Thu 2025, May
No Result
View All Result
  • गृह
  • खबर
    • स्थानीय
    • समाचार
    • मुख्य
    • प्रदेश खबर
    • अन्तर्राष्ट्रिय
  • रंग

    ‘राष्ट्रिय बाल चलचित्र महोत्सव’ मा बाल लघु चलचित्र ‘गौँथली’ प्रदर्शन गरिने

    चलचित्र महोत्सव २०८१ : अभिनेता शिव श्रेष्ठसहित दुई दर्जन चलचित्रकर्मी सम्मानित

    र्‍याप गायनमा रुचि भएका युवाका लागि अवसर : ‘झुम्का साइफर’ शो सुरु हुँदै

    Trending Tags

    • भिडियाे
    • नृत्य प्रतियाेगिता
    • सांगीतिक
    • चलचित्र
  • विचार

    ‘नैतिक शिक्षा’ समाज निर्माणको आधार

    मौलिक संस्कृतिको पलायनतामा बजारशास्त्रको भूमिका

    सुनसरीमा पर्यटन विकासको सम्भावना

    Trending Tags

    • फोटो

      झुम्का बजार अनुगमनका केही दृश्यहरू (फाेटाेफिचर)

      रामधुनीमा छठ पर्वको अन्तिम तयारीमा भक्तजन (फोटो स्टाेरी)

      १२ तस्बिरमा हेर्नुहोस् सुन्दर ‘रामधुनी मन्दिर’

      Trending Tags

      • फाेटाे स्टाेरी
    • विविध
      • पत्रपत्रिका
      • पर्यटन

        दक्षिण एसियाकै पहिलो होमस्टे : स्याङ्जाकाे ‘सिरुबारी’

        यात्रा : इटहरी-घलेगाउँ-पोखरा

        विश्व सिमसार दिवस : हसिना सिमसारमा मेला [फोटोफिचर]

        Trending Tags

        • पर्यटन
        • पर्यटनमन्त्री
      • साहित्य

        गजल सङ्ग्रह ‘सराब’माथि विमर्श तथा गजल वाचन

        कविता : मलाई गितार मनपर्छ

        महँगी र मायालु (कविता)

        Trending Tags

        • खबरबिट साहित्य
      • अन्तर्वार्ता
      • भिडियो
      • प्रविधि
      • खेलकुद
      • रोजगार
      • विचित्र संसार
      • पुरानाे
      • निर्वाचन २०७९
    No Result
    View All Result

    यसरी पुरा गर्नुहोस् असल अभिभावकको जिम्मेवारी

    खबरबिट by पुष्पराज भट्टराई, काठमाडौं
    प्रकाशित मिति : २०७७ जेष्ठ २० गते, २०:५० बजे
    511
    SHARES
    ShareTweetSubscribe

    आफ्ना सन्तानसँग अत्यन्त महत्वपूर्ण समय अघिल्लो पटक कहिले बिताउनुभएको थियो ? के तपाईंले आफ्ना छोराछोरीका कुराहरूलाई ध्यान दिएर सुन्ने गर्नुभएको छ ? तपाईंलाई थाहा छ त यतिखेर तपाईंका सन्तानले आफ्नो मनमा कस्ता योजना बनाइरहेका होलान् ? आधिरातमा आँखा मिच्दै काममा निस्किने अभिभावकलाई यस्ता प्रश्न सोध्दा उहाँहरुबाट कस्तो उत्तर पाउन सकिएला ?

    पक्कै पनि अभिभावकको प्रायः उत्तर हुन सक्छ । ‘हाम्रा नानीहरू धेरै समय विद्यालयमा नै बिताउने भएकाले यसको सम्पूर्ण जिम्मेवारी शिक्षकले नै लिनुपर्छ । बेलाबेलामा स्कुल गएर फिस तिरिदिएकै छ । बिहान बेलुका ट्युसन कोचिङ हालिदिएकै छ । हामीलाई कहाँ फुर्सद हुन्छ ? व्यापार भन्यो, खेती भन्यो, भान्साको काम गर्नै पर्यो । आफूले धेरै पढको होइन । यसरी सोचेर बस्न कहाँ पाइन्छ ? सर मिसले हो सोच्ने भनेको त ।’

