Wednesday, December 17, 2025
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home समाचार

देशकै आत्मनिर्भर भनिएको पोल्ट्री व्यवसाय चरम संकटमा

आशिष काफ्ले by आशिष काफ्ले
03/01/2023
in समाचार
0
देशकै आत्मनिर्भर भनिएको पोल्ट्री व्यवसाय चरम संकटमा
20
SHARES
489
VIEWS
Share on FacebookShare on Twitter

सुनसरी । नेपाल राष्ट्रको एकमात्र आत्मनिर्भर व्यवसाय भनिएको पाेल्ट्री व्यवसाय कच्चा पदार्थमा भएको मूल्यबृद्धि, बैकले बृद्धि गरेको उच्च ब्याजदर, लागत अनुसारको उचित बजार मूल्य नपाउँदा त्यस्तै देश बाहिर उत्पादन भइ नेपाली बजारमा आउने कच्चा पदार्थ निर्वाध रुपमा प्रवेश लगायतका समस्याका कारण पाेल्ट्री व्यवसाय चरम संकटकाे अवस्थामा पुगेकाे व्यवसायीहरुकाे भनाइ छ ।

नेपालमा पोल्ट्री व्यवसायमा एक खर्ब ५० अर्बभन्दा बढी लगानी भईसकेको छ । जसमध्ये आधाभन्दा बढी बैंकको ऋण छ । लागत मूल्यमा उत्पादित वस्तु बिक्री गर्न नसकेपछि झण्डै दुई वर्ष यता व्यवसायीले एकोहोरो नोक्सान व्यहोर्दै आएको र अबका केही महिना बजारमा भएका कच्चा पदार्थको मुल्य बृद्धि अहिलेकै अनुपातमा रहिरहेमा सबै उद्योग तथा नेपाली पोल्ट्री व्यवसायीहरु पूर्णरुपमा बन्द हुने चेतावनी व्यवसायीहरुले दिदै आएका छन् । तर यसको हालसम्म सुनुवाई हुन सकेको छैन् ।

READ ALSO

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

नेपाली बजारमा देखापरेको कच्चा पदार्थको मुल्य बृद्धि साथै भारतमा उत्पादित बस्तुको निर्वाध बजारीकरणले देशकै एकमात्र आत्मनिर्भर भनिएको व्यवसाय बन्दको स्थितिमा पुग्न सक्ने व्यवसायीहरुको आकलन छ । नेपाल पोल्ट्री व्यवसायी महासंघका अध्यक्ष गुणचन्द्र बिष्टका अनुसार, कुखुराजन्य बस्तु उत्पादनमा व्यवसायीहरु नोक्सानमा रहेको साथै बैंकले थप लगानी नगरेको, जग्गा बिक्री नभएको भन्दै खोरमा राखिएका कुखुरा बचाउन समेत मुस्किल परेको बताउछन् ।

खबरबिटसंग कुराकानीका क्रममा हाल नेपालमा ३८४ वटा ह्याचरी उद्योगकाे संख्यामा ५० प्रतिशत भन्दा कम ह्याचरी उद्योगहरू मात्रै सञ्चालनमा रहेको र ती पनि पूर्ण सञ्चालन हुन नसकेको कोशी फिड्स उद्योग रामधुनीका सञ्चालक भरत कार्कीले बताए । “हालकाे समयमा लेयर्स फार्म तथा ह्याचरी उद्योगले उत्पादित सामाग्रीहरुको उचित मुल्याङ्कन नभएकाे त्यसका साथै उपभाेक्ताहरूले महगाे मुल्यमा उपभाेग गर्नुका साथै बैंक व्याजदरमा देखिएकाे असामहिक बृद्धीका कारण यस किसिमका समस्या भोग्नु परेको ” उनको भनाई छ ।

महासंघका उपाध्यक्ष एवं ह्याचरी उद्योग संघका पूर्व केन्द्रीय अध्यक्ष टीकाराम पोखरेलका अनुसार ब्रोईलर र लेयर्सको चल्ला उत्पादन गर्ने माउ (प्यारेन्ट) अधिकांश विदेशबाट आउने गर्दछ । कोभिड पूर्व मासिक एक लाख ५० हजार हाराहारी प्यारेन्ट नेपाल आउने गरेकोमा गएको वैशाख यताको सरदर मासिक ६० हजार मात्रै आउने गरेको उहाँले जानकारी दिए । ब्रोईलर (मासु खाने कुखुरा)को देशभरमा २५ हजार फार्म रहेकोमा आधाभन्दा बढी बन्दको अवस्थामा रहेको बताए ।

