Sat 2025, May
No Result
View All Result
  • गृह
  • खबर
    • स्थानीय
    • समाचार
    • मुख्य
    • प्रदेश खबर
    • अन्तर्राष्ट्रिय
  • रंग

    ‘राष्ट्रिय बाल चलचित्र महोत्सव’ मा बाल लघु चलचित्र ‘गौँथली’ प्रदर्शन गरिने

    चलचित्र महोत्सव २०८१ : अभिनेता शिव श्रेष्ठसहित दुई दर्जन चलचित्रकर्मी सम्मानित

    र्‍याप गायनमा रुचि भएका युवाका लागि अवसर : ‘झुम्का साइफर’ शो सुरु हुँदै

    Trending Tags

    • भिडियाे
    • नृत्य प्रतियाेगिता
    • सांगीतिक
    • चलचित्र
  • विचार

    ‘नैतिक शिक्षा’ समाज निर्माणको आधार

    मौलिक संस्कृतिको पलायनतामा बजारशास्त्रको भूमिका

    सुनसरीमा पर्यटन विकासको सम्भावना

    Trending Tags

    • फोटो

      झुम्का बजार अनुगमनका केही दृश्यहरू (फाेटाेफिचर)

      रामधुनीमा छठ पर्वको अन्तिम तयारीमा भक्तजन (फोटो स्टाेरी)

      १२ तस्बिरमा हेर्नुहोस् सुन्दर ‘रामधुनी मन्दिर’

      Trending Tags

      • फाेटाे स्टाेरी
    • विविध
      • पत्रपत्रिका
      • पर्यटन

        दक्षिण एसियाकै पहिलो होमस्टे : स्याङ्जाकाे ‘सिरुबारी’

        यात्रा : इटहरी-घलेगाउँ-पोखरा

        विश्व सिमसार दिवस : हसिना सिमसारमा मेला [फोटोफिचर]

        Trending Tags

        • पर्यटन
        • पर्यटनमन्त्री
      • साहित्य

        गजल सङ्ग्रह ‘सराब’माथि विमर्श तथा गजल वाचन

        कविता : मलाई गितार मनपर्छ

        महँगी र मायालु (कविता)

        Trending Tags

        • खबरबिट साहित्य
      • अन्तर्वार्ता
      • भिडियो
      • प्रविधि
      • खेलकुद
      • रोजगार
      • विचित्र संसार
      • पुरानाे
      • निर्वाचन २०७९
    No Result
    View All Result

    अलोकतान्त्रिक प्रजातन्त्र, लोकतन्त्र र धर्म

    खबरबिट by खबरबिट
    प्रकाशित मिति : २०७६ भदौ ७ गते, ८:३७ बजे
    39
    SHARES
    ShareTweetSubscribe

    प्रचलनमा रहेको परिभाषा अनुसार प्रजातन्त्र र लोकतन्त्र भनेको आफ्ना लागि आफैले शासन गर्ने व्यवस्था हो । प्रजातन्त्र र लोकतन्त्रमा राज्यभन्दा जनता बलिया हुन्छन् । यस ब्यवस्थामा ब्यतिगत स्वतन्त्रता, पूर्ण सुशासन, मानवअधिकार, शक्ति पृथकीकरण जस्ता पक्ष सुनिश्चित हुन्छन् ।

    लोकतन्त्रमा परिणाम आउनु मात्र मुख्य होइन परिणाम कसरी आयो भन्ने पनि उत्तिकै महत्वपूर्ण हुन्छ । लोकतन्त्रलाई राजनीतिक दल र राज्यका अंगको कार्य सम्पादन गर्ने यन्त्र पनि भन्न सकिन्छ । लोकतान्त्रिक ब्यवस्थामा नागरिकले अधिकार खोज्दै लडिरहन पर्दैन । अधिकारले नागरिकलाई खोज्छ सहि अर्थमा लोकतन्त्रमा कानुन उल्लंघन, सामाजिक विभेद र अन्याय जस्ता पक्ष कल्पनाबाहिरका विषय हुन् । लोकतन्त्रमा नागरिक र राज्यको सम्बन्ध नङ र मासुको जस्तो हुनु पर्ने हो तर नेपाल मा त्यो भएन । राजालाई जनताले सडकबाट फालेर ल्याएको लोकतन्त्रले जनतालाई झनै दुःख दियो । जनता के चाहेका छन्, त्यो दलहरुले बुझेनन् ।