    अभिभावकका यी उत्तर सुन्दा सामान्य लागे पनि यसभित्र गहिरो अर्थ लुकेको हुन्छ । यसको मतलब कि त अभिभावकले चाहना हुँदाहुदै पनि समय दिन नसकेका हुन् कि त समय दिन नचाहेको हुनुपर्छ ।

    अर्कातिर शिक्षकलाई लाग्दछ । बालबालिका २४ घण्टामा ६ घण्टा मात्र विद्यालयमा रहन्छन् । त्यसैले पढाइबाहेक सबै कुराको जिम्मेवारी अभिभावकले लिनुपर्दछ । प्रायः यसरी अभिभावक र शिक्षकबीच बेलाबेलामा एकआपसमा कटाक्ष चलिरहेको हुन्छ । फेरि वर्तमान् अवस्थामा बालबालिकाका विषयमा एकअर्कालाई दोषारोपण गर्नु नियती नै बनिसकेको छ । यसको निकै नराम्रो प्रभाव कलिला विद्यार्र्थीहरूमाथि पनि प्रत्यक्षअप्रत्यक्ष रूपमा परिरहेको कुरामा ध्यान भने कमै मात्र गएको हुन्छ ।

    शिक्षक र अभिभावक वास्तवमा एउटा साइकलका दुई पाङ्ग्रा समान हुन् । साइकल शिक्षा हो भने चालक विद्यार्थी हुन् । हामी सहजै अनुमान लगाउन सक्छौँ अगाडिको पाङ्ग्राभन्दा पछाडिको पाङ्ग्रा थोरै भए पनि अलि फराकिलो हुने गर्दछ । यथार्थमा अभिभावकको भूमिका पनि शिक्षकको भन्दा तुलानात्मक रूपमा अलि जिम्मेवारपूर्ण तथा प्रभावकारी हुने गर्दछ । वास्तवमा अभिभावक र शिक्षक दुवै पाठशालाका गुरु पनि हुन् ।

    बाबुआमाको समय सन्तानलाई किन आवश्यक हुन्छ ? धेरै समय दिएका बालबालिकाको स्वभाव कस्तो हुन्छ ? र थोरै समय दिएका बालबालिकाको स्वभाव कस्तो हुन्छ ? हामी हाम्रा छोराछोरीहरूलाई कस्तो रूपमा देख्न चाहन्छौं । त्यसको निर्धारण अभिभावकले दिने समय र व्यवहारमा भर पर्ने हुन्छ । यसरी बालबालिकाको सोच र व्यवहार सकारात्मक बनाउन अभिभावकले खेल्ने असल जिम्मेवारीलाई नै अभिभावन भनिन्छ । सामान्यतया अत्यन्त कडा अनुशासनमा राख्ने, ज्यादै पुलपुल्याउने अनि माया र अनुशासन दुवै प्रदान गर्ने आजका अभिभावकको व्यवहारिक उपाय हो ।

    बालबालिकामा अत्यन्त कडा अनुशासनमा राख्ने, ज्यादै पुलपुल्याउने कुराले लामो समयसम्म प्रभाव पर्दैन तर कालान्तरमा यसको परिणाम अत्यन्त निराशाजनक हुने गर्दछ । अर्को कुरा हाम्रा बालबालिकाहरूलाई स्नेह पनि दिऔं र सँगसँगै अनुशासनमा पनि राखौँ भन्ने हो । यसको मतलब अति कडा पनि होइन र अति छाडा पनि होइन भन्ने हुन्छ ।

    आजभोलि कोरोनाको त्रास जताततै छ । यस्तो लाग्छ हाम्रा बालबालिकाहरूको मनोरञ्जनको स्रोत इन्टरनेट मात्रै हो । यसमै बिहानदेखि बेलुकासम्म लगामबिनाको घोडामा झैं सवार गरिरहेका छन् । मानौँ ब्रेकबिनाको गाडीमा यात्रा गरिरहेका छन् ।

    कल्पना गरौँ त, ब्रेकबिनाको गाडीमा सवार गर्नेहरूको यात्रा कति लामो समयसम्म सुरक्षित होला ? त्यसो भए के तपाईँ आफ्ना सन्तानलाई ब्रेक नभएको गाडीमा राख्नुहुन्छ त ? आफैँसँग प्रश्न गरौँ यस्तो विषम परिस्थितिमा असल अभिभावकको जिम्मेवारी कसरी पुरा गर्न सकिन्छ ?

