Monday, February 16, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home FEATURE

बराहक्षेत्र नगरपालिकाको कुल बजेट १ अर्ब ५ करोड

दिपक पुरी, बराहक्षेत्र by दिपक पुरी, बराहक्षेत्र
24/06/2021
in FEATURE, अर्थ, समाचार
0
बराहक्षेत्र नगरपालिकाको कुल बजेट १ अर्ब ५ करोड
26
SHARES
662
VIEWS
Share on FacebookShare on Twitter

बराहक्षेत्र । सुनसरीको बराहक्षेत्र नगरपालिकाले अगामी आर्थिक वर्षका लागि योजना, नीति तथा कार्यक्रम नगरसभाबाट सार्वजनिक गरेको छ । बराहक्षेत्र नगरपालिकाले बिहीबार आगामी आर्थिक वर्ष २०७८/०७९ को लागि एक अर्ब ५ करोड ५८ लाख ३२ हजार ५ सय रुपैयाँको वार्षिक बजेट, नीति तथा कार्यक्रम उपप्रमुख कमला मगरले प्रस्तुत गरेकी हुन् ।

नगरपालिकाले संघीय सरकार, वित्तीय समानीकरण अनुदान, सशर्त अनुदान, राजस्व बाँडफाँड र आन्तरिक आय लगायत विभिन्न अनुदानबाट आन्तरिक आय अनुमान मौज्दात समेत २६ करोड ५८ लाख ४९ हजार ५ सय ७०, सशर्त अनुदान संघबाट ३९ करोड ९५ लाख, विशेष अनुदान २ करोड ४९ लाख, बित्तीय समानीकरण अनुदान संघ २० करोड १२ लाख, बित्तीय समानीकरण प्रदेश १ करोड २० लाख २० हजार, राजश्व बाँडफाँड संघ १३ करोड १६ लाख ४ हजार, शसर्त अनुदान प्रदेश १५ लाख ८३ हजार समपुरक अनुदान प्रदेश १ करोड प्रदेश राजस्व बाँडफाँड ९१ लाख ७५ हजार ९ सय ३० गरि जम्मा एक अर्ब ५ करोड ५८ लाख ३२ हजार ५ सय रहेको छ ।

READ ALSO

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र

त्यस्तै संघ संस्था तर्फबाट आय सिडिसी देवानगंजबाट २३ लाख ६४ हजार ३ सय, कोकनबाट २० लाख ५० हजार, ओरेक नेपालबाट ८ लाख १३ हजार २ सय ५० र सेभ द अर्थ बाट ४ लाख २० हजार गरि संघ संस्थाबाट जम्मा ५९ लाख ४७ हजार ५ सय ५० रुपैयाँ रहेको छ ।

No description available.

जसमा चालू खर्च ११ करोड ७४ लाख, वडा कार्यालय पुँजिगत ५ करोड ५० लाख, पुँजीगत बजेट नगर तर्फ ४४ करोड ७४ लाख ४९ हजार ५ सय, सशर्त अनुदान संघ ३९ करोड ९५ लाख, सशर्त अनुदान प्रदेश बाट १५ लाख ८३ हजार, समपुरक अनुदान प्रदेश १ करोड, विशेष अनुदान संघ २ करोड ४९ लाख गरी कुल जम्मा १ अर्ब ५ करोड ५८ लाख ३२ हजार ५ सय रुपैयाँ खर्च तर्फ बिनियोजन गरिएको छ ।

चालू आर्थिक वर्ष २०७७/७८ जेष्ठसम्मको अनुमान र यथार्थ बजेट विवरण समेत उपप्रमुख मगरले प्रस्तुत गरेकी छन् । जसमा ८७ करोड ४१ लाख २१ हजार ८ सय ७१ आम्दानी तर्फ अनुमान गरेको मध्ये २०७८ जेष्ठ मसान्त सम्मको यथार्थ आम्दानी ६५ करोड ९० लाख ९४ हजार ५ सय १ रुपैयाँ अर्थात ७५.१० प्रतिशत आम्दानी प्राप्त भएको छ । जेष्ठ मसान्तसम्म चालू खर्च ११ करोड ३८ लाख ४७ हजार अनुमान गरिएको मध्ये ७ करोड ६१ लाख ३३ हजार ३ सय ८२ गरि जम्मा ५६.८८ प्रतिशत खर्च भएको विवरण प्रस्तुत गरिएको छ ।

त्यसैगरी पुँजिगत खर्च तर्फ ३८ करोड ७ लाख ४२ हजार ३ सय ९३ मध्ये ३७ करोड ३७ लाख ५ हजार २ सय १३ रुपैयाँ अर्थात ५०.१ प्रतिशत खर्च भएको छ । कुल बजेटमध्ये जम्मा खर्च २४.६० प्रतिशत रहेको छ । निर्माणाधिन योजनाहरु सकिएको भए असार सम्म भुत्तानी गरी खर्च गर्ने र बाँकी रकमलाई नगरपालिकाको गौरवको आयोजनाहरुमा प्राथमिकताको आधार खर्च गरिने भएको छ ।

No description available.

