Friday, November 14, 2025
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home FEATURE

डिजिटलमय बैंकिङ्ग क्षेत्र

खबरबिट by खबरबिट
02/05/2021
in FEATURE, विचार
0
डिजिटलमय बैंकिङ्ग क्षेत्र
18
SHARES
446
VIEWS
Share on FacebookShare on Twitter

डिजिटल भन्ने शब्द डिजिटबाट प्रतिउत्पादन भएको हो जसको अर्थ अंक हो यानिकी पहिला इनपुट प्रदान गर्नुपर्छ त्यसपछि त्यो इनपुट प्रोसेस हुन्छ र अन्त्यमा फाइनल आउटपुट प्रदान गर्छ । इनपुट प्रयोगकर्ताले हाल्नुपर्छ, इनपुट भइसके पश्चात प्रोसेसिङ इनपुट बमोजिम अटो हुन्छ । जुन पहिलेनै तयार पार्नेले त्यसमा कोडिङ गरेर मिलाइसकेको हुन्छ र सोही बमोजिम प्रयोगकर्ताले आफ्नो आउटपुट प्राप्त गर्छ, जसलाई एउटा डिजिटल चक्र भनिन्छ । यो एउटा प्रविधि जडित प्रणली हो, जसले पुरातन प्रविधिलाई वा पुरातन तवरबाट हँुदै आएको कार्यलाई अपडेटेड बनाउदै लैजान सहज बनाउँछ ।

डिजिटलाइजेशन एउटा यस्तो निरन्तर भइरहने कार्य हो । जुन तेतीवेला मात्र रोकिन्छ, जब मानिसले सोच्न छाड्दछ । हिजोको आविष्कार आज अधुरो वा अपुरो लाग्छ, त्यस्तै आजका आविष्कार पक्कै भोलि अधुरो लाग्छन् त्यसकारण यो अनगोईङ प्रसोस हो । जसको पूर्णविराम मानिसले सोच्न छाडेपछि मात्र हुन्छ । अहिले यो यस्तो मेनस्ट्रिमको विषय बनेको छ जुन बिना कुनै पनि क्षेत्रको विकास एवंम् विस्तार हुन नसक्ने अवस्थामा छ । उत्पादन, वितरण, उपभोग तीनै चरणमा यसले आफ्नो कब्जा जमाइसकेको देखिन्छ ।

READ ALSO

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

रामधुनीमा मोटरसाइकल दुर्घटना हुँदा तीनको मृत्यु, २ घाइते

बैंकिङ्ग क्षेत्रमा यसको भूमिका
बैंकिङ्ग क्षेत्र एउटा नितान्त व्यवसायिक सेवा प्रदायक क्षेत्र भएकोले यसमा डिजिटलाइजेशनले ठूलो हिस्सा ओगटेको छ । बैंकहरुले आफ्नो ग्राहकहरुलाई गुणस्तरीय सेवा दिनु पहिलो प्राथमिकता भएकोले नेपालका सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरु डिजिटलमय भइसकेका छन् । नयाँ–नयाँ प्रविधिलाई आत्मसाथ गर्दै अघि बढिरहेको अवस्थामा नेपाल राष्ट्र बैंक तथा बैंक तथा वित्तीय संस्थाहरुका नियामक निकायहरु पनि यो विषयमा अपडेटेड हुँदै गइरहेको महशुस गर्न सकिन्छ । डिजिटलाइजेशनको माध्यमबाट आफ्नो ग्राहकहरुलाई छिटो, छरितो, सहज, गुणस्तर सेवा दिन सकिन्छ भन्ने थाहा भएपछि हाल सबै बैंक तथा वित्तीय संस्थाहरुले यो माध्यमलाई सहस्त्र स्वीकारेका छन् । ग्राहकहरुले पनि यस्तो सेवाहरु रुचाएको पाइन्छ । बैंकले प्रदान गर्ने डिजिटल सेवा विशेषत दुई प्रकारका हुन्छन् :

पहिलो अनलाइन सेवा : यो सेवा अन्तर्गत प्रयोगकर्ता वा ग्राहकहरु इन्टरनेटको पहुँचमा रहनुपर्दछ । हाल नेपालमा कुल जनसंख्याको लगभग ४६ प्रतिशत मानिसले इन्टरनेट प्रयोग गर्दछन । यसले के देखाउँछ भने यो सेवालाई अझ विस्तार गरी बजार लिन सकिन्छ । यो सेवा प्राप्त गर्न ग्राहकलाई चाहिने आवश्यक वस्तु भनेको मोवाइल वा ल्यापटप र इन्टरनेट, यति भएपछि ग्राहकहरु सहझै आफु रहेकै स्थानमा यो सेवा प्रयोग गर्न सकिन्छ । अनलाइन सेवावाट ग्राहकहरुले खाता खोल्न, मोवाइल बैंकिङ्गका सम्पूर्ण सेवा, इन्टरनेट बैंकिङ्ग, मोवाइल वालेट, सेयर कारोवार जस्ता थुप्रै सेवाहरु प्राप्त गर्न सक्छन् ।