    अहिले देशमा नेकपाको सरकार छ । सरकार अहिले ‘सुखी नेपाली, सम्बृद्ध नेपाल’ भन्छ जो नारामा मात्र राम्रो सुनिन्छ । सम्बृद्धि कसरी आउँछ ? जबकी देश का युवा दैनिक २२०० का दरले विदेश बेचिँदै छन् । देशमा रोजगार सिर्जना गर्नतर्फ सरकार किन सोच्दैन ? बन्द उद्योग फेरि संचालन हुन नसक्ने हो ? अब नेपालमा के सँधै युवा बेचेर देश बन्छ ? निरन्तरताको क्रमभंगका लागि युवा तयार नहुँदा मुलुक स्वार्थको दलदलमा फसिँसक्यो । युवा निरन्तरताकै निरन्तरताको पक्षमा उभिँदा मुलुकमा सास्कृतिक परिवर्तन असम्भव जस्तै भयो । आमुल परिवर्तन विकास र संबृद्धिका लागि युवाको सोच सोचमा महाप्रलय आउन अनिबार्य हुन्छ । तर युवा समेत गलत राजनीतिक संस्कारबाटै दिक्षित हुँदा हिजो मात्र होइन आज पनि देशले मुहार फेर्न सकेको छैन । अझ यसरि भनौं नेपाल मात्र त्यस्तो देश हो जहाँ जुनसुकै बाद र आस्थाका युवा किन नहुन् सबैले आफूलाई परिवर्तनकारी दाबी गर्छन् । तर उनीहरु पुरानो छोडेर नयाँसंँग जोडिन चाहँदैनन् युवाको कर्म सही नहुँदा असम्भव हुनुपर्ने सम्भव र सम्भब नभई नहुनेचाँही असम्भव भयो । युवा चलायमान नहुँदा मुलुकमा पुरानै भाकाले निरन्तरता पाइरहेको छ ।
    नेपालमा लोकतन्त्र ब्यक्तिगत र दलीय स्वार्थ पुरा गर्ने माध्यम, संघसस्ंथाका लागि परियोजना चलाउने विषय, बौद्धिक वर्ग भनिएकाका लागि स्रोतव्यक्ति बन्ने अवसर, अपराधिका लागि मानवअधिकारको आड लिने काइदा, कर्नाचारीका लागि अधिकारको नाममा राजनीति गर्ने मौका, ब्यवसायीलाई कालोबजारी गर्ने र सिण्डिकेट लगाउन,े अस्त्र सत्ता पक्षका लागि सरकार टिकाउने र विपक्षका लागि सरकार गिराउने खेलशिवाय अरु केहि भएन । नेपालमा लोकतन्त्र सबैको अभिस्ट पुरा गर्ने साधन मात्र बन्यो विकास र सम्बृद्धि को साध्य बन्न सकेन ।
    तत्कालिन मालेका महासचिव मदन भण्डारीले एउटा सार्वजानिक कार्यक्रममा भनेका थिए, ‘साम्राज्यवाद र एकाधिकार पुँजिबादलाई समाप्त पार्नु पयार्, यस्तो भयो भने मात्र यो मुलुकमा आमुल परिवर्तन हुन्सक्छ ।’ मुलकुरा साम्राज्यवादका अबशेषलाई उच्छेद गर्नु हो । त्यो उच्छेदका निम्ति नेपाली जनता लामो समय देखि वर्ग संघर्षमा होमिएका छन् । राजनीतिक आन्दोलनको अभियानमा लागि रहेका छन् । रास्ट्रिय स्वतन्त्रता प्राप्तिको अभियानमा लागि रहेका छन् ।

    बिगत जस्तो भए पनि अब दलहरुले भौतिक विकासको बाधक भ्रष्टाचारलाई किटान गर्न विलम्ब गर्नुहुँदैन । एकले अर्कालाई दोष थोपारेर आफु चोखो हुन खोज्ने इतिहासको पुनाराबृती भयो भने त्यो देशका लागि थप दुर्भाग पूर्ण हुनेछ ।

