मानिस जेनिटिक रुपमा प्राकृतिक प्राणी भएता पनि बौद्धिक रुपमा कृत्रिम भएको हुँदा यो अवस्था सृजना भएको हो ।
मानव सभ्यताको विकासक्रमलाई नियाल्दा मानिसले जललाई आधार मानी विभिन्न सामुद्रिक तटमा आफ्नो बासस्थान बसाल्दै आएको पाइन्छ । पौराणिक किम्वदन्ति र तथ्यांकलाई मन्थन गर्दा मानिस नितान्त प्राकृतिक प्राणी थिए । जनावरहरु जस्तै खाने बस्ने र अन्य क्रियाकलापमा व्यस्त रहन्थे । कुनै पनि कृत्रिम काम सिकेका थिएनन् तर, यो प्राकृतिक प्राणीलाई जस्ले निर्माण वा मुर्तरुप दियो त्यसले यो प्राणीको माथिल्लो भाग जसलाई हालको भाषामा टाउको वा शिर भनिन्छ त्यसमा सोच्न सक्ने अदभूत क्षमताको मेसिनको स्थापना गरेको थियो जुनकुरा मानिसलाई थाहा थिएन ।
अदभुत क्षमताको मेसिनलाई चलाउन इन्धनको आवश्यक पर्छ जसलाई पेटभरी खाना भनिन्छ जब मानिसहरुले पेट भरि खानेकुराको जोह गरे त्यसपछि बिस्तारै मानिसहरुको त्यस अदभुत क्षमताको मेसिन चालु हुन थाल्यो र विभिन्न तथ्यहरुको खोजी सुरु भयो । जस्तै हामी कँहा छौ, हाम्रो माथि के छ, माथि त्यो टल्केको पहेलो डल्लो के हो, स्याउ किन तल झर्यो लगायत बिभिन्न बिषयमा खोज भयो जसले मानव सभ्यतालाई कृत्रिम हुन तर्फ मदत पुर्यायो । मानव सभ्यता वा मानिस हुनुपर्ने नै कृत्रिम हो किनकी मानिसको निर्माण गर्नेले नै सोच्न सक्ने क्षमता दिएर पठाएको छ जसमा अनेकौ प्रकारका सोच आँउछ । एउटा विश्वव्यापि लाइन छ कि Nothing in this World is Black and White, The black is also made up of seven different colors and White Too.
तपाईले मत दिनु भनेको आफ्नो गाँउको चाबि अरु कसैलाई पाँच वर्षको लागि सुम्पिनु हो अब तपाईको हातमा छ कसलाई चाबि दिने ।
यसरी मानिसहरु खोज, अनुसन्धान तर्फ केन्द्रित भइरहँदा मानिसहरुले विभिन्न टापु, महादेश, समुद्र र देशहरु पहिचान भयो । समयको चक्रसँगै मानिसहरु संसार भर फैलिदैँ गए सोही क्रममा विभिन्न प्रान्त, क्षेत्र, राज्य, देश, सीमा तयार भयो । सोही क्रममा भुगोल खडा गरेपश्चात उक्त प्रान्त कसले चलाउने, कसरी चलाउने भन्ने तर्फ सबैको ध्यान केन्द्रित हुँदा जो शारिरीक रुपमा बलियो छ उसैले शासन गर्न थाले त्यस बखतसम्म विचार र सिद्धान्त गौण कुरा थियो । प्राय सबैजसो क्षेत्रमा बलिया मानिसहरुले राज गरी शासन सञ्चालन गर्न थाले, त्यसबखत ति शासकहरु नै सर्बेसर्ब थिए । तिनीहरुले बोलेको, उनीहरुको बुझाइ, तिनका विचार वा सिद्धान्त नै सबैले मान्नु पर्ने स्थिती थियो जसले दमन शाोषण, थिचो मिचो, दासी जस्तो थुप्रै बिक्रत प्रथा हाबि भयो । उक्त प्रथा विरुद्ध पीडित पक्षहरुले मोर्चा बनाइ दमन गर्नेहरु