Wednesday, December 17, 2025
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home समाचार

शिक्षकहरुका लागि प्रविधि सिकाउँदै प्रविधिमैत्री शिक्षक समाज मोरङ

खबरबिट by खबरबिट
18/08/2021
in समाचार
0
शिक्षकहरुका लागि प्रविधि सिकाउँदै प्रविधिमैत्री शिक्षक समाज मोरङ

सांकेतिक तस्बिर

10
SHARES
256
VIEWS
Share on FacebookShare on Twitter

मोरङ । कोरोना कहरको बीच यतिबेला विद्यालयहरु बन्द भएका छन् । तर, विद्यालय बन्द भएपनी सिक्ने र सिकाउने कार्य भने रोकिएको छैन । विद्यालयहरुले वैकल्पिक कक्षाको विकल्प अपनाइ अहिलेको विषम परिस्थितिमा पनि शिक्षण कार्यलाई निरन्तरता दिइरहेका छन् । यसका लागि अनलाइन कक्षा अति उपयुक्त भएको छ ।

तर, अहिले अनलाइन कक्षा सञ्चालन गर्न केही बाहेक अधिकांश शिक्षकहरुलाई निकै हम्मेहम्मे परेको छ । नविनतम प्रविधिमा खासै ज्यादा ज्ञान नहुँदा शिक्षकहरुलाई अनलाइन कक्षामा आवश्यक सामाग्री निर्माण र सम्प्रेषणमा समस्या देखिएको हो । यसका कारण अझै पनि कतिपय ठाउँमा अनलाइन कक्षा हुनुपर्ने जति प्रभावकारी देखिएको छैन ।

READ ALSO

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

यसै समस्यालाई मध्यनजर गर्दै प्रविधिमैत्री शिक्षक समाज, नेपाल जिल्ला समन्वय समिती, मोरङले मिटिङ्ग एप जुमबाट ूबालबालिका उत्सुक छन्न्, हामी तयार छौं, प्रविधिमैत्री कक्षाकोठा आजको आवश्यकता ू भन्ने मुल नाराका साथ टिचर ट्रेनिङ अन मोबाइल पेडागोजी कार्यक्रम सञ्चालन गरेको छ । गत साउन २५ देखि ३१ गतेसम्म सञ्चालित उक्त कार्यक्रममा सञ्चालन गरिएको थियो ।

मोबाइलबाट नै कसरी शैक्षिक सामाग्रीहरु निर्माण र प्रयोग गर्न सकिन्छ भन्ने विषयको प्राविधिक सीप शिक्षकहरुलाई सिकाइएको समितिका सचिव खगेन्द्र बस्नेतले खबरबिटलाई जानकारी दिए । बस्नेतका अनुसार कार्यक्रममा नविनतम एप्सको चिनारी र प्रयोग साथै कसरी कम्प्युटरको सट्टामा मोबाइल नै प्रयोग गरेर शिक्षण कार्यलाई अझ प्रभावकारी बनाउन सकिन्छ भन्ने बारे पनि सिकाइएको हो ।

सात दिनासम्म चलेको उक्त कार्यक्रममा हरेक दिन विज्ञहरुलाई आमन्त्रित गरेर शिक्षकहरुलाई सहजीकरण गरिएको समितिको अध्यक्ष चेतनाथ निरौलाले जानकारी दिए । उनका अनुसार डाक्टर दोभान राई, टकप्रसाद गौतम, प्राध्यापक डाक्टर शुवर्ण शाक्य, सुर्यराज घिमिरे, कृष्ण प्रसाद पोख्रेल, भुपेन्द्र कोइराला र राजेन्द्र बुढाथोकी लगायतका बिज्ञहरुलाई बोलाएर तालिम दिइएको हो ।

समितिका अनुसार करिब एक हजार जना शिक्षकहरुले कार्यक्रममा जुम मार्फत प्रत्यक्ष सहभागिता जनाई तालिम दिएका छन् । यस्तै तालिमका कारण शिक्षकहरुमा नयाँ उर्जा आएको र शिक्षकहरुले अबका दिनमा अनलाइन कक्षा सञ्चालन गर्नलाई पनि समस्या नहुने प्रतिक्रिया दिएको जानकारी दिए ।

उक्त कार्यक्रममा समितिको उपाध्यक्ष धर्म कुमारी कालाखेतीले सहजीकरणमा उठेका प्रश्नहरुको सम्बोधन गर्दै कार्यक्रमलाई व्यवस्थापन गरेर होस्टको भूमिका निर्वाह गरेकी थिइन् । त्यस्तै, संयोजक अनिल कार्कीले नेतृत्वमा रहेको तीर्थ काफ्ले र राजिव सापकोटा सहितको तीन सदस्यीय प्राविधिक टोलीले आवश्यक सम्पुर्ण प्राविधिक पक्षलाई व्यस्थापन गर्दै कार्यक्रमलाई सफल बनाएका थिए ।

Tags: अनलाइन कक्षाप्रविधिप्रविधिमैत्री शिक्षक समाजशिक्षा

Related Posts

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र
समाचार

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र

15/08/2025
झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी
समाचार

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

14/08/2025
माछा मार्ने क्रममा करेन्ट लागेर एकको मृत्यु
समाचार

सुनसरीको हरिनगरमा गोली प्रहार गरी सालीको हत्या

14/07/2025
पाकिस्तान छाडेको दुई महिनामै पत्रकार शरिफकाे हत्या
FEATURE

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

06/07/2025
चालू आर्थिक वर्षमा पेट्रोलियम पदार्थको खपतमा कमी
FEATURE

बढ्यो पेट्रोल र डिजेलको मूल्य

15/06/2025
इजरायल र इरानमा रहेका सबै नेपाली सुरक्षितः परराष्ट्र मन्त्रालय
FEATURE

इजरायल र इरानमा रहेका सबै नेपाली सुरक्षितः परराष्ट्र मन्त्रालय

15/06/2025
Next Post
भदौ ४ गतेदेखि धरानमा कडा लकडाउन हुने, पसल तथा यातायात पूर्णरुपमा बन्द

धरानमा भदौ ४ गतेदेखि हुने भनिएको लकडाउन फिर्ता

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

  • हाम्राे टीम
  • विज्ञापन
  • राशिफल
  • Checkout
  • My account
  • Login/Register
  • Checkout – urban_observer
  • My Account – urban_observer
  • Login/Register – urban_observer
  • Switching plans wizard
  • Modal Mobile Menu
  • Modal Newsletter
  • Modal Desktop
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.