    यस्तो भयो भने मात्रै यो मुलुकको प्रगति र सम्बृद्धिको ग्यारेन्टी हुन सक्छ । एकजना राजा रहने कुराले त्यत्रो ठूलो आपत्ति हुँदैन तर सामन्तबाद दलाल, नोकरशाही पूंजीवाद र साम्राज्यवाद शोषण रह्यो भने राजा नरहे पनि हाम्रो स्थितिमा कुनै पनि परिवर्तन आउँदैन । प्रमुख शत्रु हटे पनि आधारभूत कुरा परिवर्तित भएन भने जनता र राष्ट्रको जीवनमा खुसियाली आउन सक्दैन । नेपालको मुख्य विडम्बना भनेकै शासकले शासनसत्ताको निरन्तरताको लागि देशको विकास गरिरहनु पर्ने बाध्यता नहुनु हो । इतिहासका शासकहरुले देशको विकास गरेर जनताको विश्वास जित्न खोजेनन्, बरु मठ मन्दिरमा पुजाआरधाना गरि शक्ति आर्जन गर्न खोजे, आजका शासक पनि धर्म संकृतिभन्दा माथि उठ्न सकेका छैनन् ।

    पुजा–आरधाना कमै गरे पनि बैज्ञानिक गतिको छेउटुप्पो नै भेट्न सकेनन् । तुलानात्मक रुपमा हेर्दा देश नबन्नुमा हिजोका शासकको खासै दोष देखिदैन । उनीहरुले गर्न सकेनन् भनेर नै जनताले नयाँ ब्यबस्थाका लागि बलिदानी गरेका हुन् । तर बलिदानी पश्चात् प्राप्त लोकातान्त्रिक व्यवस्थामा पनि बादशाहको नयाँ लुगा भन्दा फरक छैन । शासक गतिशिल नहुँदा अन्यायको जगमा विकास भएको पुरानै सामाजिक संरचनामा कुनै बदलाव आएन । जरैदेखि परिवर्तनगर्नुपर्ने धार्मिक सास्कृतिक संरचना जस्ताको त्यसतै रह्यो । अमेरिका र रुसजस्तो देशको त कुरै नगरौ, नेपालको दक्षिण छिमेकी भारतले नै बिश्वलाई चकित पार्दै प्रबिधिको विकास गर्दैछ । बि.स. ०७३ मा एकै पटक एक सय चार वटा भूउपग्रह एकै साथ अन्तरिक्षमा पठायो भारतले । चिन सन् ००३ मा आफैले बनाएको रकेट अन्तरिक्षमा पठाएर विश्वको तेस्रो देश बन्न सफल भयो । तर नेपालमा भने आज पनि नयाँ हवाइजहा ल्याउँदा पुजापाठ गरिन्छ, बोको बलि दिइन्छ । धार्मिक जडता कुन हदसम्म भने जे देख्यो त्यसैलाई भगवान ठानेर पुजा गरिन्छ । रुख, खोला, नदि, पाहाड गाइ, गोरु, कुकुर, सर्प, गाडी मोटरसाइकल सबै भगवान । भ्रमपूर्ण लोक विश्वास छ । सवारीसाधनको पुजा गर्दा दुर्घटना हुँदैन, उसो भए वार्षिक रुपमा जति सवारीसाधन दुर्घटना हुन्छन दुर्घटनापरेका जति सबै सवारीसाधन पुजा नगरिएको हो ?