    हाम्रो अनुभवले भन्दछ, घर र परिवार भनेको बच्चाको व्यवहार सिकाउने वा बिगार्ने मुख्य आधारभूत सामाजिक संस्था हो । अहिले नानीबाबु पढ्ने स्कुलका चौरमा हरियो दुबोमात्रै उम्रिएको छ । त्यहाँ न पढाउन मिल्छ न त रमाउन मिल्छ । त्यसैले लकडाउनको विकल्पमा बगैंचा र भान्साकोठा सिक्न र सिकाउनका लागि सबैभन्दा ठुलो लाइब्रेरी हुन सक्छ । जहाँ व्यवहार र संस्कार सिकाउन सकिन्छ ।

    आजभोलि अभिभावकहरू मायाममताको नाममा आफ्ना सन्तानलाई आवश्यकताभन्दा बढी स्वतन्त्रता दिन्छन् । सबै आवश्यकता नै पुरा गरिदिने अभिभावक मानौं एटीएम मेसिन हुन् उनीहरुका । जे भन्यो त्यही जुटाइदिने । जति भन्यो त्यति जुटाइदिएर वर्तमान समय नै अभिभावकले आफ्नो नियन्त्रणमा लिएपछि बच्चालाई व्यबहार कसले सिकाउने ? आत्मनिर्भरको बाटो कसले देखाइदिने ?

    यथार्थमा समयको बहावसँगै जाँदा अहिलेका हाम्रा बालबालिकाहरूको सानो उमेरदेखि खेल्ने खेलौना नै विकृत हुँदै गएको हामी सहजै देख्न पाइरहेका छौँ । आज सम्पत्तिको पछि लागेका अभिभावकहरु मेरो सपना, मेरो संसार, मेरो मुटुको टुक्रा भनिने आफ्ना बच्चाको गतिविधिका बारेमा बेखबर छन् ।

    अभिभावकको समय नपाएपछि साथी, सङ्गत, टिभी, मोबाइल र स्कुले परिवेशका कारण उनीहरू हात हतियारजस्तै स–साना बन्दुक, गुलेली, तथा पब्जीजस्ता आव्रmामक शैलीका खेलौनामा रमाइरहेका हुन्छन् । ती खेलौनाको नकारात्मक प्रभाव बालमस्तिष्कमा कसरी परिरहेको हुन्छ भन्ने ख्याल अभिभावकलाई हुँदैन ।

    केही क्षणको आनन्दका लागि या भनौँ टि.भी.मा देखिएको काल्पनिक घटनालाई व्यवहारमा प्रयोग हेरौँ न भन्ने अपरिपक्क सोचका कारणले हत्या, आतंक र बलत्कारका घटनाहरू समाजमा अत्यन्त सहजतापूर्वक घटित हँुदै गरिरहेका छन् ।

    हल्लाको पछाडि लाग्ने केही सोसल मिडियाले सकारात्मकभन्दा नकारात्मक प्रभाव बालमस्तिष्कमा तुलानात्मक रूपमा ६ गुणाले बढी असर देखाउने गर्दछ । अभिभावक स्वयम् उनीहरूसँग बसेर राम्रा कार्यक्रम देखाउने हो भने उनीहरू रचनात्मक पनि हुन सक्थे होलान् । कमिलालाई आफुभन्दा ३ गुणा ठुलो खानेकुरा ल्याउन कुनै शिव खेडाले मोटिभेसन गरेका थिएनन् । आजको बच्चालाई मोटिभेसन चाहिएको छ ।

    बच्चालाई अभिभावकले काउन्सिल होइन क्लियारिटी गरिदिनुपर्छ के बन्ने र बनाउने त्यसको मोडेल प्रष्ट बनाइदिनुपर्छ । तर यसो गरिरहन हाम्रा अभिभावकलाई फुर्सत नै छैन । परिणमतः बालबालिकाहरुको सोचाइ नकारात्मकतिर गएको पत्तै हुँदैन ।