कुखुरा पाल्नका लागि आर्थिक अभावमा कृषकले कुखुरा पाल्न सक्ने अवस्था नभएको र नेपालमा दुई हजार पाँच सय लेयर्स (अण्डा उत्पादन गर्ने) फार्म रहेकोमा ७० प्रतिशत हाराहारी बन्द भईसकेका उपाध्यक्ष पोखरेलले जानकारी दिए । उनले भने, “ ३० हजारभन्दा बढी लेयर्स कुखुरा पाल्ने फार्मको संख्या ५० हाराहारी छ । जसले ७५ प्रतिशत अण्डा उत्पादन गर्दछ । पोल्ट्री व्यवसाय चरम संकटमा पुगेपछि केही महिना अघि ठूला लेयर्स फार्मका सञ्चालकहरु संगठित भएर नेपाल लेयर्स कुखुरा पालक संघ गठन गरेका छन् ।”

त्यस्तै संघका अध्यक्ष बिनोद पोखरेलले अवस्था सुधार नभएमा आगामी वर्षसम्म पुग्न पनि नसकिने बताएका छन् । यसैविच बागमती प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. शरणकुमार पाण्डेले प्रदेश सरकारले पोल्ट्री बोर्ड नै गठन गरेर सम्बोधन गर्ने तयारी गरेको जिकिर गरे । बोर्ड गठनका लागि अध्यादेश ल्याएर प्रदेश प्रमुखसम्म पुगेको तर प्रमाणिकरण नभएको संघका सचिव डा. पाण्डेले जानकारी दिए । मानव स्वास्थ्यका लागि प्रभावकारी मानिएको अण्डा र मासु महत्वपूर्ण रहेको पोषणबिदहरुले बताउछन् ।

सहज पँहुच र सस्तो भएको कारण पनि कुखुराजन्य बस्तुको उपभोग राम्रै थियो । तर नेपाली नेपाली उत्पादन बन्द हुदै गर्दा आयत हुने कुखुराजन्य बस्तु स्वस्थकर नहुनुका साथै अर्वाै रकम समेत बाहिरिने हुदा नेपालको एकमात्र आत्मनिर्भर व्यवसाय जोगाउन सरकारको गम्भीर ध्यान पुग्न जरुरी देखिन्छ ।

Tags: Bannerकुखुरा पालननेपाल ह्याचरी उद्योग संघबन्द स्थितिमा

Related Posts

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र
समाचार

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र

15/08/2025
झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी
समाचार

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

14/08/2025
माछा मार्ने क्रममा करेन्ट लागेर एकको मृत्यु
समाचार

सुनसरीको हरिनगरमा गोली प्रहार गरी सालीको हत्या

14/07/2025
पाकिस्तान छाडेको दुई महिनामै पत्रकार शरिफकाे हत्या
FEATURE

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

06/07/2025
चालू आर्थिक वर्षमा पेट्रोलियम पदार्थको खपतमा कमी
FEATURE

बढ्यो पेट्रोल र डिजेलको मूल्य

15/06/2025
इजरायल र इरानमा रहेका सबै नेपाली सुरक्षितः परराष्ट्र मन्त्रालय
FEATURE

इजरायल र इरानमा रहेका सबै नेपाली सुरक्षितः परराष्ट्र मन्त्रालय

15/06/2025
Next Post
मेयर बालेनसंग आयोगले माग्यो स्पष्टीकरण

निर्वाचन आयोगको निर्णयविरुद्ध महानगरप्रमुख शाहद्वारा सर्वोच्चमा रिट दायर

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

  • हाम्राे टीम
  • विज्ञापन
  • राशिफल
  • Checkout
  • My account
  • Login/Register
  • Checkout – urban_observer
  • My Account – urban_observer
  • Login/Register – urban_observer
  • Switching plans wizard
  • Modal Mobile Menu
  • Modal Newsletter
  • Modal Desktop
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.