देशको वर्तमान अवस्था र जनताको समृद्धिका लागि आर्थिक विकास मुल एजेण्डा बन्नु अपरिहार्य छ । आर्थिक विकासका लागि देशमा उत्पादन र वितरण कार्यलाई उच्च प्राथमिकता दिनुपर्छ । यसका लागि उत्पादकत्व वृद्धि गर्नुपर्छ । उत्पादन कार्य परनिर्भरतामा नभई आत्मगत सामथ्र्यमा आधारित हुनुपर्छ । पुर्वाधारहरूको समुचित विकास गर्नुपर्छ । यसका लागि प्राविधिक शिक्षामा जोड दिनु अनिवार्य छ । विशेषतः प्राविधिक शिक्षालाई उच्च प्राथमिकतामा राख्नुपर्छ ।
प्राविधिक शिक्षाको विकासको प्रस्थान बिन्दु सभ्यताको प्रारम्भमा शिकारका लागि ढुंगाका हतियार बनाउने विशिष्ट सीपदेखि सुरक्षा र स्वास्थ्यका बिकल्पहरूको विकास हो । मान्छेले प्रकृतिका विषमताहरूसँग जुभ्mदै बाँच्ने आधारहरू निर्माण गर्न गरिएका सबै प्रयत्न र त्यस अभियानमा विकास भएका सीप र प्रविधिहरूबाट प्राविधिक शिक्षाको विकास भएको हो । प्राविधिक शिक्षा, ज्ञान, सीप र प्रविधिसँग जोडिएको छ ।
प्रविधिको विकासले अहिले विश्व ग्लोबल भिलेजमा परिणत भइरहेको अवस्था छ । विगतमा साक्षारतालाई वर्णाक्षरको ज्ञान भन्ने बुझिने गरेकोमा अहिले जीवनोपयोगी प्रविधिको ज्ञानलाई साक्षारता अत्यावश्यक अङ्ग ठानिएको छ । प्रविधिको उपयोग जीवनलाई सरल, सवल र सुखमय बनाउनका लागि भइरहेको छ ।
विषम अवस्थामा समेत प्रविधिको प्रयोगबाट जीवनोपयोगी सुबिधा लिन सकिने उदाहरण नेपाललगायत केही देशहरूमा देखिएको छ । नेपालमा इन्टरनेट र टेलिफोनको प्रयोगबाट (टेलिमेडिसिन विधिबाट) ग्रामीण जनता शहरको औषधोपचारको सुविधा लिइरहेका छन् । एउटा गाउँका किसानले आप्mनो उत्पादन अर्को गाउँमा बिक्री गर्न अनलाइनबाट सुविधा लिइरहेका छन् ।
वर्तमान अवस्थामा मान्छेका दैनिक गतिविधिहरू सबै प्रविधिको उपयोगमा सञ्चालित भइरहेका छन् । कोरोना महामारीसँगै प्रविधि जीवनशैली बनिसकेको छ । यस्तो अवस्थामा देशको आर्थिक विकासका लागि प्राविधिक शिक्षा अनिवार्य भएको छ ।
प्राविधिक शिक्षाको एउटा महत्वपूर्ण पाटो भनेको व्यवसायिक शिक्षा हो । निम्नस्तरीय तथा मध्यमस्तरीय प्राविधिक जनशक्ति उत्पादन गर्न व्यवसायिक शिक्षाको विशेष भूमिका हुन्छ । यस्तो शिक्षा स्कुलदेखि नै प्रारम्भ गर्नुपर्छ । यस्तो जनशक्तिबाट पूर्वाधारहरूकोे निर्माण, पुनर्निर्माण तथा मर्मत सम्भार सम्भव हुन्छ । जुन उत्पादकत्व वृद्धि र पूँजी निर्माणका लागि अत्यावश्यक हुन्छ ।