    सन्तानलाई असल होइन ठूलो र धनी भएको देख्न चाहिरहेका छौँ । नाफाघाटामा छोराछोरीका सर्टिफिकेट हेर्छाैं । यी भविष्यका आशा हुन् । भोलिका निर्विकल्प भरोशा हुन् । तर आफू सामाजिक सञ्जालमा झुण्डिदै बालबालिकालाई किताब थुपारीदिएर पढ् भनी उल्लु बनाइरहेका छौं

    आफ्नै मनले बालबालिकालाई टिभी. हेर्न दिँदा उनीहरू बढी स्वतन्त्र हुने गर्दछन् । अनि उनीहरूलाई जुन कुराले भावानात्मक रूपमा प्रभाव पार्दछ । नजानिदो रूपमा त्यसबाट प्रभावित हुने गर्दछन् । यसलाई संगत भन्ने गरिन्छ । संगत सँगै हिँडे हुने नहिँडे नहुने भन्ने हुँदैन ।
    हरेक अभिभावक आफ्ना सन्तानसँग के चाहन्छन् ? स्पष्ट छ, स्वास्थ्य, खुसी, आनन्द, कर्तव्यको बोध, शैक्षिक र सामाजिक रूपमा प्रतिस्पर्धा गर्न सकोस्, जीवनको उद्देश्यप्रति सजग, परिवार तथा संस्कृतिप्रति आदरभाव, राष्ट्रियता भाव, तथा सबैप्रति स्नेही बनून् भन्ने नै हो ।

    त्यसो हो भने हामीले दिएको समय र संस्कार त्यसका लागि पर्याप्त छ त । सबैले सोच्नुपर्ने कुरा यो हो कि हाम्रा सन्तान हार्नका लागि जन्मेका होइनन् । सन्तानले हारेको सपना संसारमै कुनै अभिभावक देख्न चाहदैनन् । त्यसैले सन्तानका सपना गन्तव्यमा पुर्याउन काँध थापिदिनै पर्छ । लक्ष्यसम्म पुर्याउन आत्मविश्वास भर्नैपर्छ । सन्तानले सधैं विश्वास र आशा चाहेको हुन्छ भन्ने कुरा अभिभावकलाई हेक्का हुनैपर्छ ।

    भौतिक सुखसुविधाका कारण आफ्ना सन्तानहरूसँग मनग्य समय बिताउन नसक्दाका कतिपय अभिभावकहरु आवश्यक भौतिक सुविधा जुटाइदिने र जिम्मेवारीबाट उम्कने गर्छन् । विलासितामा समय बिताउन खोज्दा मानवीयता स्वतः समाप्त भएर जान थाल्दछ । भौतिक सुविधा बढ्न थालेपछि नैतिकता स्वतः घट्दै जाने कुरामा कुनै सन्देह छैन । यस्तो प्रवृत्ति शहरमा ज्यादा देख्न सकिन्छ ।

    हामी सन्तानलाई सन्तानका रुपमा नहेरेर बिज्नेसका रुपमा हेरिरहेका र्छौं । आज सन्तानलाई असल होइन ठूलो र धनी भएको देख्न चाहिरहेका छौँ । नाफाघाटामा छोराछोरीका सर्टिफिकेट हेर्छाैं । यी भविष्यका आशा हुन् । भोलिका निर्विकल्प भरोशा हुन् । तर आफू सामाजिक सञ्जालमा झुण्डिदै बालबालिकालाई किताब थुपारीदिएर पढ् भनी उल्लु बनाइरहेका छौं ।

    कस्तो विडम्बना हाम्रो माया जंकफुडमा साटिएर आएको छ । बच्चाले बाआमासित समय मागेको छ तर, आज बाबुआमासंग ओभर एस्पेक्टेसन छ । एउटा सन्तान छ उसलाई कस्तो शिक्षा दिने ? चना उमार्ने शिक्षा कि चना उमाल्ने शिक्षा दिने । बनाउने त एउटा हो ।

    सन्तानलाई संस्कार होइन सर्टिफिकेटमा होडबाजी गराइरहेका छौं । माछा मार्ने शिक्षा होइन माछा खाने शिक्षा आर्जनमा जोड दिइरहेका छौं । शिक्षाको नाममा मेसिन बनाइरहेका छौँ विचार गरौँ । लाग्छ, हामी उल्टो दिशामा यात्रा गरेर सही स्थानमा पुग्ने हतारमा पो छौँ कि । आज बच्चाका कुरा सुनिएन भने भोलि बच्चाले अभिभावकका कुरा सुन्दैनन् ।

