रामधुनी । रामधुनी ५ झुम्कामा स्थापना भएको गोल्डेन ब्रिज कलेजमा विद्यार्थीहरुको आकर्षण बढ्दै गएको छ ।
नयाँ टिम तथा व्यवस्थापन र विविध संकाय तथा विषयहरुसहित प्लस टू सञ्चालन गरेको सो कलेजले आइतबार अभिमूखीकरण कार्यक्रम समेत सञ्चालन गरेको छ ।
कलेजले कक्षा ११ १२ का लागि होटल म्यानेजमेन्ट, शिक्षा, व्यवस्थापन र कम्प्युटर साइन्स कक्षा सञ्चालन सञ्चालन सुरु गरेको हो ।
रामधुनी ५ लगौना चोकमा रहेको सो कलेजले इन्टर्नसिप, व्यवहारिक शिक्षा, खेलकुद, विभिन्न तालिमसहित नियमित कक्षा सञ्चालन गर्ने कलेजका हरी रायमाझीले बताए ।यो सँगै कलेजले पछि लकडाउन खुलेपनि अनलाइन क्लासका विभिन्न टुल प्रयोगमा ल्याउने, कम्प्युटर, व्यक्तिगत विकासका लागि छुट्टै कक्षाहरु सञ्चालनमा ल्याउने उनको भनाइ छ ।
कक्षा ११ मा सबै संकायमा गरी एक सय ८० भन्दा बढी विद्यार्थीले फारम भरेको कलेज टीमका गोपाल निरौलाले बताए । यसै साताबाट अनलाइन माध्यमबाट सुरु गर्ने र लकडाउन पूर्ण रुपमा खुलेपछि कलेज भवनमै कक्षा सञ्चालन गर्ने उनको भनाइ छ ।
रामधुनीकै विभिन्न विद्यालय अध्यापन गराउने शिक्षक, विद्यालय तथा उच्च मावि सञ्चालक, शैक्षिक क्षेत्रका विभिन्न व्यक्ति तथा रामधुनी प्याब्सनमा आवद्ध केही शिक्षकहरुको समुहले कलेज सञ्चालन सुरु गरेको हो । हाल युनिक एकेडेमीको ब्यानरमा सो कलेज सञ्चालन भइरहेको छ । (Advt.)