अहिले देखिएको विश्वव्यापीकरण र यसबाट सृजित श्रमशक्तिको विचरणलाई सम्बोधन गर्न व्यवसायिक शिक्षाको महत्व बढिरहेको छ । व्यवसायिक शिक्षाले प्रविधि र प्राविधिक साधनहरू (मेसिन तथा औजारहरू) सञ्चालन मर्मत र सम्भार गर्न ज्ञान र सीप प्रदान गर्दछ ।
इतिहासदेखि नै समृद्धिको परिचायक सीपमूलक कार्यलाई लिने गरेको पाइन्छ । वैदिक युगमा राज्यको समृद्धिको लागि सीपमूलक काममा प्राथमिकता दिएको धार्मिक ग्रन्थहरूमा देखिन्छ ।
वास्तुविज्ञान, युद्धकला, कोषहरूकोे निर्माण तथा पुनर्निर्माण, उर्जा निर्यात, जीव विज्ञान, गरगहना निर्माण, आदिको चर्चा धार्मिक ग्रन्थहरूमा पाइन्छ ।
नेपाल पौराणिक कालदेखि काष्ठकला, मूर्तिकला तथा धातुकला सम्बन्धि सीप भएको धनी देश हो । यस्तो सीपको प्रदर्शनबाट वैदेशिक मुद्रा आर्जन गरी देशको आर्थिक विकास गर्ने प्रचुर सम्भावना भए तापनि केही दशकदेखि यस्ता सीपमा कार्य गर्ने व्यक्तिहरूको संख्या उल्लेख्य मात्रामा घट्दो छ । कतिपय त लोप हुने अवस्थामा छन् ।
देशभरि विभिन्न पेसा र व्यवसायमा छरिएर रहेका कारीगर तथा प्राविधिज्ञहरू वास्तविक ग्राह्रस्थ्य उत्पादनमा संलग्न रहने जनशक्ति हुन् । उनीहरूको सीपको कदर गर्दै सामाजिक प्रतिष्ठा उठ्न सक्ने स्थितिको सिर्जना गरी, पेशागत मनोबल उच्च गराउनुपर्छ ।
देशको सामाजिक आर्थिक विकासका लागि रोजगारीको वृद्धि र व्यक्तिको आय आर्जनको क्षमता वृद्धि गर्नु आवश्यक छ । नेपाली जनशक्तिले आन्तरिक बजारमा मात्र होइन, विश्व बजारमा प्रतिष्पर्धा गर्न सक्ने बनाउनुपर्छ ।
मुलुकको आर्थिक विकास र गरिबी निवारण गर्न आर्थिक रूपमा सक्रिय जनशक्तिलाई उनीहरूको क्षमता अभिवृद्धि गर्नुपर्छ । विभिन्न ढङ्गले विभेदमा परेका तथा उपयुक्त अवसर नपाएका व्यक्ति र समुदायलाई प्राथमिकताका साथ सिप विकास गराउनुपर्छ । व्यवसायिक शिक्षाको मर्म यही हो ।
नेपालमा व्यवस्थित अध्ययनको प्रारम्भ गुरुकुलबाट भएको पाइन्छ । १३औं शताब्दीमा अरनिकोको सीप र वास्तुकला नेपाल र चीनमा प्रख्यात थियो । मल्ल कालमा (१२ देखि १८ औँ शताब्दी) हस्तकला, मुर्तिकलालगायत कुटिर उद्योगमा विशेष विकास भएको थियो ।
जहानिया राणाकालमा औपचारिक प्राविधिक शिक्षाको लागि नेपालीहरूलाई जापान पठाइएको थियो । औपचारिक प्राविधिक शिक्षाको थालनी सन् १९३० (वि.सं.१९८७ ।११ ।१९) मा वसन्तपुर कुमारी चोकमा सिलाइबुनाइ(टेक्स्टायल) सीप सिकाउने गरी प्राविधिक स्कुल स्थापनाबाट भएको थियो ।
औपचारिक रूपमा विद्यालय तहमा व्यावसायिक सिप र ज्ञान दिने गरी विसं.२००४ मा थालनी भएको थियो । सुरुमा (२००४ देखि २०१४ वि.सं.)आधार स्कुलको रूपमा सिलाइ, कटाइ, बुनाइ हस्तकला, आदि सिपहरू स्कुलमा सुरु गरियो ।
