Thursday, January 29, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home FEATURE

राजनीति, युवा नेतृत्व र युवा पुस्ता

खबरबिट by खबरबिट
16/03/2021
in FEATURE, विचार
0
राजनीति, युवा नेतृत्व र युवा पुस्ता
45
SHARES
1.1k
VIEWS
Share on FacebookShare on Twitter

यो लेख लेख्न बस्दै गर्दा बालुवाटार र शितलनिवाशमा सिमित युवाहरुको आन्दोलन नेपालमा प्रमुख सहरहरुमा पुगिसकेको छ । केही साता पहिला काठमाडौंलगायत प्रमुख सहरमा बैतडी घटनाको निष्पक्ष छानबिन र महिला हिंसाको विरोध गर्दै युवाहरु बोलिरहेका थिए । फेसबुक, ट्वीटर, युट्युबजस्ता सामाजिक सञ्जालमा युवाहरुले सरकार र व्यवस्थाविरुद्ध सधैँजसो आक्रोश पोखिरहेको देखिन्छ । महिला, दलित र अल्पसंख्यकमाथि हुने हिंसा एवं भ्रष्ट्राचार अन्त्य, चिकित्सा शिक्षा सुधारलगायत माग राख्दै हजारौँ युवा समयसमयमा सडकमा उत्रिरहेकै छन् । हरेक पटक युवाहरु स्वस्फूर्त सडकमा उत्रिँदा मूलधारको नेपाली राजनीति र समाज दुई धारमा विभाजित हुन्छ । पहिलो सत्तापक्ष, जो आरोप लगाउँछ । यी युवाहरु कसैबाट परिचालित छन् । यिनीहरु गणतन्त्रविरोधी हुन् र यिनले देशको स्थायित्व खलबल्याउने तत्वलाई साइबरसेनादेखि आफूले भए,पुगेसम्मको श्रोत र शक्तिको प्रयोग गर्न पनि पछि पर्दैन । दोस्रो प्रतिपक्षलगायत सत्ताको खबरदारि गरिरहनेहरु, जो यस्ता आन्दोलनको समर्थन गर्दै वक्तव्य निकालिरहेका हुन्छन । यस्ता आन्दोलनको अपनत्व ग्रहण गर्छन् । यिनिहरु आफू सत्ता र शक्तिमा रहँदै गर्दा पनि युवाहरु सडकमै आन्दोलन गर्दै थिए भने भुसुक्कै भुल्छन् ।

नेपालमा भएका हरेक ठूला आन्दोलनहरु युवा सहभागिताबिना असम्भवजस्तै थिए भन्नेमा कसैको दुईमत नहोला तर हरेक आन्दोलनपछि युवाहरु खोला तर्न प्रयोग भएका लठ्ठिजस्तै किनारामा फालिए । खोला तर्न युवाहरुको उपयोग सबैले गरे तर तिनिहरु के चाहान्छन् ? के सोच्छन् ? र उनीहरुका मुख्य मुद्दा केके होलान् भनेर सायद कसैले ध्यान दिएनन् । यसरी युवाहरुलाई सदैव पछाडि छाडिनु र तिनका मुद्दाको सुनुवाइ नहुनुको एउटा प्रमुख कारण मूलधारको नेपाली राजनीतिमा सशक्त युवा प्रतिनिधित्व नहुनु नै हो । केन्द्रीय तथ्यांक विभागको २०२० का लागि नेपालको अनुमानित जनसंख्यामध्ये १५ देखि ४० वर्ष उमेर समूहका युवाहरु कुल जनसंख्याको ४५ प्रतिशत छन् । मूलधारको राजनीतिमा यो पुस्ताको प्रतिनिधित्व गर्ने युवा नेतृत्व खोज्नचाहिँ दिउँसै टुकि बाल्नुपर्ने अवस्था छ । ५०-५२ वर्षका काका उमेर समूहका व्यक्तिहरुलाई अहिले हुर्कदै गरेको युवा पुस्ताले आफ्नो नेता मान्न सकिरहेको छैन । त्यसैले पनि यिनिहरु समयसमयमा व्यवस्थाका विरुद्ध सडकमा उत्रिन बाध्य छन् ।

READ ALSO

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

रामधुनीमा मोटरसाइकल दुर्घटना हुँदा तीनको मृत्यु, २ घाइते

पछिल्लो १० वर्ष नेपालमा हाम्रो कुरा बुझ्ने, हामीलाई कुरा बुझाउने र मूलधारको नेतृत्व एवं युवा पुस्ताबीचको सेतुको काम गर्ने युवा नेतृत्वको खडेरी देखिँदै आएको छ । यहि खडेरिका बीचमा नेपालमा एउटा पुस्ता पोलिटिक्स इज डर्टि गेम भनेर हुर्कियो । अहिले सामाजिक सञ्जाल, माइतीघर मण्डला अनि बालुवाटारतिर रचनात्मक रुपमा राजनीतिक व्यवस्था र सत्ताको विरोधमा उत्रिने युवा त्यहि पछिल्लो पुस्ता हो । मोफसलको युवा पुस्ताले पनि यहि पछ्याउँदै गरेको देखिन्छ ।