प्रति विभिन्न प्रकारका लडाई गरी आफ्नो छुट्टै विचार राखे यही दुई पक्षको विचारबाट उत्पति भयो राजनीति । मानिसहरु विचाररसिद्धान्त केन्द्रित हुन थाले, राज्यमा सोही अनुसारको विचार धारप्रति मानिस एक जुट भए । शासकको सिद्धान्त र विचार मनपराउने एक पक्षमा उभिए, हैन यो बेठिक हो वा मननपराउने अर्को सिद्धान्त निर्माण गरी अर्को पक्षमा उभियो । साही क्रममा देशदेश, शासकशासक, शक्तिशक्ति बिच ठूलो सानोको होडबाजी चल्यो र शक्ति वा देशदेश बिचको लडाई सुरुभयो । जसको फल स्वरुप प्रथम र दाश्रो विश्वयुद्ध आरम्भ भई ठूलो जनधनको क्षतिका साथ सम्पन्न भयो । तन्पश्ताच बल भन्दा बुद्धिको राजनीति आरम्भ भइ विश्व राजनीति यो अवस्थामा आइपुगेको छ ।
ब्रह्ममान्ण कत्रो छ भन्ने कसैले देखेको छैन, देख्न सक्ने सम्भावना पनि न्युन होला । विज्ञानले हेर्न खोज्ने प्रयास गरिरहेकै होला, यत्रो ठूलो ब्रह्ममान्ण भित्र हामीले सुनेको, पढेको र देखेको भनेको सुन्य दशमलव सुन्य केहि प्रतिशत हो । ब्रह्ममान्ण भित्रको सबै चिजविजहरुको आफ्नै नियम कानून छन् । सोही अनुसार सबै चलिरहेको हुनुपर्छ । यत्रो ब्रह्ममान्ण भित्रको एउटा ग्रह हो पृथ्वी जसभित्र एउटा भौगोलिक रुपमा सानो मुलुक हो नेपाल । भौगोलिक रुपमा सानो मुलुक भएता पनि राजनीतिक दृष्टिकोणमा एउटा विशाल देशको रुपमा विश्व सामु स्थापित छ । ससाना राज्यहरुलाई एकीकरण गरी एउटै मालामा उनी सिंगो देश नेपाल बनाउने पृथ्वीनारायण शाह हुन् । जसको प्रशंसक र आलोचक दुबै भेटिन्छन् भने अहिलेका नेताहरुको आलोचना हुनु केही पनि हैन । हालको नेपाली राजनीति कति कच्चा कति पक्का छ भन्ने नाप्ने विज्ञानले यन्त्र बनाएको त छैन तर बुद्धिजिवीले सापेक्ष रुपमा मापनका आधार तय गरेका छन् । जसको आधारमा नेपाली राजनीति बहुतै खल्लो पाइन्छ ।
राजनीति शाब्दिक रुपमा एउटा पद्धति भएतापनि उक्त पद्धतिको चालक नेता हो जसमा लिडरमा हुनुपर्ने विशेषता हुन जरुरी पर्छ । हाल नेपालमा मुख्य दुइधारको पार्टी हाबी छ कांग्रेस र कम्ष्युनिष्ट जसको वर्णन गर्न हजार जिब्रा भएका शेष नागले त सक्दैन्न होला यहाँ लेख्न के सकिन्छ र? अहिले यि दुइ धारबाट वाक्क भएर नेपालीहरुले बैकल्पिक धारको विचार अघि सारेका छन् । जसले जनता विश्वास जित्न केही वर्ष लाग्नु स्वभाविक हो । यि तिनै धारको विचार परिक्षित हुन आँउदो वैशाख ३० गते हुन लागेको स्थानीय चुनावमा होम्मि सकेका छन् । परापूर्व देखिका दुई धार र नँया बैकल्पिक रुपमा जगहाल्दै गरेको नँया धार जसको एजेण्डा खासै ठूलो छैन सरल, सहज रुपमा जनतालाई जीवन निर्वाह गर्न दिनु हो । हाल नेपाली जनता ः सिस्टम विक्रत, भ्रष्ट भएर आजित भएकै नतिजा हो तेश्रो धारको राजनीति । तेश्रो धार बोकेर हिँडेको सम्पूर्ण पार्टी वा स्वतन्त्र उम्मेदवार अब राजनीतिको समुद्रमा पसिसक्नु भएको हुँदा अब दुईवटा मात्र ढोका खुल्ला छ कि पौडेर पार लाउनु कि डुबेर मर्नु ।