दोस्रो चरणमा (२०१५ देखि २०२५ वि.सं.) वहुद्देश्यीय विद्यालय स्थापना गर्दै पूर्वव्यवसायिक तथा व्यावसायिक सीप सुरु गरियो ।
तेस्रो चरणमा (२०२८ देखि २०३७ वि.सं.) राष्ट्रिय शिक्षा योजना अन्तरगत आधारभूत तथा मध्यम स्तरीय जनशक्ति उत्पादन गर्न सबै स्कुलहरूमा व्यवसायिक सिप र ज्ञान अनिवार्य गरियो ।
चौथो चरणमा (२०३७ विसं.देखि हालसम्म) प्राविधिक शिक्षालय नीति प्रारम्भ गरियो । यो नीति अन्तरगत विसं. २०३९ मा राष्ट्रिय प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम समिति गठन भई प्राविधिक शिक्षालयहरू स्थापना र व्यवस्थापन गरियो ।
समय क्रममा विसं. २०४५ मा हालको प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (सीटीईभीटी स्थापना भई सञ्चालनमा रहेको छ ।
व्यावसायिक शिक्षाको केन्द्रका रूपमा सीटीईभीटीले नेपालमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिममा सबै नेपालीको पहुँच पुर्याएर रोजगार बनाउने बृहद उद्देश्य राखेको छ ।
विश्व परिवेश हेर्ने हो भने धनी देश त्यही देखिन्छ । जसले जनशक्तिलाई सीपयुक्त गराएर उत्पादनशील गराउन सकेको छ । विश्वमा भइरहेको प्रविधिको द्रूततर विकासले गर्दा सीपको महत्व पनि तीव्र गतिले बढिरहेको छ
परिषद्ले प्राविधिक शिक्षाको रुपमा कृषि, स्वास्थ्य र इन्जिनियरिङ क्षेत्रका ज्ञान र सिपहरू शिक्षण प्रशिक्षण गरेको छ । विकास र व्यवस्थापनको क्षेत्र पनि अहिले व्यवसायिक शिक्षाभित्र परिषद्ले समेटेको छ । प्रविधि जीवनशैली बनिसकेको आजको अवस्थामा आय आर्जन गर्ने सिपहरूको तालिम अनिवार्य बनेको छ ।
विश्व परिवेश हेर्ने हो भने धनी देश त्यही देखिन्छ । जसले जनशक्तिलाई सीपयुक्त गराएर उत्पादनशील गराउन सकेको छ । विश्वमा भइरहेको प्रविधिको द्रूततर विकासले गर्दा सीपको महत्व पनि तीव्र गतिले बढिरहेको छ ।
सवल अर्थतन्त्र भएका धेरै विकसित देशले आफ्ना प्रविधिको सामथ्र्यलाई विकास गरेर आजको अवस्थामा आइपुगेका हुन् । यसका साथै प्राज्ञिक तथा उद्यमशील क्षेत्रको योगदान महत्वपूर्ण रहेको छ । उदाहरणका रुपमा अमेरिकामा साठीको दशकमा त्यहाका तत्कालिन राष्ट्रपति जोन एफ केनेडीको चन्द्रमामा पुग्ने सपना पूरा गर्न अभूतपूर्ण प्रविधिको विकास गरियो ।
चीनमा तत्कालिन नेताहरू माओजेदुङ तथा तेङ साओ पिङको समृद्ध चीन निर्माणको सपना साकार पार्न व्यापक रुपमा प्रविधिको विकास गरियो ।