५०–५२ वर्षका काका उमेर समूहका व्यक्तिहरुलाई अहिले हुर्कदै गरेको युवा पुस्ताले आफ्नो नेता मान्न सकिरहेको छैन । त्यसैले पनि यिनिहरु समयसमयमा व्यवस्थाका विरुद्ध सडकमा उत्रिन बाध्य छन् ।

मुलधारको नेपाली राजनीतिमा यो पुस्ताको प्रतिनिधित्व खासै छैन । यिनीहरु के चाहन्छन्, यो पुस्ताको महत्वकांक्षा के हो ? यिनीहरु कस्तो भविष्यको कल्पना गर्दै छन् ? भन्ने कुराको हेक्का न नीति निर्माताले राखेका छन्,न त आफ्नो सम्पूर्ण जीवन देश र जनताको सेवा गर्न राजनीतिमा लागेका हौँ भन्नेहरुले अरुद्वारा परिचालित, कुरै नबुझि आन्दोलनमा लागेको, समय कटाउन र सामाजिक सञ्जालमा तस्बिर भर्न मात्रै यसरी सडकमा उत्रेको आरोप लाग्ने गरेको छ । यसो हुनुको मुख्य समस्या नेपालमा परिपक्क युवा नेतृत्वको अभाव हुनु हो ।

नेपाली राजनीतिमा सकृय युवा पुस्ता राजनीतिक संस्कारभन्दा धेरै गुटउपगुटद्वारा दीक्षित छ, आफू नजिकका ‘कमरेड’ अनि ‘दाइ’हरुकै स्तुति गान र त्यसबाट प्रप्त हुने क्षणिक लाभमै रमाइ रहेको छ । अहिले युवाहरु यस्तो सोच्दै छन्, हाम्रा मुद्दा यीयी हुन्, हामीले यस्तो भविष्यको परिकल्पना गरेका छौँ भनेर युवाहरुले मूलधारको नेतृत्वलाई सुनाउने अवसर बिरलै पाउँछन् । कहलिएको युवा नेतृत्व पनि बहुसंख्याक नेपाली युवाहरुको पहुँचबाट टाढै छ । युवा पुस्तासँग भोलिको परिकल्पना साकार पार्ने अवसर कम छ । तिनलाई सुनिदिने र उनीहरुको कुरा गम्भीर रुपमा लिइदिने राजनीतिक नेतृत्व बिरलै छ ।

युवा नेतृत्व परिपक्क नहुनुको दोष कसलाई दिने ? धेरै जसो यसको दोष युवा र विद्यार्थी राजनीतिमा लागेका युवा नेताहरुले नै पाउने गरेका छन् । अहिले युवा नेतृत्व संकटमा पर्नुका पछाडि लामो समय युवा नेतृत्व उत्पादन गन विद्यार्थी संगठनलगायत अन्य भातृ संगठनहरु चलाएका ४५÷५० वर्ष उमेर समुहका चल्तिका यी युवा नेतृत्व पक्कै भागिदार छन् । २०६२/०६३ सालमा युवा हुँदा उदाएको यो पुस्ता अहिले उमेरले ५० टेक्न लाग्दै गर्दा आफूलाई युवाहरुको प्रतिनिधि भन्दै उभ्याउन अलिकती पनि लाज मान्दैन । ०६२/०६३ पछि नेपालमा युवा नेतृत्वको पुस्तान्तरण भएन । स्थापित युवा नेतृत्वले आफूपछि आउने पुस्तालाई मार्गनिर्देशन गर्न चुक्यो र त्यो सिलसिला आजसम्म पनि जारी छ । तत्कालमा युवा नेतृत्वको संकटजस्तो मात्रै देखिए पनि भविष्यमा नेपालको मूलधारको राजनीतिको नेतृत्व गर्ने गरि एउटा जमात यसरी नै तयार हुँदैछ । कमरेडहरुको कृपा रहिरहने हुदाँ यो जमातले बाहिरबाट राजनीतिमा प्रवेश गर्न खोज्ने र यसमा गहिरो रुचि अनि इच्छा भएका नयाँ पुस्तालाई सहजै स्वीकार अवश्य गर्ने छैन । यो हामीले अहिले पनि देख्दै र भोग्दै आएको अवस्था हो ।

वर्तमान राजनीतिमा सक्षम र परिपक्क युवा नेतृत्व नहुनु भनेको भविष्यमा देशले पाउने राजनीतिक नेतृत्वमा पनि संकट आउनु हो । यस्तो अवस्था आउँदैन भनेर बहस गर्न सकिएला तर हाम्रो अहिलेको राजनीतिक संस्कारले इंगित गरेको भविष्य भने त्यहि नै हो । राजनीतिमा आफ्नोबाहेक विकल्प नदेख्ने नेपाली राजनीतिक नेतृत्वले आफुपछिको पुस्ता तयार पार्न त चुक्यो नै, गलत राजनितिक संस्कारलाई बढावा दिँदै भविष्य पनि अनिश्चित राखिदियो । डरलाग्दो विषयचाहिँ पहिलो पुस्ताको अवसानपछि आउने अर्काे पुस्ता पनि आफ्नोबाहेक विकल्प नदेखी आउँदै छ ।