    ADVERTISEMENT

    समयले कोल्टो फेरेको छ । यस्तो समय पनि थियो । अभिभावकको इसारामा सन्तानहरूको योजना बन्थ्यो । अभिभावकको स्वीकृतिविना कुनै काम हुनै सक्दैनथ्यो तर आज अभिभावकको लगाम बालबालिकाको हातमा पुगेको छ । उनीहरूको इसाराविना अभिभावक सोच्नसम्म पनि सक्दैनन् ।

    यो कुरा निश्चित छ । बिरुवाको फल कस्तो छ भन्ने कुराको बिरुवाको बीज कस्तो थियो भन्ने कुरामा आधारित हुन्छ । मनोविज्ञान ‘जस्तो बीज उस्तै फल’ भनेजस्तै आमाको गर्भमा बच्चाको शुरुआत जस्तो हुन्छ । यसैको आधारमा जीवनको मार्ग कोरिएको हुन्छ । आमाको गर्भमा बच्चाको भावी कोरिन्छ । गर्भ जीवनभरिका लागि शक्तिसञ्चय र आधारशिला भएकाले आमाले सन्तानको शुभारम्म कालदेखि नै सजगता अपनाउनु बुद्धिमानी हुन्छ । त्यसैले आमाबुवाहरू बालकका अगाडि सधैँ असल उदाहरण बन्न सक्नुपर्छ ।

    हरेक बालबालिका आफू कस्तो जीवनयापन गर्ने भन्ने कुराको रोलमोडल आफ्ना अभिभावकलाई देख्न चाहन्छ । जसरी एउटा धार भएको चक्कुसित होसियारी अपनाइन्छ, यही नियम हाम्रा सन्तानका लागि लागू हुने गर्दछ ।

    अभिभावक बच्चाको नमुना हुन् । हामी जस्ता छौँ हाम्रो रचना पनि उस्तै हुने भएकाले प्रथमतः हामी उनीहरूका लागि आदर्श बन्न सिक्नुपर्छ । यसका लागि बच्चाहरूको कुरा सधैँ सुन्नुपर्दछ । बच्चाको कुरा सुनिएन भने ऊ आफैं जिउनसक्ने बाटो खोज्छ । त्यसैले बच्चाको अगाडि माया देखाउने गर्नुपर्छ । बच्चाको अगाडि सधैँ एकनास बन्नुपर्छ ।

    सन्तानका साथीहरूलाई सम्मान गर्नु र उनीहरूलाई घरमा आउँदा स्वागत गर्नुपर्छ । अनुशासन र मर्यादालाई आफूले समेत कायम गर्नुपर्छ । सकेसम्म बच्चाहरूसँग समय बिताउने गर्नुपर्छ । यदि बच्चाले राम्रो काम गरेमा उनीहरूलाई त्यतिबेला नै स्यावासी दिने गर्दा हौसला मिल्छ । गाली गर्दा, तिम्रो त्यो खराब बानीलाई गरेको हो, तर तिमीलाई होइन भन्ने पार्नुपर्दछ । बच्चालाई घरमा सुरक्षित महसुस गराउनुपर्दछ । उनीहरूलाई आफूले गरेको मायाको बदलामा पछि गएर पैँचो फेर्नुपर्छ भन्ने भान गराउँनुहँुदैन । माया व्यापार होइन ।

    यहाँ चित्रको होइन चरित्रको पूजा र मूल्य हुने भएकाले आफ्ना सन्तानलाई हामी स्वयम् नै चरित्रवान् भएर देखाउनुपर्छ । बच्चाको शारीरिक विकासका लागि आवश्यक पौष्टिक भोजन, व्यायम तथा विश्रामको उचित व्यवस्था भएको अवस्थामा मात्र शारीरिक विकास सम्भव हुने गर्दछ ।

