अब आत्मनिर्भतालाई फरक कोणवाट हेरौं, उत्पादन वृद्धि गराई आयत भन्दा निर्यात बढाउन सक्दा पनि आत्मनिर्भताको केही अंश पूरा हुन्छ । मुलुकलाई अवश्यक पर्ने सबै वस्तु तथा सेवामा आत्मनिर्भर हुन कठिन छ । संसारको कुनै मुलुक पनि पूर्ण रुपमा आत्मनिर्भर छैनन् तर विकशित मुलुकको कुरा गर्दा आयात भन्दा निर्यात बढी गरी आत्मनिर्भताको बाटोमा रहेको देखिन्छ ।
हाम्रो देश नेपालको अवस्था अइसीको रिपोर्ट अनुसार विश्वको २२२ देशको अध्ययनमा नेपाल निर्यात गर्ने देशहरुको सूचीमा १०२औं स्थानमा छ भने आयात गर्ने देशहरुको सूचीमा १५६औं नम्वरमा छ । नेपालको बढ्दो ब्यापार घाटा र परनिर्भरताले मुलुक झन् झन् अफ्m्ठ्यारो स्थितीमा गइरहेको छ ।
सबै वस्तु तथा सेवामा आत्मनिर्भर नभए पनी अति आवश्यकीय वस्तु जुन हाम्रो देश आत्मनिर्भर हुन सक्छ, त्यस्ता वस्तुहरुको उत्पादन बढाई निर्यात बढाउन सकिन्छ । जस्तै कृषिजन्य उत्पादन धान, मकै, गहुँ, माछा, मासु, दुध, जडिबुटि, चिया, काठ, फलफुल, पानी, बिजुली, सिमेन्ट, आदिहरुमा उत्पादन बृद्धि गराई निर्यात बढाउन आवश्यक देखिन्छ ।
हामी सबैले सुन्दै आएको र पढ्दै आएको हाम्रो देश प्राकृतिक स्रोत साधनमा समपन्न, कृषिको उर्वता, जलस्रोतमा विश्वको धनि, कुल जनसंख्याको४१ प्रतिशत युवा जनशक्ति, पर्यटनको प्रचुरता, धर्म संस्कृतिको विविधता,यस्तो विभिन्न विशेषता भएको एक शान्तिको उदाहरणीय देश आखिर अहिले सम्म पनि किन अर्थतन्त्र मजबुत हुन सकेको छैन भनेर एक पटक सबै नेपालीले सोच्नुपर्ने छ ।
राज्यको व्यवस्थापकीय जिम्मेवारी पाएका नेतृत्व गर्नुपर्ने नेताहरुवाट उचित व्यवस्थापन हुन नसकेपछि अब जनताहरु आफंैंले आफूले आत्मनिर्भताको बाटोमा हिँड्न सक्ने कदमहरु चाल्नु आवश्यक देखिन्छ । यो भनि राख्दा सबै कृषि पेशामा लाग्नु वा विदेशी वस्तु निषेध गरौं भन्न खोजिएको होइन । आफूले सक्ने भनेको विदेशी आयतित सामान सक्दो कम प्रयोग गर्ने स्वदेशीलाई प्राथमिकतामा राख्ने, आफ्नो जग्गा भए उत्पादनशिल रुपमन उचित उपयोग गर्ने, तरकारी सकभर आफुलाई आफैं उत्पादन गर्ने, आयतित विलाशिताको वस्तुको कम उपयोग गर्ने, उत्पादनशिल रहने हो ।
चुनौतीलाई कसरी अवसरमा परिणात गर्ने
सुरु नगरी अन्त्य हुँदैन भने झैं, हरेक क्षेत्रमा समस्या र चुनौती छन् । त्यस्तो चुनौतीहरुलाई अवसरमा रुपान्तरण गर्नु आवश्यक छ । आज नेपालको राजपत्रमा प्रकाशित अत्यावश्यक सेवा, संविधानमा उल्लेख भएका मौलिक हकहरु जुन जस्तो परिस्थिती पनि जनतलाई आवश्यक हुन्छ । त्यस्तो कुनै सेवा वा वस्तुमा समेत हाम्रो देश आफै सक्षम छैन । यसवाट हाम्रो देश कुन हदसम्म अरु देशसँग परनिर्भर छ भन्ने प्रस्ट देखिन्छ ।
