विराटनगर । कोशी प्रदेशमा जारी चलचित्र महोत्सव अन्तर्गत अभिनयमा रुचि राख्ने व्यक्तिहरुलाई अभिनय सम्बन्धी कार्यशाला सुरु भएको छ । विराटनगरको ईष्टर्न स्टार होटलमा जारी कार्यशालालाई फिल्म निर्देशक तथा रंगकर्मी भोलाराज सापकोटाले प्रक्षिक्षण दिएका छन् ।
‘विभिन्न जातजातीहरुको कथाहरुको उत्सव, कोशी चलचित्र महोत्सव’ भन्ने मुल नारासहित सञ्चालित ६ दिने चलचित्र महोत्सव अन्र्तगत पाँचौ दिन अभिनयको कार्यशाला सुरु भएको हो ।
कोशी प्रदेशको कला, सँस्कृति तथा मनमोहक स्थलहरुको जानकारी गराउने उद्देश्ले आयोजना गरिएको ६ दिने चलचित्र महोत्सव गत जेठ ६ गतेबाट कोशी प्रदेशमा सुरु भएको हो । आन्तरिक मामिला तथा कानुन मन्त्रालय कोशी प्रदेशको आयोजना तथा चलचित्रकर्मी महासंघ कोशी प्रदेशको व्यावस्थापनमा आयोजित महोत्सवमा ४ दर्जन बढी लघु,चित्र बृत्त, फिचर फिल्महरु पूर्वका विभिन्न हलहरुमा निःशुल्क प्रदर्शन गरिएको छ ।
यस अघि चलचित्र महोत्सवमा चलचित्र प्रदर्शनीसँगै सिने पर्यटन क्षेत्र सम्बन्धी विविध अन्तक्रिया लगायतका कार्यक्रमहरु भएका छन् । यसैविच जेठ ११ गते पहिलो महिला चलचित्र निर्देशक सुचित्रा श्रेष्ठ र संगिता श्रेष्ठले नेपाली चलचित्रमा महिला अन्तक्रिया कार्यक्रम रहेको चलचित्रकर्मी महासंघ कोशी प्रदेशका अध्यक्ष अरुणकुमार प्रधानले जानकारी दिए ।
उनका अनुसार महोत्सवको समापन भोली जेठ ११ गते शुक्रबार विराटनगरको सिटी प्यालेसमा एक भव्य समारोह विच समापन हुनेछ ।