Wednesday, January 14, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home विचार

अलोकतान्त्रिक प्रजातन्त्र, लोकतन्त्र र धर्म

खबरबिट by खबरबिट
24/08/2019
in विचार
0
अलोकतान्त्रिक प्रजातन्त्र, लोकतन्त्र र धर्म
15
SHARES
350
VIEWS
Share on FacebookShare on Twitter

प्रचलनमा रहेको परिभाषा अनुसार प्रजातन्त्र र लोकतन्त्र भनेको आफ्ना लागि आफैले शासन गर्ने व्यवस्था हो । प्रजातन्त्र र लोकतन्त्रमा राज्यभन्दा जनता बलिया हुन्छन् । यस ब्यवस्थामा ब्यतिगत स्वतन्त्रता, पूर्ण सुशासन, मानवअधिकार, शक्ति पृथकीकरण जस्ता पक्ष सुनिश्चित हुन्छन् ।

लोकतन्त्रमा परिणाम आउनु मात्र मुख्य होइन परिणाम कसरी आयो भन्ने पनि उत्तिकै महत्वपूर्ण हुन्छ । लोकतन्त्रलाई राजनीतिक दल र राज्यका अंगको कार्य सम्पादन गर्ने यन्त्र पनि भन्न सकिन्छ । लोकतान्त्रिक ब्यवस्थामा नागरिकले अधिकार खोज्दै लडिरहन पर्दैन । अधिकारले नागरिकलाई खोज्छ सहि अर्थमा लोकतन्त्रमा कानुन उल्लंघन, सामाजिक विभेद र अन्याय जस्ता पक्ष कल्पनाबाहिरका विषय हुन् । लोकतन्त्रमा नागरिक र राज्यको सम्बन्ध नङ र मासुको जस्तो हुनु पर्ने हो तर नेपाल मा त्यो भएन । राजालाई जनताले सडकबाट फालेर ल्याएको लोकतन्त्रले जनतालाई झनै दुःख दियो । जनता के चाहेका छन्, त्यो दलहरुले बुझेनन् ।

READ ALSO

‘नैतिक शिक्षा’ समाज निर्माणको आधार

मौलिक संस्कृतिको पलायनतामा बजारशास्त्रको भूमिका

अहिले देशमा नेकपाको सरकार छ । सरकार अहिले ‘सुखी नेपाली, सम्बृद्ध नेपाल’ भन्छ जो नारामा मात्र राम्रो सुनिन्छ । सम्बृद्धि कसरी आउँछ ? जबकी देश का युवा दैनिक २२०० का दरले विदेश बेचिँदै छन् । देशमा रोजगार सिर्जना गर्नतर्फ सरकार किन सोच्दैन ? बन्द उद्योग फेरि संचालन हुन नसक्ने हो ? अब नेपालमा के सँधै युवा बेचेर देश बन्छ ? निरन्तरताको क्रमभंगका लागि युवा तयार नहुँदा मुलुक स्वार्थको दलदलमा फसिँसक्यो । युवा निरन्तरताकै निरन्तरताको पक्षमा उभिँदा मुलुकमा सास्कृतिक परिवर्तन असम्भव जस्तै भयो । आमुल परिवर्तन विकास र संबृद्धिका लागि युवाको सोच सोचमा महाप्रलय आउन अनिबार्य हुन्छ । तर युवा समेत गलत राजनीतिक संस्कारबाटै दिक्षित हुँदा हिजो मात्र होइन आज पनि देशले मुहार फेर्न सकेको छैन । अझ यसरि भनौं नेपाल मात्र त्यस्तो देश हो जहाँ जुनसुकै बाद र आस्थाका युवा किन नहुन् सबैले आफूलाई परिवर्तनकारी दाबी गर्छन् । तर उनीहरु पुरानो छोडेर नयाँसंँग जोडिन चाहँदैनन् युवाको कर्म सही नहुँदा असम्भव हुनुपर्ने सम्भव र सम्भब नभई नहुनेचाँही असम्भव भयो । युवा चलायमान नहुँदा मुलुकमा पुरानै भाकाले निरन्तरता पाइरहेको छ ।
नेपालमा लोकतन्त्र ब्यक्तिगत र दलीय स्वार्थ पुरा गर्ने माध्यम, संघसस्ंथाका लागि परियोजना चलाउने विषय, बौद्धिक वर्ग भनिएकाका लागि स्रोतव्यक्ति बन्ने अवसर, अपराधिका लागि मानवअधिकारको आड लिने काइदा, कर्नाचारीका लागि अधिकारको नाममा राजनीति गर्ने मौका, ब्यवसायीलाई कालोबजारी गर्ने र सिण्डिकेट लगाउन,े अस्त्र सत्ता पक्षका लागि सरकार टिकाउने र विपक्षका लागि सरकार गिराउने खेलशिवाय अरु केहि भएन । नेपालमा लोकतन्त्र सबैको अभिस्ट पुरा गर्ने साधन मात्र बन्यो विकास र सम्बृद्धि को साध्य बन्न सकेन ।
तत्कालिन मालेका महासचिव मदन भण्डारीले एउटा सार्वजानिक कार्यक्रममा भनेका थिए, ‘साम्राज्यवाद र एकाधिकार पुँजिबादलाई समाप्त पार्नु पयार्, यस्तो भयो भने मात्र यो मुलुकमा आमुल परिवर्तन हुन्सक्छ ।’ मुलकुरा साम्राज्यवादका अबशेषलाई उच्छेद गर्नु हो । त्यो उच्छेदका निम्ति नेपाली जनता लामो समय देखि वर्ग संघर्षमा होमिएका छन् । राजनीतिक आन्दोलनको अभियानमा लागि रहेका छन् । रास्ट्रिय स्वतन्त्रता प्राप्तिको अभियानमा लागि रहेका छन् ।