    तरु बहुदलीय व्यवस्थापछी सुरु भएको जनयुद्धलाई विकास हुन नसक्नुको कारणको रुपमा दोष थोपारियो । राजा ज्ञानेन्द्र शासनले आफ्नो हातमा लिएपछि गणतन्त्र नआउँदासम्म राजाको कदमलाई विकासको बाधकको रुपमा आरोप लागएर आफु फेरि पानि माथिको ओभानो देखिने कामभयो । बिगत जस्तो भए पनि अब दलहरुले भौतिक विकासको बाधक भ्रष्टाचारलाई किटान गर्न विलम्ब गर्नुहुँदैन । एकले अर्कालाई दोष थोपारेर आफु चोखो हुन खोज्ने इतिहासको पुनाराबृती भयो भने त्यो देशका लागि थप दुर्भाग पूर्ण हुनेछ । किनकी युद्ध चलिरेको बेला होस् वा राजाले शासन हातमा लिएको समय, राज्यका संयन्त्रहरु बिगठन भएको थिएनन् । न त जनताले कर नतिरी राज्यलाई असहयोग नै गरेका थिए । बिगतको कमजोरी भनेको साहायकलाई मुख्य कारणको रुपमा प्रस्तुत गर्नु हो ।

    देशमा सुस्ता कालापानी, सुनसरीको भान्टाबारीलगायत धेरै ठाउँमा सीमा मिचिएको छ । चरम बैदेशिक हस्तक्षेपले मुलुक निरिह हँुदै गइरकेको छ । देशको राष्ट्रिय स्वाधीनतामा बिदेशीले धावा बोल्दा अधिकांश दलले आफुलाई शसक्त रुपमा उभ्याउन हिम्मत गर्दैनन् । यसलाई स्वाभाविक मान्न सकिँदैन । देशमा प्रजातन्त्र लोकतन्त्र र गणतन्त्र ल्याएको इतिहासको ब्याजबाट मात्र राजनीतिक गुजारा चलाउने मानसिकताबाट अब दलहरु मुक्त हुनैपर्छ ।

    खराब राजनीतिको सुद्धीकरण नहुँदा दयनीय आवस्थाको निरन्तरता भयो । राष्ट्रिय गीतमा त नेपाल निकै सुन्दर छ तर भोगाईको नेपाल कस्टपूर्ण छ । देश बनाउने जिम्मा लिएकाहरुले सम्बृदीको भाषण गरे, कर्मचारीतन्त्रले देशको सेवा गरेको भन्यो, आमजनताले सम्बृदीको चाहाना राखे तर बोल्ने गर्ने र चाहानेका कर्म बिपरित हुँदा देश चल्यो मात्र बन्न सकेन । यसले सिमित व्यक्तिको मात्र कायापलट गर्यो । राष्ट्रिय लक्ष्यबाट विमुख हुँदा देश फगत चौतारा जस्तो भयो, जहाँ खेल्नेले खेल्छ ,हावा खानेले हावा खान्छ, सुत्ने सुत्छ । यस्तै थियो हिजोको नेपाल, यहि हो आजको नेपाल तर फरक हुनुपर्छ भोलिको नेपाल ।

    • काजि कार्की हिमाल
    ADVT
    अगाडिकाे पाेस्ट

    बलात्कृत नारीकाे त्याे सुसाइट नाेट

    अर्काे पाेस्ट

    कोसी बाढीपीडितका समस्या समाधानमा स्थानीय सरकार चुप लागेर बस्दैन

    सम्बन्धित Posts

    समाचार

    लागूऔषध ब्राउन सुगरसहित सात पक्राउ

    by खबरबिट
    प्रकाशित मिति : २०८२ बैशाख १७ गते, १२:५१ बजे
    0

    विराटनगर । मोरङ र झापाको...

    समाचार

    जनकपुरमा जानकी जन्मोत्सव सुरु

    by खबरबिट
    प्रकाशित मिति : २०८२ बैशाख १६ गते, ९:१७ बजे
    0

    जनकपुर । जनकपुरस्थित जानकी मन्दिरमा...

    पाल्पामा जीप दुर्घटना, ३ जनाको मृत्यु

    प्रकाशित मिति : २०८२ बैशाख १५ गते, ९:५२ बजे

    शिक्षक र चिकित्सक सडकमा : विद्यार्थी परीक्षा र बिरामी उपचारको प्रतीक्षामा

    प्रकाशित मिति : २०८२ बैशाख १५ गते, ९:४० बजे

    सिद्धार्थ शिक्षा सदनमा ‘श्रष्टासँग बालबालिका’

    प्रकाशित मिति : २०८१ चैत्र २७ गते, २१:१७ बजे

    कन्टेन्ट क्रिएटर्सलाई सशक्त बनाउन इटहरीमा शनिबार ‘क्रिएटर्स मेला’