अहिलेको यो डिजिटल युगमा जो यसको रफ्तारमा वा जसले डिजिटलको स्पिड क्याच गर्न सक्दैन त्यसलाई असहज हुनु स्वभाविक हुनेछ । हाल नेपालमा बैंकिङ क्षेत्रले जस्तो डिजिटल सेवा दिन सक्ने निकाय कमै भएता पनि विस्तारै सबै कार्यालय यहि ट्रयाकमा आउने बाहेकको विकल्प छैन

दोस्रो अफलाइन सेवा : यो सेवा उपभोग गर्न ग्राहकहरुसँग सिम कार्डसहितको मोवाइल भए पुग्छ । यो सेवा प्राप्त गर्न इन्टरनेट चाहिँदैन त्यसैले बैंकहरुले यो सेवा सबै ग्राहकरुलाई अनिवार्य जस्तै बनाइसकेका छन् । अफलाइन सेवाबाट मोवाइल बैंकिङ्गको अफलाइन सेवा मोडका सेवाहरु, मोवाइल वालेटको अफलाइन सेवा मोडका सेवाहरु, ए.टि.एम कार्डका सेवा आदि सेवाहरु प्राप्त गर्न सक्दछन् ।

डिजिटल बैंकिङ्गबाट हुने फाइदाहरु :
१. ग्राहकलाई फाइदाहरु :
– नगर बोक्दाका समस्याहरुवाट मुक्ति,
– बैंकमा पैसा निकाल्न वा राख्न लाईन बस्नु नपर्ने,
– समयको बचत,
– सरकारी कर, राजश्व आदि तिर्न दलाल हायर गर्नुपर्ने वा उक्त कार्यको झन्झटवाट छुटकारा,
– विभिन्न समयमा चल्ने छुट तथा अफरको लाभ लिन सकिने,
– घर वा अफिस बसि–बसी पेमेण्ट र डिपोजिट गर्न सकिने,
– नकक्ली वा जाली नोट, ठगी जस्ता बैमानीवाट सुरक्षित भइने,

२. बैंकलाई फाइदाहरु :
– आफ्नो ग्राहकहरुलाई सरल, छिटो र गुणस्तर सेवा दिन पाउनु,
– नगद रहित कारोवार बढ्दा बैंकमा भिडभाड कम हुनु,
– नगद व्यवस्थापन गर्न सजिलो हुनु,
– डिजिटल सेवाहरुको बिक्रीबाट सेवा शुल्क तथा नवीकरण शुल्क वापत आम्दानी हुनु,
– डिजिटल नेटवर्क मजबुत हँुदै जाने,
– कारोवारको सुक्ष्म निगरानी गर्न सकिने,
– डिजिटल अफिसको अवधारणालाई मदत गर्ने,

३. राज्यलाई फाइदा :
– राज्यका नागरिकहरु डिजिटल सेवावाट सन्तुष्ट हुँदा, सरकारको सरोकारवाला पक्षहरुको यसमा चासो केन्द्रित हुनु,
– नगदरहित कारोवार बढ्दा, नोट कम छाप्ने जसकारण सरकारको वार्षिक उक्त कार्यमा हुने खर्चमा कम हुनु,
– चोरी, डकैती, लुटपाट जस्ता अपराधमा कमी हुने,
– सरकारले नियम संगत चाहेको वखत कुनै पनि कारोवारलाई सुक्ष्म अनुसन्धान गर्न पाउने,
– सरकारी कारोवारको सहज लेखाजोखा राख्न,
– डिजिटल मैत्री बजार विस्तार तथा प्रवर्दन गर्न,

डिजिटल सेवा वा डिजिटल बैंकिङ्गको अवसर र चुनौतीहरु
अवसर र चुनौती भनेको एकै सिक्काको दुई पाटा हुन्, जहाँ अवसर देखिन्छ त्यहाँ स्वत चुनौती लुकेको हुन्छ । नेपालमा प्रभावकारी तरिकाले डिजिटल सेवा प्रदान गर्न सुरु गर्ने नै बैंकिङ्ग क्षेत्र हो । त्तपश्चात हाल सबै क्षेत्र डिजिटल सेवा मोडमा जान तयार भइरहकेको पाइन्छ । बैंकिङ्ग क्षेत्रको कुरा गर्नु पर्दा डिजिटल सेवालाई अझ व्यापक, विस्तार, विश्वासनिय, सरल बनाउँदा यस क्षेत्रमा धेरै अवसर छ साथै क्षेत्रमा अवसर र चुनौती संगसंगै गाजिएर आउने भएको हुँदा चुनौती पनि अवश्य छ ।

