Monday, March 9, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home FEATURE

बराहक्षेत्रमा मापदण्ड बिपरित काम गर्ने समितिको एक करोड रूपैयाँ भन्दा बढी कटौती

आर्थिक वर्ष २०७६/७७ मा ९५ प्रतिशत काम सम्पन्न

दिपक पुरी, बराहक्षेत्र by दिपक पुरी, बराहक्षेत्र
24/07/2020
in FEATURE, अर्थ, स्थानीय
0
माघि पर्वको अवसरमा बराहक्षेत्रमा सार्वजनिक विदा
14
SHARES
351
VIEWS
Share on FacebookShare on Twitter

सुनसरीको बराहक्षेत्र नगरपालिकाको गत आर्थिक वर्ष २०७६/७७ मा ९५ प्रतिशत काम सम्पन्न भएको छ ।

संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारबाट स्वीकृत ३ सय ७७ वटा सानाठूला योजनाहरु मध्ये कुनै योजना टेन्डर प्रक्रिया र कुनै निर्माण समिति मार्फतबाट ९५ प्रतिशत काम सम्पन्न भएको योजना शाखाका प्रमुख राम ढकालले बताए ।

READ ALSO

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

पेट्रोलियम पदार्थको मूल्य घट्यो

साना योजना सम्पन्न भइसकेको र केही ठूला योजना लकडाउनको कारण ढिला भएको र सबै योजना टेन्डर प्रक्रियामा गइ टेन्डर लागि काम धमाधम हुँदैछ भने कुनै सम्पन्न हुने तयारी रहेको ढकालले बताए ।

ढकालले भने ३७७ वटा योजना सम्पन्न गर्न संघ प्रदेश नगरबाट करिब १७ करोड ६१ लाख ६७ हजार ५ सय १४ रुपैयाँ बराबरको बजेटबाट गत आर्थिक वर्षमा काम हुँदै गरेको बताए ।

कति निर्माण समिति परे कारबाहीमा ?
बराहक्षेत्र नगरपालिकामा योजना परेपछि उक्त योजनालाई प्राविधिक शाखाले लागत स्टमेट योजनाको बजेट हेरि ठाउँको अवलोकन गरि प्राविधिक शाखाको निर्देशन अनुसार काम सुरु हुन्छ । प्राविधिकको अनुसार निर्माण समिति र ठेकेदार कम्पनीले काम गर्ने गर्दछन् । काम सुरु भएपछि बेलाबेलामा अनुगमन समिति र प्राविधिकहरुले निरीक्षण गर्ने गरेको अनुगमन समितिका संयोजक उपमेयर कमला मगरले बताइन् । मगरले योजनाको काम सुरु भए पछि कम्तिमा २ पटक ठूला योजना बढीमा ४ पटकसम्म अनुगमन गर्ने गरेको बताइन् ।

यसपटकमा ३७७ वटा योजना अरु अनुगमन गर्ने क्रममा धेरै निर्माण समितिले अत्यन्तै राम्रो काम गरेको पाइएको उनको भनाइ छ । उनले स्टमेट भन्दा बढी काम मालमिटर भने भन्दा बढी गरेको देख्दा निर्माण समितिको प्रशंसा स्वरुप धन्यवादको पात्र समेत भएको र उत्कृष्ट निर्माण समितिलाई नगरसभामा सम्मानित गर्ने भने पनि विशेष कारणले गर्न नसकिएको र ती समितिहरुलाई एउटा कुनै कार्यक्रम गरि सम्मान गर्ने समेत मगरले बताइन् ।

निर्माण समितिले समेत अनुगमन समितिलाई जनताबाट हुने श्रमदान भने अनुसार नहुने गरेको गुनासा गरेका छन् । निर्माण समितिका अध्यक्ष कृष्ण भट्टराईले भने नगर तथा वडाबाट जति बजेट दिएपनि स्थानीयको अनिवार्य श्रमदान हुनुपर्ने हुन्छ । यता श्रमदान बापत दिनुपर्ने पैसा सबैले नदिएको उनले गुनासो गरे ।

समितिको गुनासो आएपछि नगरपालिका यो आर्थिक वर्षबाट सानो योजना भनेको ५ लाखदेखि माथी हुने र योजना परेपछि स्थानीयहरु दिने श्रमदान अनुसारको पैसा बैंकमा जम्मा गर्नुपर्ने नियाम लागु गर्ने उप मेयर साथै अनुगमन समितिका संयोजक मगरले बताइन् । उनले भनिन्, ‘अनुगमन गर्ने क्रममा २३ वटा निर्माण समिति मापदण्ड अनुसार काम नगर्दा ती समितिहरुको बजेट कटौती भएको बताइन् ।’
कति वटा योजना निर्माण समिति मापदण्ड बिपरित ? प्राविधिकले गरेको स्टमेट भन्दा कम पैसा गुणस्तरीय काम ।

बराहक्षेत्र नगरपालिकाका केही योजनाहरु प्राविधिकहरुको स्टमेट मापदण्ड अनुसार काम गरेपनि मधुवनको योजना लाई छुट्याइएको ५० लाख ३४ लाख रुपैयाँ खर्च गरेको पाइएपछि बाँकी १६ लाख रुपैयाँ कटौती गरेर उक्त योजनाको मापदण्ड अनुसार भए पनि भने जति काम नहुँदा उक्त बजेट कटौती गरिए प्रशकिय अधिकृत मनु कुमार सुब्बाले बताए ।