बिगत जस्तो भए पनि अब दलहरुले भौतिक विकासको बाधक भ्रष्टाचारलाई किटान गर्न विलम्ब गर्नुहुँदैन । एकले अर्कालाई दोष थोपारेर आफु चोखो हुन खोज्ने इतिहासको पुनाराबृती भयो भने त्यो देशका लागि थप दुर्भाग पूर्ण हुनेछ ।

यस्तो भयो भने मात्रै यो मुलुकको प्रगति र सम्बृद्धिको ग्यारेन्टी हुन सक्छ । एकजना राजा रहने कुराले त्यत्रो ठूलो आपत्ति हुँदैन तर सामन्तबाद दलाल, नोकरशाही पूंजीवाद र साम्राज्यवाद शोषण रह्यो भने राजा नरहे पनि हाम्रो स्थितिमा कुनै पनि परिवर्तन आउँदैन । प्रमुख शत्रु हटे पनि आधारभूत कुरा परिवर्तित भएन भने जनता र राष्ट्रको जीवनमा खुसियाली आउन सक्दैन । नेपालको मुख्य विडम्बना भनेकै शासकले शासनसत्ताको निरन्तरताको लागि देशको विकास गरिरहनु पर्ने बाध्यता नहुनु हो । इतिहासका शासकहरुले देशको विकास गरेर जनताको विश्वास जित्न खोजेनन्, बरु मठ मन्दिरमा पुजाआरधाना गरि शक्ति आर्जन गर्न खोजे, आजका शासक पनि धर्म संकृतिभन्दा माथि उठ्न सकेका छैनन् ।

पुजा–आरधाना कमै गरे पनि बैज्ञानिक गतिको छेउटुप्पो नै भेट्न सकेनन् । तुलानात्मक रुपमा हेर्दा देश नबन्नुमा हिजोका शासकको खासै दोष देखिदैन । उनीहरुले गर्न सकेनन् भनेर नै जनताले नयाँ ब्यबस्थाका लागि बलिदानी गरेका हुन् । तर बलिदानी पश्चात् प्राप्त लोकातान्त्रिक व्यवस्थामा पनि बादशाहको नयाँ लुगा भन्दा फरक छैन । शासक गतिशिल नहुँदा अन्यायको जगमा विकास भएको पुरानै सामाजिक संरचनामा कुनै बदलाव आएन । जरैदेखि परिवर्तनगर्नुपर्ने धार्मिक सास्कृतिक संरचना जस्ताको त्यसतै रह्यो । अमेरिका र रुसजस्तो देशको त कुरै नगरौ, नेपालको दक्षिण छिमेकी भारतले नै बिश्वलाई चकित पार्दै प्रबिधिको विकास गर्दैछ । बि.स. ०७३ मा एकै पटक एक सय चार वटा भूउपग्रह एकै साथ अन्तरिक्षमा पठायो भारतले । चिन सन् ००३ मा आफैले बनाएको रकेट अन्तरिक्षमा पठाएर विश्वको तेस्रो देश बन्न सफल भयो । तर नेपालमा भने आज पनि नयाँ हवाइजहा ल्याउँदा पुजापाठ गरिन्छ, बोको बलि दिइन्छ । धार्मिक जडता कुन हदसम्म भने जे देख्यो त्यसैलाई भगवान ठानेर पुजा गरिन्छ । रुख, खोला, नदि, पाहाड गाइ, गोरु, कुकुर, सर्प, गाडी मोटरसाइकल सबै भगवान । भ्रमपूर्ण लोक विश्वास छ । सवारीसाधनको पुजा गर्दा दुर्घटना हुँदैन, उसो भए वार्षिक रुपमा जति सवारीसाधन दुर्घटना हुन्छन दुर्घटनापरेका जति सबै सवारीसाधन पुजा नगरिएको हो ?