अवसरहरु :
– डिजिटल सेवा साक्षरता कार्यक्रम लागु गरी, ग्राहकहरुलाई यो सेवा प्रति आकर्शित गराउनु,
– बजारिकरणका लागि बजारमा गई प्रचारप्रसार गर्नु,
– सेवा शुल्क तथा नविकरण शुल्कलाई इकोनोमी बनाउनु,
– अफलाइन मोडका अन्य विशेषता जोडी यसलाई अझ विस्तार गर्न जरुरी,
– नुनदेखि सुनपसलसम्म यसको उपयोगिता भएको हुँदा व्यवसायमा केन्द्रित हुन आवश्यक,

चुनौतीहरु :
– डिजिटल चोरी जसलाई ह्याक अथवा डिजिटल ह्याकिङको नामले प्रख्यात छ,
– पासवर्ड सेयर गर्दा हुनसक्ने जोखिम,
– निराक्षर मानिसलाई दुबिधा वा असहजको महशुश,
– इन्टरनेटको पहुँच बढाउनु पर्ने,
– डिजिटल सामाग्रीको व्यवसायिकीकरण,
– उचित लागत वा लागतको व्यवस्थापन,
– सर्भर, स्पिड जस्ता अयवयहरुको उचित प्रबन्ध मिलाउनु,
– भौगोलिक विकटता आदि

अन्त्यमा, अहिलेको यो डिजिटल युगमा जो यसको रफ्तारमा वा जसले डिजिटलको स्पिड क्याच गर्न सक्दैन त्यसलाई असहज हुनु स्वभाविक हुनेछ । हाल नेपालमा बैंकिङ क्षेत्रले जस्तो डिजिटल सेवा दिन सक्ने निकाय कमै भएता पनि विस्तारै सबै कार्यालय यहि ट्रयाकमा आउने बाहेकको विकल्प छैन । किनेभने सेवा ग्राहीले यही सेवा रुचाइदिए । मानिसलाई फाइल समातेर बस्ने फुर्सद छैन । त्यसैकारण फाइल समातेर बस्नु पर्ने कार्यालयमा बिचौलियाको साथ लिइन्छन् । डिजिटल सेवा हुँदा अनियमितता शून्यमा झर्छ, काम छिटो छरितो हुन्छ, दुई सय रुपैयाँको काममा दुई हजार रुपैयाँ खर्च हुदैन । त्यसो हुँदा मानिसहरु आफै खुशी हुन्छन् ।

सेवा क्षेत्रमा मात्र हैन उत्पादन क्षेत्रमा प्रयोग हुने औजार, उपकरण डिजिटल प्रयोग हुनुपर्छ । डिजिटल दुनियाँमा थुप्रै नराम्ररा वा हानिकारक चिज छन् जसले मानिसलाई डिजिटल कुलतमा पार्न सक्छ । तर्सथ डिजिटल कुलतमा नलागि नवितम र सकरात्मक सोचका साथ डिजिटल संसार प्रवेश गर्न जरुरी देखिन्छ ।

  • केशव खतिवडा

 

 

 

 

 

 

 

Tags: अर्थडिजिटलबैंकिङ्ग क्षेत्रविचार

Related Posts

पाकिस्तान छाडेको दुई महिनामै पत्रकार शरिफकाे हत्या
FEATURE

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

06/07/2025
ट्याक्टर दुर्घटना हुँदा ताप्लेजुङमा ४ जनाको मृत्यु
FEATURE

रामधुनीमा मोटरसाइकल दुर्घटना हुँदा तीनको मृत्यु, २ घाइते

29/06/2025
आईएमई पे र खल्तीलाई मर्जरका लागि राष्ट्र बैंकको अन्तिम स्वीकृति, वालेटको नाम खल्ती रहने
FEATURE

आईएमई पे र खल्तीलाई मर्जरका लागि राष्ट्र बैंकको अन्तिम स्वीकृति, वालेटको नाम खल्ती रहने

24/06/2025
‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई
FEATURE

‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई

15/06/2025
चालू आर्थिक वर्षमा पेट्रोलियम पदार्थको खपतमा कमी
FEATURE

बढ्यो पेट्रोल र डिजेलको मूल्य

15/06/2025
इजरायल र इरानमा रहेका सबै नेपाली सुरक्षितः परराष्ट्र मन्त्रालय
FEATURE

इजरायल र इरानमा रहेका सबै नेपाली सुरक्षितः परराष्ट्र मन्त्रालय

15/06/2025
Next Post
कल्याणकारी कोषमा रकम जुटाउँदै अभिनेत्री भुसाल

कल्याणकारी कोषमा रकम जुटाउँदै अभिनेत्री भुसाल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

  • हाम्राे टीम
  • विज्ञापन
  • राशिफल
  • Checkout
  • My account
  • Login/Register
  • Checkout – urban_observer
  • My Account – urban_observer
  • Login/Register – urban_observer
  • Switching plans wizard
  • Modal Mobile Menu
  • Modal Newsletter
  • Modal Desktop
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.