Sun 2025, May
No Result
View All Result
  • गृह
  • खबर
    • स्थानीय
    • समाचार
    • मुख्य
    • प्रदेश खबर
    • अन्तर्राष्ट्रिय
  • रंग

    ‘राष्ट्रिय बाल चलचित्र महोत्सव’ मा बाल लघु चलचित्र ‘गौँथली’ प्रदर्शन गरिने

    चलचित्र महोत्सव २०८१ : अभिनेता शिव श्रेष्ठसहित दुई दर्जन चलचित्रकर्मी सम्मानित

    र्‍याप गायनमा रुचि भएका युवाका लागि अवसर : ‘झुम्का साइफर’ शो सुरु हुँदै

    Trending Tags

    • भिडियाे
    • नृत्य प्रतियाेगिता
    • सांगीतिक
    • चलचित्र
  • विचार

    ‘नैतिक शिक्षा’ समाज निर्माणको आधार

    मौलिक संस्कृतिको पलायनतामा बजारशास्त्रको भूमिका

    सुनसरीमा पर्यटन विकासको सम्भावना

    Trending Tags

    • फोटो

      झुम्का बजार अनुगमनका केही दृश्यहरू (फाेटाेफिचर)

      रामधुनीमा छठ पर्वको अन्तिम तयारीमा भक्तजन (फोटो स्टाेरी)

      १२ तस्बिरमा हेर्नुहोस् सुन्दर ‘रामधुनी मन्दिर’

      Trending Tags

      • फाेटाे स्टाेरी
    • विविध
      • पत्रपत्रिका
      • पर्यटन

        दक्षिण एसियाकै पहिलो होमस्टे : स्याङ्जाकाे ‘सिरुबारी’

        यात्रा : इटहरी-घलेगाउँ-पोखरा

        विश्व सिमसार दिवस : हसिना सिमसारमा मेला [फोटोफिचर]

        Trending Tags

        • पर्यटन
        • पर्यटनमन्त्री
      • साहित्य

        गजल सङ्ग्रह ‘सराब’माथि विमर्श तथा गजल वाचन

        कविता : मलाई गितार मनपर्छ

        महँगी र मायालु (कविता)

        Trending Tags

        • खबरबिट साहित्य
      • अन्तर्वार्ता
      • भिडियो
      • प्रविधि
      • खेलकुद
      • रोजगार
      • विचित्र संसार
      • पुरानाे
      • निर्वाचन २०७९
    No Result
    View All Result

    देशकै आत्मनिर्भर भनिएको पोल्ट्री व्यवसाय चरम संकटमा

    आशिष काफ्ले by आशिष काफ्ले
    प्रकाशित मिति : २०७९ पुस १९ गते, १७:२० बजे
    328
    SHARES
    ShareTweetSubscribe

    सुनसरी । नेपाल राष्ट्रको एकमात्र आत्मनिर्भर व्यवसाय भनिएको पाेल्ट्री व्यवसाय कच्चा पदार्थमा भएको मूल्यबृद्धि, बैकले बृद्धि गरेको उच्च ब्याजदर, लागत अनुसारको उचित बजार मूल्य नपाउँदा त्यस्तै देश बाहिर उत्पादन भइ नेपाली बजारमा आउने कच्चा पदार्थ निर्वाध रुपमा प्रवेश लगायतका समस्याका कारण पाेल्ट्री व्यवसाय चरम संकटकाे अवस्थामा पुगेकाे व्यवसायीहरुकाे भनाइ छ ।

    नेपालमा पोल्ट्री व्यवसायमा एक खर्ब ५० अर्बभन्दा बढी लगानी भईसकेको छ । जसमध्ये आधाभन्दा बढी बैंकको ऋण छ । लागत मूल्यमा उत्पादित वस्तु बिक्री गर्न नसकेपछि झण्डै दुई वर्ष यता व्यवसायीले एकोहोरो नोक्सान व्यहोर्दै आएको र अबका केही महिना बजारमा भएका कच्चा पदार्थको मुल्य बृद्धि अहिलेकै अनुपातमा रहिरहेमा सबै उद्योग तथा नेपाली पोल्ट्री व्यवसायीहरु पूर्णरुपमा बन्द हुने चेतावनी व्यवसायीहरुले दिदै आएका छन् । तर यसको हालसम्म सुनुवाई हुन सकेको छैन् ।

    नेपाली बजारमा देखापरेको कच्चा पदार्थको मुल्य बृद्धि साथै भारतमा उत्पादित बस्तुको निर्वाध बजारीकरणले देशकै एकमात्र आत्मनिर्भर भनिएको व्यवसाय बन्दको स्थितिमा पुग्न सक्ने व्यवसायीहरुको आकलन छ । नेपाल पोल्ट्री व्यवसायी महासंघका अध्यक्ष गुणचन्द्र बिष्टका अनुसार, कुखुराजन्य बस्तु उत्पादनमा व्यवसायीहरु नोक्सानमा रहेको साथै बैंकले थप लगानी नगरेको, जग्गा बिक्री नभएको भन्दै खोरमा राखिएका कुखुरा बचाउन समेत मुस्किल परेको बताउछन् ।

