Thursday, April 16, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home FEATURE

सप्तकोशी नदिको कटान मर्मत सम्भार तीब्र रूपमा हुँदै

खबरबिट by खबरबिट
24/07/2020
in FEATURE, मुख्य समाचार, स्थानीय
0
सप्तकोशी नदिको कटान मर्मत सम्भार तीब्र रूपमा हुँदै
18
SHARES
439
VIEWS
Share on FacebookShare on Twitter

सुरेन्द्र मेहता (इनरुवा) । सप्तकोशी नदीले बराहक्षेत्र नगरपालिका–६ ठाकुरबारीस्थित १० नम्बर नोज स्पोर (बाँध) कटान मर्मत समभार कार्य तीब्र रूपमा भइरहेको छ ।

यसै हप्तामा लगातार भइरहेको बर्षाको कारण नदीमा बढेको पानीको बहावले नोज स्पोर करिव ३० मिटर कटान गरेको थियो । सो क्षेत्रमा कोशीले कटान गर्न थालेपछि त्यहाँका स्थानीयमा डर, त्रास उत्पन्न भएको थियो ।

READ ALSO

डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको बढेन

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

कोशीको पानीको सतह दुई दिनदेखि यता घट्दै जाँदा पनि थप कटान नरोकिएपछि भारतको विहारबाट आएका जलसंशाधनका अधिकारी तथा ठेक्कादार कटान रोक्ने प्रयास कार्य तीब्र गतिमा भइरहेको र दैनिकी २५०/३०० जना कामदारहरु काम गरिरहेको स्थानीय ठेक्कादार देवनारायण मेहताले बताएका छन् ।

कटान गरेको क्षेत्रमा नेपाल प्रहरी, नेपाली सेना, शसस्त्र प्रहरी र स्थानीय सरोकारवालाजरुको कटान रोक्न पूरा निगरानीको प्रयास गरेको बराहक्षेत्र नगरपालिकाका मेयर निलम खनालले बताए । उनले भने, ‘कोशीको पूर्वी किनारमा रहेको १० नम्बर नोज स्पोरले बराहक्षेत्रको ठाकुरबारी बस्तीलाई जोगाएको छ,’ उनले भने, ‘उक्त बाँध फुटेमा चक्रघट्टी बजार लगायतका क्षेत्र पनि लैजान सक्ने भएकाले तत्काल कटान रोक्ने कार्य अहिले उच्च गतिमा हाम्रो निगरानीमा भइरहेको छ ।’

उनले कोशीले पछिल्लो केही वर्ष यता आफ्नो धार परिवर्तन गर्दै पूर्वी किनार कटान गर्न थालेको बताए । १० वर्ष अघि १० नम्बर नोज स्परबाट कोशी करिव ५ /६ सय मिटर पश्चिम भएर बग्ने गरेको थियो । तर यो वर्ष तिव्र पानीको वेगका साथ पानीको वहाव पूर्वी किनारामा ठोकिएको हुँदा कटान थालेको थियो ।

बराहक्षेत्र नगरपालिकाको ११ वटा वडा मध्ये वडा नं. ३, ४ र ५ बाहेक सबै वडा सप्तकोशी नदीको उच्च जोखिममा परेको मेयर खनालले बताए ।

सुनसरीको भिमनगरस्थित कोशी व्यारेजदेखि उत्तर बराहक्षेत्र सम्मका बांध मर्मत सम्भार गर्ने र कटान नियन्त्रण गर्ने मुख्य दायित्व भने भारत सरकारको रहेको छ ।

कोशी व्यारेज निर्माण गरेको बेला देखिको उक्त सम्झौता अनुसार सम्झौता अनुसार भारत सरकारले वर्षेनी कटान रोक्ने प्रयास गरेपनि पुर्णरुपमा सफल हुन नसक्दा नेपाली भूभाग वर्षेनी कटान र डुवानमा पर्दै आएको मेयर खनालले बताएका छन् ।

Tags: बराहेक्षमर्मत सम्भारसप्तकाेशी

Related Posts

चालू आर्थिक वर्षमा पेट्रोलियम पदार्थको खपतमा कमी
FEATURE

डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको बढेन

15/04/2026
झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी
समाचार

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

14/08/2025
पाकिस्तान छाडेको दुई महिनामै पत्रकार शरिफकाे हत्या
FEATURE

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

06/07/2025
ट्याक्टर दुर्घटना हुँदा ताप्लेजुङमा ४ जनाको मृत्यु
FEATURE

रामधुनीमा मोटरसाइकल दुर्घटना हुँदा तीनको मृत्यु, २ घाइते

29/06/2025
आईएमई पे र खल्तीलाई मर्जरका लागि राष्ट्र बैंकको अन्तिम स्वीकृति, वालेटको नाम खल्ती रहने
FEATURE

आईएमई पे र खल्तीलाई मर्जरका लागि राष्ट्र बैंकको अन्तिम स्वीकृति, वालेटको नाम खल्ती रहने

24/06/2025
‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई
FEATURE

‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई

15/06/2025
Next Post
कोरोनाको तेस्रो संक्रमित भेटिए

लकडाउन खुकुलो भएसँगै संक्रमित बढे, भीडभाडसँगै कन्ट्याक्ट ट्रेसिङमा सकस

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.