तपाईको मत भनेको तपाईको गाँउको चाबि हो उक्त चाबि कसलाई सुम्पने बिचार आफै गर्नुहोस्, फुर्सदमा नपछुताउनु होला ।
हाल स्थानीय चुनाव मुखैमा आइरहेको सम्बन्धमा अधिकांश मतदाताहरु दोधारमा भएतापनि ती दोधारमा परेको मतदाताको पार्टीहरुले टाउको गन्ने र फकाउने कार्य भइरहेको छ । नेपाली राजनीतिमा युवालाई पुस्तान्तरण गर्ने महानेताहरुको खडेरी रहेपनि समय र मानिसको चेतनाको स्तर अलि सुध्रिए र होला यो पटक युवा उम्मेद्धवारको संख्या उल्लेख्य रुपमा देख्न सकिन्छ । हुन त नेपाली राजनीतिमा युवाको उमेर समुह तय गरिएको छैन ५०र६० वर्षका नेताहरु सभा सम्मेलनमा आफुलाई युवा नै भनि सम्बोधन गरेको सुन्न सकिन्छ । ८० प्रतिशत भन्दा बढी मानिसले आफ्नो उम्मेदवार चिनेको हुँदैन, नेपाली समाजमा ठूला मान्छे चिन्नु भनेको नाम सुन्नु, देख्नु वा एक पटक दोहोरो कुरा गर्नुलाई बुझिन्छ । चुनाव आउनु अगाडि जसलाई गालि गरिरहेको सुन्न पाइन्छ, चुनावी माहोल छाएपछि कसैको केहि लाग्दो रहेनछ सबै पखालिएर जाँदो रहेछ, पखाल्न प्रयोग हुने साबुन र सरफ चै पैसा वा अर्थ नै हुनुपर्छ जसको अगाडि सारा संसार नतमस्तक छ ।
हरेक खेलको आफ्नै नियम हुन्छ तर नेपालमा खेलिने राजनीतिको कुनै नियम देखिदैन, कुनै सीमा छैन जसले जसरी खेल्न सक्छन खेल्छन् र अधिकाशं नेतामा राजनीतिक धर्म नरहेको पाईन्छ भनेको नेताहरु सत्ता, शक्ति र पैसाको निम्ति आफ्नो नैतिकता बेच्न समेत लाज मान्न छाडिसकेको देख्न सकिन्छ । यो पटकको स्थानीय चुनावमा नेताका झोले, प्रत्यक्ष वा अप्रत्यक्ष आर्थिक लाभ, गैरकानूनी कामहरु गर्ने गराउने व्यक्ति वा व्यवसायि र नातागोतामा पर्ने मानिस बाहेकले नेता छान्ने उपायहरु पहिला जिते कै उम्मद्वार भए गाँउठाँउको लागि के गर्यो तपाइलाई उसले गरेको सेवा र काम ठिक लाग्यो मत दिनेर लागने नदिने ।
साबिककै उम्मेद्वार उठ्दा धेरै सजिलो छ अब नयाँ उठँदै छ भने कम्तिमा उसको पृष्ठभूमी एक घण्टा हेर्ने को हो यही गाँउको हो की पराई गाँउको, कति पढेको छ, पहिला के गर्दै थियो, मान्छे कस्तो हो, आफुलाई थाहा छैन भने सोधि खोजी गर्ने सहि गलत पहिचान गर्ने र आफ्नो चित्त बुझाएर मत खसाल्ने ताकि अरुलाई दोष लगाउने ठाँउ नहोस् । तपाईले मत दिनु भनेको आफ्नो गाँउको चाबि अरु कसैलाई पाँच वर्षको लागि सुम्पिनु हो अब तपाईको हातमा छ कसलाई चाबि दिने ।