    प्रकाशित मिति : २०८१ चैत्र २१ गते, २०:३८ बजे
    अरू हेर्नुहाेस्
    Subscribe
    Connect with
    Login
    I allow to create an account
    When you login first time using a Social Login button, we collect your account public profile information shared by Social Login provider, based on your privacy settings. We also get your email address to automatically create an account for you in our website. Once your account is created, you'll be logged-in to this account.
    DisagreeAgree
    Notify of
    Connect with
    I allow to create an account
    When you login first time using a Social Login button, we collect your account public profile information shared by Social Login provider, based on your privacy settings. We also get your email address to automatically create an account for you in our website. Once your account is created, you'll be logged-in to this account.
    DisagreeAgree
    0 प्रतिक्रिया
    पुरानाे
    नयाँ Most Voted
    Inline Feedbacks
    सबै प्रतिक्रिया हेर्नुहाेस्

    नयाँ खबर

    समाचार

    लागूऔषध ब्राउन सुगरसहित सात पक्राउ

    by खबरबिट
    प्रकाशित मिति : २०८२ बैशाख १७ गते, १२:५१ बजे
    0

    सबै पढ्नुहाेस्

    जनकपुरमा जानकी जन्मोत्सव सुरु

    प्रकाशित मिति : २०८२ बैशाख १६ गते, ९:१७ बजे

    पाल्पामा जीप दुर्घटना, ३ जनाको मृत्यु

    प्रकाशित मिति : २०८२ बैशाख १५ गते, ९:५२ बजे

    शिक्षक र चिकित्सक सडकमा : विद्यार्थी परीक्षा र बिरामी उपचारको प्रतीक्षामा

    प्रकाशित मिति : २०८२ बैशाख १५ गते, ९:४० बजे

    सिद्धार्थ शिक्षा सदनमा ‘श्रष्टासँग बालबालिका’

    प्रकाशित मिति : २०८१ चैत्र २७ गते, २१:१७ बजे


    बढी पढिएकाे (३० दिनमा)

    • मेरो गाउँ (कविता)

      0 shares
      Share 0 Tweet 0
    • जनकपुरमा जानकी जन्मोत्सव सुरु

      0 shares
      Share 0 Tweet 0
    • गरिबी : न्यूनीकरणका प्रयास र चुनौती

      0 shares
      Share 0 Tweet 0
    • शिक्षक र चिकित्सक सडकमा : विद्यार्थी परीक्षा र बिरामी उपचारको प्रतीक्षामा

      0 shares
      Share 0 Tweet 0
    • म र मृत्यु (कविता)

      0 shares
      Share 0 Tweet 0

    सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


    मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
    शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

     

    हाम्राे टिम

    प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
    डेस्क रिपाेर्टर :
    बजार व्यवस्थापक :
    संवाददाता : नसिम अन्सारी (सुनसरी)
    संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

    No Result
    View All Result

    सम्पर्क

    माेबाइल : ९८०२७८१०८३
    विज्ञापन : ९८०२७८१०८३
    इमेल : khabarbit@gmail.com
    सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

    Design  by :

    • हाम्राे टीम
    • विज्ञापन
    • राशिफल

    © Saledo Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

    No Result
    View All Result
    • गृह
    • खबर
      • स्थानीय
      • समाचार
      • मुख्य
      • प्रदेश खबर
      • अन्तर्राष्ट्रिय
    • रंग
    • विचार
    • फोटो
    • विविध
      • पत्रपत्रिका
      • पर्यटन
      • साहित्य
      • अन्तर्वार्ता
      • भिडियो
      • प्रविधि
      • खेलकुद
      • रोजगार
      • विचित्र संसार
      • पुरानाे
      • निर्वाचन २०७९

    © Saledo Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

    Welcome Back!

    Sign In with Facebook
    OR

    Login to your account below

    Forgotten Password? Sign Up

    Create New Account!

    Sign Up with Facebook
    OR

    Fill the forms bellow to register

    All fields are required. Log In

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In
    error: याे समाचार कपी गर्न बन्देज गरिएकाे छ ।