छिमेकी भारतमा तत्कालीन प्रधानमन्त्री जवाहरलाल नेहरूको समृद्ध भारत निर्माणको सपना पूरा गर्न ५ वटा आईआईटी स्थापना गरी सुरु भएको अभियानले भारत अहिले प्रविधिको क्षेत्रमा अग्रणी रहेको छ ।
दक्षिण कोरिया, सिंगापुरलगायत देशमा देखिएको आर्थिक विकास प्रविधिको विकासमा विशेष जोड दिएका कारणबाट भएको प्रस्ट छ ।प्रविधिको विकास गर्न प्राविधिक उच्च शिक्षाको क्षेत्रलाई प्राथमिकताको क्षेत्रका रूपमा राखिएकाले यी देशहरूमा रुपान्तरण सम्भव भएको हो ।
आर्थिक समृद्धिको आधार पूँजी निर्माण हो । कुनै देश कति धनी छ भन्ने कुरा त्यो देशमा कति पँुजी संकलित छ भन्ने कुराले देखाउने गर्छ ।
अहिले विश्वभरि परम्परागत ज्ञानभन्दा प्राविधिक ज्ञान र सिपलाई पूँजीका रुपमा लिइने गरिएको छ । यो विकसित अवस्थालाई मध्येनजर गरी धेरै देशले प्रविधि र सिप विकासमा उच्च प्राथमिकता दिन थालेको अवस्था छ ।
विश्वमा अहिले नयाँ प्रबृत्ति ग्लोबल स्किल रेस देखिएको छ । उच्च शिक्षालाई दक्ष जनशक्ति उत्पादनको केन्द्रका रुपमा हेर्ने गरिएको छ । साथै यसलाई आर्थिक समृद्धिको आधारका रुपमा ग्रहण गरिएको छ । सोहीबमोजिम अधिकांश देशले नीतिगत रूपमा उच्च शिक्षाको क्षेत्रलाई प्राथमिकतामा राखी दक्ष श्रमशक्ति उत्पादन गर्न विद्यमान परम्परागत शैलीलाई परिवर्तन गरेका छन् ।
प्रविधिको द्रूततर विकासबाट विश्वबजारमा गम्भीर प्रतिस्पर्धा भइरहेको छ । यसलाई सम्बोधन गर्न दक्ष जनशक्ति आपूर्ति गर्नुपर्छ तर यस्तो जनशक्ति विश्व बजारमा अवसरको खोजी गर्ने र फलस्वरूप श्रमशक्तिको व्यापक विचरण भइरहेको छ ।
यसलाई सम्बोधन गर्न नसक्दा नेपाललगायतका अल्पविकसित देशहरूले वैदेशिक रोजगारीबाट लाभ लिन सकिरहेका छैनन् ।
अहिले ज्ञानको असिमित शक्तिलाई पहिचान गर्दै त्यसको सृजनात्मक तथा उत्परिवर्तित प्रयोगबाट असीमित सम्पत्ति आर्जन गर्न सकिने मान्यता विकास भएको छ । बिगतमा सम्पत्ति आर्जन गर्न भौतिक पूँजी लगानी गर्नु पर्ने विधि सूचना प्रविधिको विकासँगै बदलिएको छ । यद्यपि नेपाल सरकार र त्यहाँ नीति निर्माणमा रहेकाले यो वास्तविकतालाई गम्भीर भएर महसुस गरेको देखिँदैन । त्यसैले प्राविधिक शिक्षा परम्परागत शैलीबाट विश्वविद्यालयमा सञ्चालित हुदैआएका छन् ।
प्राविधिक शिक्षामा ध्यान दिन नसक्दा कुनै विषय चर्चामा आएको खण्डमा प्रयोगको निम्ति केही नीतिगत निर्णयहरू हुने गरेका छन् । तर तिनीहरू कार्यान्वयन हुनुपूर्व नै हराउँछन् । यो गम्भीर चुनौती हो ।