    भनिन्छ, डेढ वर्षको शिशुले कसलाई विश्वास गर्ने कसलाई नगर्ने थाहा पाइसकेको हुन्छ । ३ वर्षमा त इज्जत गरे नगरेको थाहा पाउँछ । त्यसैले भावनात्मक विकासका लागि म सुरक्षित छु, मेरो रक्षाका लागि मेरा अभिभावक सम्पूर्ण रूपमा समर्पित हुनुहुन्छ भन्ने विश्वास जगाइ दिनुपर्दछ ।
    समयअनुरूप हामी परिवर्तन हुन सकेनौँ भने कसैले हामीलाई पर्खेर बसिरहँदैन । परिवर्तनको शुभारम्भ सकारात्मक विचारबाट मात्र सम्भव हुनेछ किनभने विचार कर्मको बीज हो ।त्यसैले सकारात्मक सोचौँ, मीठो बोलौँ, कम बोलौँ र मधुर बोलौँ । सन्तानलाई आफुले चाहेको बाटोमा हिँड्न दवाब दिने काम बन्द गरौं । यो नै सम्पूर्ण समस्याको निदानको उपाय हुनसक्छ ।

    निष्कर्षमा बालबालिकाका लागि प्रत्येक घर मन्दिर जस्तै बन्नुपर्दछ । प्रत्येक परिवारको सदस्य घुमिरहने मन्दिरका पुजारीजस्तै बन्नुपर्दछ । आमा भनेको उच्चस्तरको मूल पुजारीजस्तै हुनुपर्दछ । घरभित्रको ज्योति भनेको आपसी सम्मान, माया, ममता हो । परिवारमा विश्वास भनेको बत्ती (सलेदो) भयो भने मात्रै खुसी र सुखी परिवार हुनसक्छ ।

    त्यसैले अभिभावकले आ–आफ्नै स्थानमा रहेर आपूmले गर्नुपर्ने जिम्मेवारीलाई इमान्दारितापूर्वक निर्वाह गरौँ । बच्चाको भविष्य निमार्ण गर्न अभिभावक र वच्चाका सपना एउटै हुनुपर्छ । युनिक बन्न अवश्य पनि समय लाग्छ । समय हजुरबा आमाको हातबाट फुत्किएर न्युक्लियर फेमिलीतिर प्रवेश हुदै छ । अब अभिभावकले बच्चालाई समय दिनैपर्छ । साथी बन्नै पर्छ । सन्तान सम्पत्तिले बन्दैनन् । सन्तान सस्ंकारले बन्छन् । आजका सन्तानले बाआमासित समय र संस्कार मागेका छन् ।

    आफ्नो जिम्मेवारीलाई महशुस गरौँ । एकअर्कामा दोषारोपण गर्नु समस्याको मुलतः समाधान होइन । फगत समयको बर्बादी मात्र हो ।

    ADVT
    अगाडिकाे पाेस्ट

    थप २८८ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २०९९ पुग्यो

    अर्काे पाेस्ट

    बराहक्षेत्रमा क्वारेन्टाइनमा रहेका ३० जनाको स्वाब संकलन

    सम्बन्धित Posts

    समाचार

    लागूऔषध ब्राउन सुगरसहित सात पक्राउ

    by पुष्पराज भट्टराई, काठमाडौं
    प्रकाशित मिति : २०८२ बैशाख १७ गते, १२:५१ बजे
    0

    विराटनगर । मोरङ र झापाको...

    समाचार

    जनकपुरमा जानकी जन्मोत्सव सुरु

    by पुष्पराज भट्टराई, काठमाडौं
    प्रकाशित मिति : २०८२ बैशाख १६ गते, ९:१७ बजे
    0

    जनकपुर । जनकपुरस्थित जानकी मन्दिरमा...

    पाल्पामा जीप दुर्घटना, ३ जनाको मृत्यु

    प्रकाशित मिति : २०८२ बैशाख १५ गते, ९:५२ बजे

    शिक्षक र चिकित्सक सडकमा : विद्यार्थी परीक्षा र बिरामी उपचारको प्रतीक्षामा

    प्रकाशित मिति : २०८२ बैशाख १५ गते, ९:४० बजे

    सिद्धार्थ शिक्षा सदनमा ‘श्रष्टासँग बालबालिका’

    प्रकाशित मिति : २०८१ चैत्र २७ गते, २१:१७ बजे

    कन्टेन्ट क्रिएटर्सलाई सशक्त बनाउन इटहरीमा शनिबार ‘क्रिएटर्स मेला’

