गतिशिल, चेतनशिल, विवेकी र बैरागी हुनु नै ब्राह्मण हुनु हो । ब्राह्मण कठोर साधना र मनको शुद्धता हो । क्षमतासिल र विनयिपन, दैवी गुणले भरिपूर्ण चेतना र उर्जाले सम्पन्न व्यक्ति ब्राह्मण हो । जसको विचार, चिन्तन, ज्ञान, भावना, बैराग्य र विनयपन हुन्छ । दूरदृष्टिको समग्रता नै ब्राह्मण हो ।
अब स्पष्ट हुन्छ, ब्राह्मण जन्म हैन, ब्राह्मण मृत्यु हैन । ब्राह्मण जन्म र मृत्यु को साँघुरो घेरामा बस्ने काल्पनिक बन्धन हैन । ब्राह्मण जन्म, मृत्यु र जीवन भन्दापनी माथि हो । यो आफैंमा एउटा परिपुर्णता र सञ्जिवनी मन्त्र हो ।
यी सम्पुर्ण कुराबाट स्पष्ट हुन्छ कि ब्राह्मण कुनै जात, धर्म, पैसा हैन । यो सर्वश्रेष्ठ ज्ञान हो तर, कतिपयले आक्षेप लगाउने र कतिपयले जातलाई भज्याएर हिँडेको तितो यथार्थ हामीमाझ दुरुस्तै छ । टपरे, काठा, लोभी, पिन्डे, टुप्पे जस्ता उपनामले ब्राह्मणको धज्जी उडाउने रावणहरु, अनी ब्राह्मण हुँ भनेर अपुर्ण कर्म गरेर पैसा कुम्ल्याउने कंशहरु यहाँ प्रस्तै भेटिन्छन् ।
ब्राह्मण एउटा ज्ञान, कर्म र विनमसिलता हो । त्यसकारण सबैले ब्राह्मणत्वको परिभाषा बुझ्न जरुरी छ । नेपाली समाजमा आफूलाई ब्राह्मण भन्ने रावण प्रशस्त छन् । यीबाट सजग रहनु पर्दछ । सबै धर्मको एउटै सार हो, सबैको भलो चिताउनु, परोपकार गर्नु, दुःख नदिनु, नचोर्नु, नढाँट्नु, सत्य बोल्नु, सत्कर्म गर्नु आदि ।
हामी नेपालीहरु विविध जाती, भाषा, धर्म, संस्कृती, सहिष्णुता युक्त समाजमा हुर्किँदै आएका हौँ । संस्कृती र परम्परागत मान्यताको संरक्षण गर्नु हाम्रो दायित्व हो । हामीले विकृतिको अन्त्य गर्दै परम्परागत शिक्षा हासिल गर्न सक्नुपर्दछ । हाम्रा प्राचिन ज्ञान, धर्म, ग्रन्थ, संस्कृती नै शिक्षाका मुहान हुन् । त्यसकारण यी कुरालाई अध्ययन चिन्तन र मनन गरिसकेका खण्डमा नैतिक शिक्षाको ज्ञान पर्याप्त हासिल हुन्छ ।
नेपालमा पनि भाषिक विविधता प्रशस्तै छ । धार्मिक द्वन्द्व पनि अप्रत्यक्ष रुपमा देखिन्छ । यी सबैको सामना गर्दै धार्मिक सहिष्णुता कायम गर्न अत्यन्त आवश्यक छ । त्यसकारण नैतिक शिक्षा सबैले ग्रहण गर्न र आफ्ना सन्ततिहरुलाई पनि संस्कारको विकास गराउनु पर्दछ । भागवत गितामा भनिएको छ, ‘कर्म गर फलको आश नगर’। त्यसैले सत्कर्म गर्न आवश्यक छ । आत्मविश्वास कायम गरे, सेवा गरे, भविष्यको चिन्ता नगरि, वर्तमानमा सत्कर्म गरे भविष्य आफै सफल हुन्छ । उता प्राचिन ग्रन्थ, वेद पनि सम्पुर्ण कुराको जननी हो । यसमा सबै कुरा समेटिएको छ । आजको विश्व जगतमा हरेक कुराको परिकल्पना त्यही समयमा गरिएको थियो ।
यी सबै ज्ञान, चेतना, चिन्तनको बारेमा हरेक सचेत नागरिकले बुझ्नु आवश्यक छ । उता बुद्धको ग्रन्थ ‘त्रिपिटक’ को महत्व सर्वोच्च भन्दा उच्च छ । त्रिपिटक मध्ये एक ‘सुक्तिपिटक’ बुद्धको उपदेश हो जसमा उल्लेख गरिएका अमृत जस्ता शब्दहरु दया, सत्य, शान्ति, अहिंसा सधै जीवित छन् । ‘विनय पिटक’मा भिक्षुले पालना गर्नैपर्ने नियमको बारेमा उल्लेख छ भने ‘अभिधम्य पिटक’मा बृहत दर्शनको कुरा उल्लेख गरिएको छ । संसारमा दुःख छ, दुःखको कारण छ, दुःख निर्धारण हुन सक्छ, त्यसका लागि अस्टमार्ग, अवलम्वन गर्नुपर्दछ ।
