सुनसरीको रामधुनी नगरपालिका ५ मा रहेको आरम्भ विद्या मन्दिरले बालबालिकाहरुका लागि निःशुल्क स्वास्थ्य शिविर गर्ने भएको छ ।
मंगलबार आयोजना गरिने स्वास्थ्य शिविरमा बालबालिकाको आँखा, कान, नाक, दाँत परीक्षण, बालपोषणसम्बन्धि सेवा तथा परामर्श प्रदान गर्ने आयोजक विद्या मन्दिरले जनाएको छ ।
निःशुल्क स्वास्थ्य परीक्षणमा नानीबाबुहरुलाई लिएर सेवा लिन विद्यालयका एकडेमिक डाइरेक्टर हरी रायमाझीले अनुरोध गरेका छन् । विद्यालय जाने बालबालिकाहरुका लागि लक्षित कार्यक्रम रामधुनी ५ स्थित आरम्भ विद्या मन्दिरमा आयोजना हुने उनले जानकारी गराए ।
स्वास्थ्य शिविरमा इटहरी स्थित नवदृष्टि आँखा अस्पताल, रामधुनी डेन्टल क्लिनिक, रामधुनी नगरपालिका, रामधुनी ५ नम्बर वडा कार्यालर र सिग्नुत्र फर्माको सहयोग रहनेछ ।