०७८/७९ को पुजिगत तर्फको कार्यक्रमको एकीकृत बजेट वडा तथा सशर्त बजेट बाहेक पुर्वाधार विकासमा २६ करोड ३७ लाख (५९ प्रतिशत), आर्थिक विकास तर्फ ४ करोड ६५ लाख ८७ हजार (१० प्रतिशत), सामाजिक विकास तर्फ ११ करोड १५ लाख ६२ हजार ५ सय (२५.३० प्रतिशत) विनियोजन गरिएको छ । त्यसै गरी वन तथा वातावरण र विपत् व्यवस्थापनमा एक करोड ७४ लाख (३.८२ प्रतिशत), सुशासन तथा क्षमता विकास तर्फ ८२ लाख (१.८८ प्रतिशत) गरि जम्मा ४४ करोड ७४ लाख ४९ हजार ५ सय रुपैयाँ बिनियोजन गरिएको छ ।

नीति तथा कार्यक्रम

नगरले कृषि र पशु क्षेत्र तर्फ नगरले साना तथा मझौला कृषि उपकरणहरुमा ५० प्रतिशत अनुदान, नगरमा दर्ता भएको कृषि पशु सम्बन्धित फर्मलाई प्रोत्साहन गर्न साझेदारी गरिने पशु सुधार कार्यक्रममा विभिन्न उन्नत जातका बीउहरु बितरण गर्ने कार्यलाई निरन्तरता दिने नगरप्रमुख निलम खनालले बताए । आगामी नीति तथा कार्यक्रम प्रस्तुत गर्दै खनालले साविक गाविसमा १र१ वटा शीत भण्डार निर्माण गर्न पहल गर्ने बताए ।

सिँचाइ नपुगेको जमिनमा बैकल्पिक सिँचाइको व्यवस्थापन गर्ने, घुम्ती प्रयोगशाला मार्फत स्थलगत माटो परीक्षण गर्ने र वैदेशिक रोजगारबाट फर्केर आएका युवाहरुलाई कृषि तथा पशु क्षेत्रमा प्रोत्साहन गर्न सहुलियतमा ऋणका लागि बैंक तथा बित्तीय संस्थासँग समन्वय गर्ने कार्यक्रम समेत रहेको खनालले बताए ।

आगामि वर्षमा समेत बिपन्न परिवारहरुको स्वास्थ बीमा कार्यक्रमलाई अझै निरन्तर दिने, छोरी बचाउ अभियान सुरु गर्दै नगरमा पहिलो सन्तानको रूपमा छोरी पाउने आमालाई प्रोत्साहन भत्ता दिने समेत उनले बताए । नीति तथा कार्यक्रममा थप कोभिड खोप खरिद गर्न १ करोड रुपैयाँ बजेट बिनियोजन बजेट छुट्याइएको छ ।

No description available.

शैक्षिक संस्थाहरुको भौतिक पूर्वाधार, प्रविधिक पहुँच र क्षमता अभिबृदी गर्न प्रोत्साहन गर्दै १ देखि ५ कक्षासम्मका विद्यार्थीहरुलाई हाम्रा नानी विद्यालय जाने बानीको नारासहित सामुदायिक विद्यालयहरुमा विभिन्न आवश्यक कार्यक्रम गर्ने, आगामी शैक्षिक सत्रदेखि विद्यालयका कर्मचारी, बाला शिक्षिकालाई ७ हजार रुपैयाँ सुविधा थप गर्ने, विद्यालयमा बाल उद्यान तथा मन्टेश्वरी कक्षा संचालनको लागि प्रोत्साहनसहित १ लाख ५० हजार रुपैयाँको अक्षयकोष निर्माण गर्ने समेत कार्यक्रम रहेको छ ।

भौतिक तथा पूर्वाधारतर्फ नगरले रिङ्गरोड चतरा जागृती चौकदेखि रेलबे १३ आरडी तोरिबारी हुँदै ७ नम्बर वडाको सोमबारेसम्म सडक जोड्ने कार्यलाई निरन्तरता दिने, संघीय सरकारको आयोजनामा रहेको बाङ्गे नडाहा हुँदै धरान सडक खण्ड यसै वर्षदेखि कालोपत्रेको काम हुने समेत खनालले बताए । विभिन्न बजार क्षेत्रमा सार्वजनिक शौचालय निर्माण गर्ने, कम्ति १ हजार जना अँट्न सक्ने सभा हल निर्माण कार्यलाई गौरबको आयोजना रूपमा अगाडि बढाई प्रत्येक वडाको ५ सय मिटर सडक कालोपत्रे गर्ने कार्यक्रम छ ।

No description available.

Tags: अर्थबजेटबराहक्षेत्रबराहक्षेत्र नगरपालिका

Related Posts

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने
समाचार

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

26/01/2026
शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र
समाचार

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र

15/08/2025
झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी
समाचार

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

14/08/2025
चालू आर्थिक वर्षमा पेट्रोलियम पदार्थको खपतमा कमी
अर्थ

पेट्रोलियम पदार्थको मूल्य घट्यो

14/08/2025
माछा मार्ने क्रममा करेन्ट लागेर एकको मृत्यु
समाचार

सुनसरीको हरिनगरमा गोली प्रहार गरी सालीको हत्या

14/07/2025
पाकिस्तान छाडेको दुई महिनामै पत्रकार शरिफकाे हत्या
FEATURE

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

06/07/2025
Next Post
संक्रमितको जीवन रक्षाका निम्ति प्लाज्मा दान अभियानमा चिकित्सक

थप २४७४ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि, २४ जनाको मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.