सुनसरीको बराहक्षेत्र नगरपालिका २ स्थित पटनाली पुल मुनि एक युवक मृत फेला परेका छन् ।
नडाहादेखि करिब ५ किलोमिटर उत्तर र चतरादेखि १ किलोमिटर दक्षिणमा पर्ने पटनाली पुलबाट फाल हानेका एक युवकको शव फेला परेको इलाका प्रहरी कार्यालय महेन्द्रनगर प्रहरी प्रमुख पाण्डप राजवंशीले बताए ।
सोमबार सोही बाटो हुँदै दौडने( मर्निंग वार्क) युवाको समुहले पुलमा को ३६ प ४०२३ नम्बरको स्कुटरदेखिपछि पुलमुनी हेर्दा शव देखेका थिए ।
उनीहरुले खबर गरेपछि प्रहरी सशस्त्र बलका जनप्रतिनिधि घटनास्थल पुगेका थिए । इलाका प्रहरी प्रमुख राजवंसीका अनुसा खोजी गर्ने क्रममा केहि पनि भेटिएको छैन ।
मंगोलियन वर्णको देखिने करिब ३५ वर्षका उक्त युवकको शरीरमा भने कुनैपनि चोटपटक नलागेको राजवंशीले बताए ।
घटनाको विषयमा थप अनुसन्धान भइरहेको र शव पोस्टमार्टमका लागि धरानस्थित बिपि कोइराला विज्ञान प्रतिष्ठान पठाइएको छ ।