    खबरबिटसंग कुराकानीका क्रममा हाल नेपालमा ३८४ वटा ह्याचरी उद्योगकाे संख्यामा ५० प्रतिशत भन्दा कम ह्याचरी उद्योगहरू मात्रै सञ्चालनमा रहेको र ती पनि पूर्ण सञ्चालन हुन नसकेको कोशी फिड्स उद्योग रामधुनीका सञ्चालक भरत कार्कीले बताए । “हालकाे समयमा लेयर्स फार्म तथा ह्याचरी उद्योगले उत्पादित सामाग्रीहरुको उचित मुल्याङ्कन नभएकाे त्यसका साथै उपभाेक्ताहरूले महगाे मुल्यमा उपभाेग गर्नुका साथै बैंक व्याजदरमा देखिएकाे असामहिक बृद्धीका कारण यस किसिमका समस्या भोग्नु परेको ” उनको भनाई छ ।

    महासंघका उपाध्यक्ष एवं ह्याचरी उद्योग संघका पूर्व केन्द्रीय अध्यक्ष टीकाराम पोखरेलका अनुसार ब्रोईलर र लेयर्सको चल्ला उत्पादन गर्ने माउ (प्यारेन्ट) अधिकांश विदेशबाट आउने गर्दछ । कोभिड पूर्व मासिक एक लाख ५० हजार हाराहारी प्यारेन्ट नेपाल आउने गरेकोमा गएको वैशाख यताको सरदर मासिक ६० हजार मात्रै आउने गरेको उहाँले जानकारी दिए । ब्रोईलर (मासु खाने कुखुरा)को देशभरमा २५ हजार फार्म रहेकोमा आधाभन्दा बढी बन्दको अवस्थामा रहेको बताए ।

    कुखुरा पाल्नका लागि आर्थिक अभावमा कृषकले कुखुरा पाल्न सक्ने अवस्था नभएको र नेपालमा दुई हजार पाँच सय लेयर्स (अण्डा उत्पादन गर्ने) फार्म रहेकोमा ७० प्रतिशत हाराहारी बन्द भईसकेका उपाध्यक्ष पोखरेलले जानकारी दिए । उनले भने, “ ३० हजारभन्दा बढी लेयर्स कुखुरा पाल्ने फार्मको संख्या ५० हाराहारी छ । जसले ७५ प्रतिशत अण्डा उत्पादन गर्दछ । पोल्ट्री व्यवसाय चरम संकटमा पुगेपछि केही महिना अघि ठूला लेयर्स फार्मका सञ्चालकहरु संगठित भएर नेपाल लेयर्स कुखुरा पालक संघ गठन गरेका छन् ।”

    त्यस्तै संघका अध्यक्ष बिनोद पोखरेलले अवस्था सुधार नभएमा आगामी वर्षसम्म पुग्न पनि नसकिने बताएका छन् । यसैविच बागमती प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. शरणकुमार पाण्डेले प्रदेश सरकारले पोल्ट्री बोर्ड नै गठन गरेर सम्बोधन गर्ने तयारी गरेको जिकिर गरे । बोर्ड गठनका लागि अध्यादेश ल्याएर प्रदेश प्रमुखसम्म पुगेको तर प्रमाणिकरण नभएको संघका सचिव डा. पाण्डेले जानकारी दिए । मानव स्वास्थ्यका लागि प्रभावकारी मानिएको अण्डा र मासु महत्वपूर्ण रहेको पोषणबिदहरुले बताउछन् ।

    सहज पँहुच र सस्तो भएको कारण पनि कुखुराजन्य बस्तुको उपभोग राम्रै थियो । तर नेपाली नेपाली उत्पादन बन्द हुदै गर्दा आयत हुने कुखुराजन्य बस्तु स्वस्थकर नहुनुका साथै अर्वाै रकम समेत बाहिरिने हुदा नेपालको एकमात्र आत्मनिर्भर व्यवसाय जोगाउन सरकारको गम्भीर ध्यान पुग्न जरुरी देखिन्छ ।

    Tags: Bannerकुखुरा पालननेपाल ह्याचरी उद्योग संघबन्द स्थितिमा
    ADVT
    अगाडिकाे पाेस्ट

    बराहक्षेत्रमा सवारी दुर्घटना हुँदा १ काे मृत्यु

    अर्काे पाेस्ट

    निर्वाचन आयोगको निर्णयविरुद्ध महानगरप्रमुख शाहद्वारा सर्वोच्चमा रिट दायर

    सम्बन्धित Posts

    समाचार

    लागूऔषध ब्राउन सुगरसहित सात पक्राउ

    by खबरबिट
    प्रकाशित मिति : २०८२ बैशाख १७ गते, १२:५१ बजे
    0

    विराटनगर । मोरङ र झापाको...