लिम्बूले भने प्राविधिकहरुले पास गरेको योजनाहरुलाई पनि अनुगमन समितिले फेल गरेको छ । अहिले सम्म २३ वटा निर्माण समितिले लगत स्टमेट अनुसार काम नगरेको र जति काम भएको छ त्यसको मात्र भुक्तानी गरेको प्रशासकीय अधिकृत सुब्बाले बताए ।

मधुवन शुक्रबारेमा निर्माण गरिएको ४० मिटर ड्रेनमा कमसल सामाग्री प्रयोग गरेको, माझी संग्रहालय मधुवनमा तल्ला माथि सबै काम भए पनि वरिपरि वाल निर्माण नगरेको, प्रकाशपुर बजारमा २० मिटर भन्दा बढी ड्रेन निर्माण गर्नुपर्नेमा २० मिटरको मात्र भुक्तानी गरिदिएको, पैनी हुँदै केशव मैनालीको घरको बाटो ग्राभेल को ९९७ मिटर लम्बाई हुनुपर्नेमा २३ मिटर कम काम गरेपछि गरेको कामको मात्र भुक्तानी दिएको, प्रहरी कार्यालयदेखि भुटाहासम्म ग्राभेल गर्दा स्टिमेट भन्दा ५० मिटर अपुग अपुग ५० मिटरको भुक्तानी कटौती, कुपि खोल कल्भर्ट साथै ग्राभेल वडा नम्बर ३ मिटर कम २० मिटर भए पछी पुर्न थप गरेका छन् । यस्तै अन्य समितिले पनि काम कम्ती गरेपछी काम गरे अनुसारको भुक्तानी गरेको लिम्बूले बताए ।

समितिले कसरी गर्छ अनुगमन ?
हुन त अनुगमन गर्ने पनि सरकारी र प्राविधिक पनि कर्मचारीनै हुन् । उनीहरुलाई केहि पैसा दिए पछि पास भइ हाल्ने भने हरुपनी यहाँ धेरै नभएको भने होइन । समतिले आउने, हेर्ने र जाने भन्ने अनुमान गरेका जनता यो पटक भने निकै आश्चर्यमा परेका छन् ।
अनुगमन टोलि आएर निर्माण स्थानमा पुगेपछि त्यहाँका स्थानीयसँथ खन्ती लगायतका सामाग्री मागि बाटो खनेर परीक्षण गरेका प्रत्यक्षदर्शी चन्द्र चन्द्रवंसीले बताए । ‘मेरो वडा १० नम्बर हो,’ उनले भने, ‘अहिलेसम्म यसरी अनुगमन गरेको मैले देखेको थिइनँ ।’

कति भयो बजेट कटौती ?
अनुगमन समिति गत आर्थिक वर्षमा भएको ३७७ वटा योजनाबाट एक करोड भन्दा बढी रकम कटौती गरेको छ । निर्माण समिति बजेट अनुसारको स्टमेट अनुसार काम नगर्दा र काम गरेपनि मापदण्ड विपरित काम भएपछि अनुगमन समिति जति काम भएको छ त्यसको मूल्याकंन गरेर बजेट भुक्तानी गरेको र छुटिएको बजेट बाट कटौती गर्दा १ करोड भन्दा बढी नगरपालिकाको कोषमा जम्मा भएको अनुगमन समिति संयोजक कमला मगरले बताइन् ।

Tags: खबरबिट स्थानीयबराहक्षेत्रबराहक्षेत्र नगरपालिका

Related Posts

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी
समाचार

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

14/08/2025
चालू आर्थिक वर्षमा पेट्रोलियम पदार्थको खपतमा कमी
अर्थ

पेट्रोलियम पदार्थको मूल्य घट्यो

14/08/2025
पाकिस्तान छाडेको दुई महिनामै पत्रकार शरिफकाे हत्या
FEATURE

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

06/07/2025
ट्याक्टर दुर्घटना हुँदा ताप्लेजुङमा ४ जनाको मृत्यु
FEATURE

रामधुनीमा मोटरसाइकल दुर्घटना हुँदा तीनको मृत्यु, २ घाइते

29/06/2025
आईएमई पे र खल्तीलाई मर्जरका लागि राष्ट्र बैंकको अन्तिम स्वीकृति, वालेटको नाम खल्ती रहने
FEATURE

आईएमई पे र खल्तीलाई मर्जरका लागि राष्ट्र बैंकको अन्तिम स्वीकृति, वालेटको नाम खल्ती रहने

24/06/2025
कोशी प्रदेशकाे बजेट ३६ अर्ब
अर्थ

कोशी प्रदेशकाे बजेट ३६ अर्ब

16/06/2025
Next Post
सप्तकोशी नदिको कटान मर्मत सम्भार तीब्र रूपमा हुँदै

सप्तकोशी नदिको कटान मर्मत सम्भार तीब्र रूपमा हुँदै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.