनिती राज्यले अंगालेको नितीको अधारमा गरिनुपर्ने हो नाकि आर्थिक रुपले सम्पन्न कुनै हुलको मानिसले बनाएको नितीमा । साच्चै नेताहरुले आफ्नो नेतृत्वदायि भुमिकामा दृढभई आर्थिक क्रियाकलापमा नलोभ्भि नीति अवलम्वन गरेर सिस्टम बसाल्ने वा हाम्रो भन्दापनि राम्रो तिर ध्यानदिई काम गरे देशले अवश्य विकासको काचूँली फेर्नेछ भन्ने गरीएकै छ कि एक पुस्ताले अलि ज्यादै महेनत गर्नुपर्छ त्यो पुस्ता हाम्रै बनि इतिहास रच्न सके वर्षौ वर्ष अमर भइन्थ्यो जसका लागि जनता र राजनीतिज्ञ दुवै अनुशासित भई लाग्न जरुरी छ ।