    समाचार

    जनकपुरमा जानकी जन्मोत्सव सुरु

    by खबरबिट
    प्रकाशित मिति : २०८२ बैशाख १६ गते, ९:१७ बजे
    0

    जनकपुर । जनकपुरस्थित जानकी मन्दिरमा...

    शिक्षक र चिकित्सक सडकमा : विद्यार्थी परीक्षा र बिरामी उपचारको प्रतीक्षामा

    प्रकाशित मिति : २०८२ बैशाख १५ गते, ९:४० बजे

    कन्टेन्ट क्रिएटर्सलाई सशक्त बनाउन इटहरीमा शनिबार ‘क्रिएटर्स मेला’

    प्रकाशित मिति : २०८१ चैत्र २१ गते, २०:३८ बजे

    सप्ताहव्यापी विवाहपञ्चमी महामहोत्सव सुरु

    प्रकाशित मिति : २०८१ मंसिर १६ गते, २०:४५ बजे

    झापा र उदयपुरबाट लागूऔषधसहित तीन पक्राउ

    प्रकाशित मिति : २०८१ अशोज ९ गते, १२:१६ बजे
    अरू हेर्नुहाेस्
    Subscribe
    Connect with
    Login
    I allow to create an account
    When you login first time using a Social Login button, we collect your account public profile information shared by Social Login provider, based on your privacy settings. We also get your email address to automatically create an account for you in our website. Once your account is created, you'll be logged-in to this account.
    DisagreeAgree
    Notify of
    Connect with
    I allow to create an account
    When you login first time using a Social Login button, we collect your account public profile information shared by Social Login provider, based on your privacy settings. We also get your email address to automatically create an account for you in our website. Once your account is created, you'll be logged-in to this account.
    DisagreeAgree
    0 प्रतिक्रिया
    पुरानाे
    नयाँ Most Voted
    Inline Feedbacks
    सबै प्रतिक्रिया हेर्नुहाेस्

    नयाँ खबर

    समाचार

    लागूऔषध ब्राउन सुगरसहित सात पक्राउ

    by खबरबिट
    प्रकाशित मिति : २०८२ बैशाख १७ गते, १२:५१ बजे
    0

    सबै पढ्नुहाेस्

    जनकपुरमा जानकी जन्मोत्सव सुरु

    प्रकाशित मिति : २०८२ बैशाख १६ गते, ९:१७ बजे

    पाल्पामा जीप दुर्घटना, ३ जनाको मृत्यु

    प्रकाशित मिति : २०८२ बैशाख १५ गते, ९:५२ बजे

    शिक्षक र चिकित्सक सडकमा : विद्यार्थी परीक्षा र बिरामी उपचारको प्रतीक्षामा

    प्रकाशित मिति : २०८२ बैशाख १५ गते, ९:४० बजे

    सिद्धार्थ शिक्षा सदनमा ‘श्रष्टासँग बालबालिका’

    प्रकाशित मिति : २०८१ चैत्र २७ गते, २१:१७ बजे


    बढी पढिएकाे (३० दिनमा)

    • मेरो गाउँ (कविता)

      0 shares
      Share 0 Tweet 0
    • जनकपुरमा जानकी जन्मोत्सव सुरु

      0 shares
      Share 0 Tweet 0
    • गरिबी : न्यूनीकरणका प्रयास र चुनौती

      0 shares
      Share 0 Tweet 0
    • शिक्षक र चिकित्सक सडकमा : विद्यार्थी परीक्षा र बिरामी उपचारको प्रतीक्षामा

      0 shares
      Share 0 Tweet 0
    • समाज परिवर्तनमा युवाको भूमिका र दायित्व

      0 shares
      Share 0 Tweet 0

    सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


    मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
    शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

     

    हाम्राे टिम

    प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
    डेस्क रिपाेर्टर :
    बजार व्यवस्थापक :
    संवाददाता : नसिम अन्सारी (सुनसरी)
    संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

    No Result
    View All Result

    सम्पर्क

    माेबाइल : ९८०२७८१०८३
    विज्ञापन : ९८०२७८१०८३
    इमेल : khabarbit@gmail.com
    सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

    Design  by :

    • हाम्राे टीम
    • विज्ञापन
    • राशिफल

    © Saledo Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

    No Result
    View All Result
    • गृह
    • खबर
      • स्थानीय
      • समाचार
      • मुख्य
      • प्रदेश खबर
      • अन्तर्राष्ट्रिय
    • रंग
    • विचार
    • फोटो
    • विविध
      • पत्रपत्रिका
      • पर्यटन
      • साहित्य
      • अन्तर्वार्ता
      • भिडियो
      • प्रविधि
      • खेलकुद
      • रोजगार
      • विचित्र संसार
      • पुरानाे
      • निर्वाचन २०७९

    © Saledo Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

    Welcome Back!

    Sign In with Facebook
    OR

    Login to your account below

    Forgotten Password? Sign Up

    Create New Account!

    Sign Up with Facebook
    OR

    Fill the forms bellow to register

    All fields are required. Log In

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In
    error: याे समाचार कपी गर्न बन्देज गरिएकाे छ ।