चुनौतीलाई अवसरमा बदल्नु एक कुशल व्यवस्थापकिय कला हो । अब कसरी भन्ने प्रश्न आउँछ ? अध्ययन अनुसन्धान, खोज, विज्ञ परामर्श, सकरात्मक सोचि र समस्याबाट भागेर हैन जुधेर अवसर खोजेमा चुनौती अवसरमा अवश्य बदल्ने छ । यसको कयौं उदाहारण छ जसमध्ये अहिलेकै अवस्था हेर्ने हो भने कुलमान घिसिङको कुशल व्यवस्थापन अध्ययनले नेपाल विद्युत प्राधिकरणको आमुल पिरवर्तन ज्वलन्त उदाहारण हो । त्यसै कारण सुरु नगरी कुनै कार्य सम्पन्न नहुने भएकोले आजै समस्या केलाउन जरुरी देखिन्छ ।
द ग्रेट डिप्रेसन : सन् १९२९ देखि १९३२ को अन्तयसम्म संयुक्त राज्य अमेरिका यसले ठूलो आर्थिक मन्दि सिर्जना गर्यो । सो समयमा शेयर बजारलाई प्राथमिकता र चर्को चलखेल हुँदा त्यहाँका कयौँ बैंक, ठूला कम्पनीहरु बन्द भयो । करिब २० प्रतिशत मानिस बेरेजगार भए, चरम आर्थिक संकट उत्पन्न भयो र तत्पश्चात फ्रान्क्लिंन डी रेसभेल्ट अमेरिकी राष्ट्रपतिमा निर्वाचित भए र कुशल नेतृत्व मार्फत सिथिल अर्थतन्त्रलाई पुर्नसबलीकरण गरे ।
आत्मनिर्भरताको बाटो सुरु गरी सम्पन्न गर्न जति गाह्रो छ, त्यसको परिणाम कयौं गुणा स्वादिष्ट हुन्छ ।
ट्रान्सफर्मेसन अफ साउथ कोरियाज इकोनोमी : सन् १९६० भन्दा अगाडि दक्षिण कोरियाको अर्थतन्त्र नाजुक स्थितिमा थियो र त्यसपछि आधुनिक कृषिमा आधारित अर्थतन्त्रमार्फत अर्थतन्त्र चुस्त बनाईहाल विश्वको टप १० लिस्ट भित्र आफ्नो अर्थतन्त्रलाई समावेश गराउन सफल छ ।

यस्ता उदाहारण प्रशस्त छन् जहाँ चुनौती अवसरमा बद्लेको छ । अर्थतन्त्र सुध्रनु भनेकै मुलुक आत्मनिर्भरको बाटोमा अघि बढ्नु हो । विश्वका प्राय विकसित मुलुक कुनै काल खण्डमा ठूलो क्षति ब्यहोरी त्यसबाट परिवर्तनको बाटो अंगालि हिँडेर आज आफ्नो मुलुकलाई त्यो स्थान दिन सफल भएका छन् ।
अन्त्यमाः
वि.स.२०७२ सालमा संविधान जारी हुँदाको बखतमा परनिर्भरताको नाजायज लाभिलई नाकाबन्दी गर्यो सो समयवाट आत्मनिर्भरको बाटो रोजेको भए आज काहि पुगिन्थयो । कुनै मुलुकप्रति परनिर्भर हुँदा सो मुलुकले आफ्नो फाईदा लिन खोज्नु सामान्य हो । यसवाट के साबित हुन्छ भने मुलुकको सार्वभौमता लाईसमेत मुलुकको विकास,उन्नति,व्यापारले असर गर्छ जुन हुन नहुने हो ।
केभिड प्यान्डमिक : हाल विश्व कोरोना कहरसँग जुदिरहँदा यो कहिले र कुन हदसम्म जुध्नु पर्ने हो यसको ठेगान छैन तर एउटा बिन्दुमा गएर रोकिन्छ । धेरै देशका डाक्टर, बैज्ञानिकहरुले औषधि निकालेको जिकिर गरेता पनि आधिकारिक रुपमा डब्लुएचओले ठहर्याइसकेको छैन । यो प्यान्डमिक सकिए पश्चात वा जुधिरहँदा समेत अब नेपालका नेतृत्व गर्ने नेताहरुले नेपालको अर्थब्यवस्थालाई छुट्टै धारवाट वा धार परिवर्तन गरी लान जरुरी छ ।
जेठ १५ गते २०७७र७८ को बजेट १४ अर्व ७४ अर्व ६४ करोडको बजेट आईसकेको हुँदा त्यसको कार्यान्वयमा विगत जस्तो बिजोग तवरले अघि नबढी बजेटको उच्चतम र उचित तवरले कार्यान्वयन गरी मुलुकलाई आत्मनिर्भरको बाटोमा लैजान हरसम्भव प्रयास गरेमा अवश्य आत्मनिर्भरको नतिजा निकै स्वादिष्ट हुने आशा गर्न सकिन्छ र त्यसको स्वाद सम्पूर्ण नेपालीमा जानेछ ।
अत्यन्तै सुन्दर समसामयिक लेख ।।।