Friday, April 17, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home समाचार

नियमले तोकेको भन्दा तेब्बर तौल बोकर मुलुकभर ढुवानी गरिरहेको भन्दै विराेध प्रदर्शन

खबरबिट by खबरबिट
16/12/2022
in समाचार
0
नियमले तोकेको भन्दा तेब्बर तौल बोकर मुलुकभर ढुवानी गरिरहेको भन्दै विराेध प्रदर्शन
71
VIEWS
Share on FacebookShare on Twitter

सुनसरी । भारतीय ट्रकले नियमले तोकेको भन्दा तेब्बर तौल बोकर मुलुकभर ढुवानी गरिरहेको जनाउँदै ट्रक यातायात व्यवसायीका संस्थाले शुक्रबार रुपन्देहीको बेलहिया नाकामा प्रदर्शन गरेका छन्।

बेलहिया नजिकै बाइपासमा रहेको ट्रक पार्किङ स्थलबाट नाराबाजीसहित व्यवसायीको र्‍यालीले नाकास्थित भन्सार कार्यालयको गेटमा पुगेर विरोधसभा गरेको थियो । कानुन विपरीत भारतीय ट्रकले गरिरहेको अधिक भार बहनले नेपाली व्यवसायी मर्कामा परेको उल्लेख गर्दै उनीहरुले नियन्त्रणका लागि दबाब दिए ।

READ ALSO

डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको बढेन

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

ट्रक व्यवसायी महासंघ लुम्बिनी प्रदेशको आयोजनामा भएको विरोध प्रदर्शनमा यातायात मजदुर संघका साथै आधा दर्जन व्यवसायिक संस्थाका प्रतिनिधि सहभागी थिए । महासंघले भारतीय ट्रकले भन्सार बिन्दुसम्म ओसारेका समान नेपाली ट्रकले ढुवानी गर्न पाउने व्यवस्था मिलाउन माग गर्दै भन्सार कार्यालयमा ज्ञापनपत्र बुझाएको जनाएको छ ।

महासंघका अध्यक्ष यमप्रसाद पाण्डेले भारतीय ट्रकले अधिक भारत बोकेको बारे सुरक्षा निकायले ध्यान नदिएको आरोप लगाए । ‘धेरै भार बोक्ने ट्रकसित जरिवाना अशुलेर नियम विपरीतको तौल घटाउन लगाउनु पर्छ,’ विरोधसभामा उनले भने, ‘तर, यहाँ जरिवाना अशुलेर अधिक भार बोक्न दिने गरिएको छ ।’

पेट्रोलियम पदार्थको मूल्यवृद्धिका कारण मारमा परेका व्यवसायी भारतीय ट्रकको मनपरीले झन धरासायी बनेको बताए । ‘हाम्रा ट्रकदेखि तिनमा प्रयोग हुने इन्धन, टायर, पार्टस लगायत वस्तु भारतबाटै आयात गरिन्छ,’ उनले भने, ‘यी वस्तुमा अत्यधिक भन्सार महशुल लगाइएको छ । जसले गर्दा हामी भारतीय ट्रकसित प्रतिस्पर्धा गर्न सक्दैनौं ।’ त्यसैले मुलुकमा भारतीय ट्रकको निर्वाध आवागमन र अधिक भार बहन नियन्त्रण गर्न माग गरिरहेको उनले बताए । ‘अधिक भार बहन सम्बन्धमा नेपाली ट्रकलाई कडाइ गरिन्छ,’ उनले भने, ‘तर, भारतीय ट्रकको हकमा आँखा चिम्लिने गर्दा समस्या भएको हो ।’ राज्यलाई सघाउने उद्देश्यले आन्दोलन गर्नु परेको उनले बताए ।

 

यातायात व्यवसायी महासंघका राष्ट्रिय वरिष्ठ उपाध्यक्ष लोकराज पोखरेलले अधिक भार बहन र भारतीय ट्रकको मनपरी बारे वर्षौंदेखि सुनुवाइ नहनु दुखद् भएको बताए । नेपाली प्रशासन र सरकार यस विषयमा जानकारी भए पनि माग पूरा गर्न गम्भीर नदेखिएको उनले बताए ।

‘अहिले हामीले विरोधसभा गरेर माग सुनुवाइका लागि दबाब दिएका हौं,’ उनले भने, ‘तत्काल माग सुनुवाइ नभए भारतीय ट्रक रोक्ने र हाम्रा ट्रक भन्सारमा खडा गर्ने चेतावनी दिन्छु ।’ कोरोना महामारीबाट थलिएका व्यावसायीलाई बैंकको ताकेताले अत्याइरहेको अवस्थामा राज्यबाट राहत उपलब्ध गराउने कार्यक्रम नहुनु चिन्ताको विषय भएको बताए ।

‘एकातिर व्यवसाय चलाउनै कठिन छ,’ उनले भने, ‘अर्को तर्फ बैंकको किस्ता बुझाउने ताकेताले व्यवसायीको मनोदशा विक्षिप्त बनेको छ ।’

Tags: ट्रक व्यवसायीभारतीय ट्रकरूपन्देहीविराेध प्रदर्शन

Related Posts

चालू आर्थिक वर्षमा पेट्रोलियम पदार्थको खपतमा कमी
FEATURE

डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको बढेन

15/04/2026
इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने
समाचार

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

26/01/2026
शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र
समाचार

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र

15/08/2025
झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी
समाचार

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

14/08/2025
माछा मार्ने क्रममा करेन्ट लागेर एकको मृत्यु
समाचार

सुनसरीको हरिनगरमा गोली प्रहार गरी सालीको हत्या

14/07/2025
पाकिस्तान छाडेको दुई महिनामै पत्रकार शरिफकाे हत्या
FEATURE

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

06/07/2025
Next Post
जसपाद्वारा ३ एजेण्डासहित राजनीतिक बैठक आवहान

जसपाद्वारा ३ एजेण्डासहित राजनीतिक बैठक आवहान

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.