तरु बहुदलीय व्यवस्थापछी सुरु भएको जनयुद्धलाई विकास हुन नसक्नुको कारणको रुपमा दोष थोपारियो । राजा ज्ञानेन्द्र शासनले आफ्नो हातमा लिएपछि गणतन्त्र नआउँदासम्म राजाको कदमलाई विकासको बाधकको रुपमा आरोप लागएर आफु फेरि पानि माथिको ओभानो देखिने कामभयो । बिगत जस्तो भए पनि अब दलहरुले भौतिक विकासको बाधक भ्रष्टाचारलाई किटान गर्न विलम्ब गर्नुहुँदैन । एकले अर्कालाई दोष थोपारेर आफु चोखो हुन खोज्ने इतिहासको पुनाराबृती भयो भने त्यो देशका लागि थप दुर्भाग पूर्ण हुनेछ । किनकी युद्ध चलिरेको बेला होस् वा राजाले शासन हातमा लिएको समय, राज्यका संयन्त्रहरु बिगठन भएको थिएनन् । न त जनताले कर नतिरी राज्यलाई असहयोग नै गरेका थिए । बिगतको कमजोरी भनेको साहायकलाई मुख्य कारणको रुपमा प्रस्तुत गर्नु हो ।

देशमा सुस्ता कालापानी, सुनसरीको भान्टाबारीलगायत धेरै ठाउँमा सीमा मिचिएको छ । चरम बैदेशिक हस्तक्षेपले मुलुक निरिह हँुदै गइरकेको छ । देशको राष्ट्रिय स्वाधीनतामा बिदेशीले धावा बोल्दा अधिकांश दलले आफुलाई शसक्त रुपमा उभ्याउन हिम्मत गर्दैनन् । यसलाई स्वाभाविक मान्न सकिँदैन । देशमा प्रजातन्त्र लोकतन्त्र र गणतन्त्र ल्याएको इतिहासको ब्याजबाट मात्र राजनीतिक गुजारा चलाउने मानसिकताबाट अब दलहरु मुक्त हुनैपर्छ ।

खराब राजनीतिको सुद्धीकरण नहुँदा दयनीय आवस्थाको निरन्तरता भयो । राष्ट्रिय गीतमा त नेपाल निकै सुन्दर छ तर भोगाईको नेपाल कस्टपूर्ण छ । देश बनाउने जिम्मा लिएकाहरुले सम्बृदीको भाषण गरे, कर्मचारीतन्त्रले देशको सेवा गरेको भन्यो, आमजनताले सम्बृदीको चाहाना राखे तर बोल्ने गर्ने र चाहानेका कर्म बिपरित हुँदा देश चल्यो मात्र बन्न सकेन । यसले सिमित व्यक्तिको मात्र कायापलट गर्यो । राष्ट्रिय लक्ष्यबाट विमुख हुँदा देश फगत चौतारा जस्तो भयो, जहाँ खेल्नेले खेल्छ ,हावा खानेले हावा खान्छ, सुत्ने सुत्छ । यस्तै थियो हिजोको नेपाल, यहि हो आजको नेपाल तर फरक हुनुपर्छ भोलिको नेपाल ।

  • काजि कार्की हिमाल

Related Posts

‘नैतिक शिक्षा’ समाज निर्माणको आधार
FEATURE

‘नैतिक शिक्षा’ समाज निर्माणको आधार

21/08/2024
मौलिक संस्कृतिको पलायनतामा बजारशास्त्रको भूमिका
FEATURE

मौलिक संस्कृतिको पलायनतामा बजारशास्त्रको भूमिका

27/08/2023
सुनसरीमा पर्यटन विकासको सम्भावना
FEATURE

सुनसरीमा पर्यटन विकासको सम्भावना

22/08/2023
दक्षिण एसियाकै पहिलो होमस्टे : स्याङ्जाकाे ‘सिरुबारी’
पर्यटन

दक्षिण एसियाकै पहिलो होमस्टे : स्याङ्जाकाे ‘सिरुबारी’

17/01/2023
मानव सभ्यतामा राजनीति र चुनाव
FEATURE

मानव सभ्यतामा राजनीति र चुनाव

10/05/2022
यात्रा : इटहरी-घलेगाउँ-पोखरा
FEATURE

यात्रा : इटहरी-घलेगाउँ-पोखरा

09/02/2022
Next Post
कोसी बाढीपीडितका समस्या समाधानमा स्थानीय सरकार चुप लागेर बस्दैन

कोसी बाढीपीडितका समस्या समाधानमा स्थानीय सरकार चुप लागेर बस्दैन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

  • हाम्राे टीम
  • विज्ञापन
  • राशिफल
  • Checkout
  • My account
  • Login/Register
  • Checkout – urban_observer
  • My Account – urban_observer
  • Login/Register – urban_observer
  • Switching plans wizard
  • Modal Mobile Menu
  • Modal Newsletter
  • Modal Desktop
  • Home

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.