बाइबल र कुराणको महत्व पनि वेद र त्रिपिटक भन्दा कम छैन । यी सबै धर्म र महत्व र ज्ञान अथाह छन् । किरात, मगर नेवार, लिम्बू, थारुहरुको छुट्टै पहिचान र परम्परा छ । यो नेपाल र नेपालीहरुको साझा महत्व र सम्पती हो । यो उजागर, संरक्षण र समय अनुसार परिवर्तन अत्यन्त आवश्यक छ । एउटा जाती, क्षेत्र, वर्ग समुदायले अर्को जाती, क्षेत्र तथा समुदायको संस्कृती र महत्वको संरक्षण गर्न सिक्न र सक्नुपर्छ । त्यसका लागि सबैको एकता र एकाग्रता आवश्यक छ ।
आज हामी बढी महत्वाकांक्षी बनेको छौं । धार्मिक कलह र अशान्ति सृजना भएको छ । आफ्नो संस्कार संस्कृती मूल्य मान्यता र परम्परा भुल्दै जाँदैछौ । विदेशी संस्कृतिको नक्कल गर्न खुब मायर बनिसकेका छौं । त्यसस्कारण ब्राह्मणवाद आवश्यक बन्दै गएको छ । हामी एक पटक बुझ्न र माथी उठ्न आवश्यक छ । आज हामीले अरुको धार्मिक सहिष्णुताको कदर गर्न सकेनौ । सांस्कृतिक सम्पदाको संरक्षण र सम्वद्र्धन गर्न सकेनौँ । जाती, भाषा, संस्कृतिका नामना फगत समय ब्यर्थ फालिरहेका छौँ । राष्ट्रिय एकता कायम गर्न नसक्नुको एउटा प्रमुख कारण यो पनि हो, हामी बारम्बार छिमेकीबाट लुटिन्छौँ, हेपिन्छौँ, दासी बन्छौँ । किनकी हामीबीच एकता र सद्भाव कायम हुन सकेको छैन । यसका लागि पनि सबैले ब्राह्मणतब प्राप्त गर्न आवश्यक छ ।
अहिलेको परिवार्तनशिल विश्वलाइ आत्मसात गरेर अगाडि बढ्नु सफल मानवीय जीवन हो । प्रविधि बिना सफल मानवीय जीवन असम्भव छ । विश्व परिवर्तनशिलसँगै त्यसका केही अंश मुलुक परिवर्तनमा पनि पर्छ । हामी नेपाली जाती, भाषा, धर्म संस्कृतिमा सम्पन्न छौं । प्राकृतिक एवम् सांस्कृतिक सम्पदाको संरक्षण र सम्बर्द्धन गर्नु अधिकार र कर्तव्य दुबै हो । समय र प्रचलन अनुसार सामाजिक सांस्कृतिक रुपान्तरण उत्तिकै आवश्यक छ । यसको मतलव हाम्रा रितिरिवाज, चालचलन, धर्म संस्कृतिलाई बेवास्ता गर्नु होइन । रितिरिवाज, चालचलन, धर्म, संस्कृति, परम्परालाई अँगाल्दै ब्राह्मणवादि शिक्षा सबै हाम्रा सन्ततिहरुलाई सिकाउनु र बुझाउनु आजको आवश्यकता बनेको छ ।
विज्ञान र प्रविधिले द्रुतत्तर रुपमा फड्को मारे पनि अधोगतिमा लागेको मुलुक परिवर्तन र नैतिक ज्ञान हासिल गर्दै नागरिक चेतनाको विकास गर्न हरेक मानिसमा ब्राह्मण्त्व हुन आवश्यक छ । नेपालका धेरै समसामयिक घटनाहरुले यो कुरा पुष्टि गरिसकेको छ । त्यसैले नेपालमा पनि कोरोना भाइरसको प्रभावले बन्द कोठामा शून्य समयमा रहेको बेला एकातिर कोरोना भाइरसको त्रास र अर्कातिर बालबालिकाहरुको सुन्दर भविष्य बिग्रिन्छ भन्ने बाबुआमामा ठूलो चिन्ता छ ।
अभिभावकहरुले यो कुरा बुझ्न जरुरी छ कि तपाईका नानी ६ महिना विद्यालय नजाँदा किताबी ज्ञानमा केही कमि होला । तर, यो समयमा हामीले आफ्ना नानीहरुलाई ब्राह्मणवाद बुझाउनुपर्छ । ब्राह्मणवाद बुझाउन सकेनौं या नैतिक शिक्षा सिकाउन सकेनौं भने जीवन भर पश्चतापको सिकार बन्ने छ।त्यस कारण सबैले ब्राह्मणवाद बुझ्न आवश्यक छ।
याे पनि पढ्नुहाेस् : राजनीतिको नाममा ब्यापार