खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-४ डाडाखर्कका १९ वर्षीय विशाल राईको कोदालो प्रहारबाट मृत्यु भएको छ ।
बिहीबार राति १० बजेको समयमा स्थानीय २४ वर्षीय पवन राईले कोदालोले टाउकोमा प्रहार गरी राईको हत्या गरेको भन्ने जानकारी पाए लगत्तै अस्थायी प्रहरी पोष्ट खानीडाँडाबाट खटिएको प्रहरी टोलीले राईलाई खानीडाँडा छेउकै जंगलमा मृत अवस्थामा फेला पारेको थियो ।
उक्त स्थानमा जिल्ला प्रहरी कार्यालय खोटाङबाट प्रहरी टोली खटि गई अनुसन्धान तथा हत्या गरी फरार रहेका मानिसको खोजतलास गर्ने क्रममा कोदालो प्रहार गर्ने पवन राईलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको उक्त कार्यालयले जनाएको छ ।