    प्रकाशित मिति : २०८१ चैत्र २१ गते, २०:३८ बजे
    अरू हेर्नुहाेस्
    Subscribe
    Connect with
    Login
    I allow to create an account
    When you login first time using a Social Login button, we collect your account public profile information shared by Social Login provider, based on your privacy settings. We also get your email address to automatically create an account for you in our website. Once your account is created, you'll be logged-in to this account.
    DisagreeAgree
    Notify of
    Connect with
    I allow to create an account
    When you login first time using a Social Login button, we collect your account public profile information shared by Social Login provider, based on your privacy settings. We also get your email address to automatically create an account for you in our website. Once your account is created, you'll be logged-in to this account.
    DisagreeAgree
    0 प्रतिक्रिया
    पुरानाे
    नयाँ Most Voted
    Inline Feedbacks
    सबै प्रतिक्रिया हेर्नुहाेस्

    नयाँ खबर

    समाचार

    लागूऔषध ब्राउन सुगरसहित सात पक्राउ

    by पुष्पराज भट्टराई, काठमाडौं
    प्रकाशित मिति : २०८२ बैशाख १७ गते, १२:५१ बजे
    0

    सबै पढ्नुहाेस्

    जनकपुरमा जानकी जन्मोत्सव सुरु

    प्रकाशित मिति : २०८२ बैशाख १६ गते, ९:१७ बजे

    पाल्पामा जीप दुर्घटना, ३ जनाको मृत्यु

    प्रकाशित मिति : २०८२ बैशाख १५ गते, ९:५२ बजे

    शिक्षक र चिकित्सक सडकमा : विद्यार्थी परीक्षा र बिरामी उपचारको प्रतीक्षामा

    प्रकाशित मिति : २०८२ बैशाख १५ गते, ९:४० बजे

    सिद्धार्थ शिक्षा सदनमा ‘श्रष्टासँग बालबालिका’

    प्रकाशित मिति : २०८१ चैत्र २७ गते, २१:१७ बजे


    बढी पढिएकाे (३० दिनमा)

    • मेरो गाउँ (कविता)

      0 shares
      Share 0 Tweet 0
    • जनकपुरमा जानकी जन्मोत्सव सुरु

      0 shares
      Share 0 Tweet 0
    • गरिबी : न्यूनीकरणका प्रयास र चुनौती

      0 shares
      Share 0 Tweet 0
    • समाज परिवर्तनमा युवाको भूमिका र दायित्व

      0 shares
      Share 0 Tweet 0
    • शिक्षक र चिकित्सक सडकमा : विद्यार्थी परीक्षा र बिरामी उपचारको प्रतीक्षामा

      0 shares
      Share 0 Tweet 0

    सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


    मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
    शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

     

    हाम्राे टिम

    प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
    डेस्क रिपाेर्टर :
    बजार व्यवस्थापक :
    संवाददाता : नसिम अन्सारी (सुनसरी)
    संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

    No Result
    View All Result

    सम्पर्क

    माेबाइल : ९८०२७८१०८३
    विज्ञापन : ९८०२७८१०८३
    इमेल : khabarbit@gmail.com
    सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

    Design  by :

    • हाम्राे टीम
    • विज्ञापन
    • राशिफल

    © Saledo Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

    No Result
    View All Result
    • गृह
    • खबर
      • स्थानीय
      • समाचार
      • मुख्य
      • प्रदेश खबर
      • अन्तर्राष्ट्रिय
    • रंग
    • विचार
    • फोटो
    • विविध
      • पत्रपत्रिका
      • पर्यटन
      • साहित्य
      • अन्तर्वार्ता
      • भिडियो
      • प्रविधि
      • खेलकुद
      • रोजगार
      • विचित्र संसार
      • पुरानाे
      • निर्वाचन २०७९

    © Saledo Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

    Welcome Back!

    Sign In with Facebook
    OR

    Login to your account below

    Forgotten Password? Sign Up

    Create New Account!

    Sign Up with Facebook
    OR

    Fill the forms bellow to register

    All fields are required. Log In

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In
    error: याे समाचार कपी गर्न बन्देज गरिएकाे छ ।