नेपाली राजनीतिमा सकृय युवा पुस्ता राजनीतिक संस्कारभन्दा धेरै गुटउपगुटद्वारा दीक्षित छ, आफू नजिकका ‘कमरेड’ अनि ‘दाइ’हरुकै स्तुति गान र त्यसबाट प्रप्त हुने क्षणिक लाभमै रमाइ रहेको छ ।

‘युवाहरु नेतृत्व गर्न सक्दैनन्’ भन्दै गर्दा युवा नेतृत्व यस्तो अवस्थामा आउनुका कारण पनि विचार गर्ने कि ? के नेपाली राजनीति अनि समाजले २५÷३५ वर्षका संघीय सांसद स्वीकार गर्न सक्ला ? हामीले युवा नेतृत्व तयार गर्न केही गरेका छौं ? भ्रातृ संगठनमा गुट÷उपगुट चलाउने, आन्दोलन र मोटरसाइकल र्याली गर्नेबाहेकका अन्य पार्टी एवं संस्थागत जिम्मेवारी युवाहरुलाई हाम्रो राजनीतिक नेतृत्वको कहिले परीक्षण गर्यो ? राजनीतिमा आफ्नो क्षमताको परीक्षण गराउन युवा कहलिएका नेतृत्वले ५० वर्ष उमेर कटाउनैपर्ने हो ? राजनीतिबाहेक अन्य क्षेत्रमा युवाहरुले क्षमता प्रस्तुत गरेर आफुलाई प्रमाणित गरेका थुप्रै उदाहरण हामीसँग छन् । राजनीतिबाहेकका अन्य क्षेत्रमा युवाहरुले अवसर पाएकै कारण आफूलाई प्रमाणित गरेका हुन् । नेपाली युवाहरुमा राजनीति, राजनीतिक दल र नेतृत्वप्रतीको वितृष्णा जगाउने एउटा प्रमुख कारण यो पनि हो ।

युवा नेतृत्वको कुरा गर्दै गर्दा हाम्रो समाज अनि सामाजिक संस्थाहरुले युवा राजनितिलाई कसरी लिन्छन् भन्ने अर्को महत्वपूर्ण विषय हो । हामीकहाँ राजनीतिमा लाग्ने युवा नेतृत्वलाई खोजी गर्दा गर्दै आफ्ना छोरा वा भाइ भतिज भने सकेसम्मको राजनीतिबाट टाढै बसोस् भन्ने लाग्छ । हाइस्कुलसम्मको पढाइमा राजननीतिलाई नकारात्मक रुपमा चित्रण गरिन्छ । विश्वविद्यालयमा राजनीति भनेकै आन्दोलन हो भन्ने सिकाइएको हुन्छ अनि परिकल्पना भने सक्षम युवा राजनीतिक नेतृत्वकै रहिरहन्छ । देशमा युवा नेतृत्वको आवश्यक्ता बोध न राज्यले गरेको छ, न समय समयमा युवाहरुलाई प्रयोग गरेर माथि उठेका राजनीतिक दल अनि नागरिक समाजले नै, न त हाम्रा विश्वविद्यालय र हाम्रो सामाजिक संरचनाले नै, हामीले अहिले भोगेको युवा नेतृत्वको संकटको मूल जरो यही नै हो । नेपालले छोटो समयमा थुप्रै राजनीतिक व्यवस्था परिवर्तन गरेर पनि राजनीतिमा असल लोकतान्त्रिक संस्थाको जग बस्न नसक्नु हाम्रो तीतो यथार्थ हो ।

सक्षम र परिपक्क युवा नेतृत्वको परिकल्पना गर्दै गर्दा हामीले युवाहरुलाई जिम्मेवारी दिँदै परीक्षण गर्नु जरुरि छ । अहिले युवाहरुले राजनीतिमा आफ्नो स्थान आफैँ खोज्दै छन् । समयसमयमा हुने रचनात्मक आन्दोलनहरुमार्फत युवाहरु आफैँले मुलधारको राजनीतिसँग संवाद र सहकार्यको आहृवान गर्दै छन् । अहिले पनि हामीले युवा नेतृत्व निर्माणमा लगानी गरिएन, युवाहरुलाई आफ्नो क्षमता परीक्षण गर्ने अवसर प्रदान गरिएन भने हामी युवा मात्रै होइन, सक्षम राजनीतिक नेतृत्वकै संकटमा पर्ने निश्चित छ ।

लेखक इटहरी नमुना कलेजमा आमसञ्चार तथा पत्रकारिता अध्ययनरत छन् ।

Tags: युवाराजनीतिविचार

Related Posts

पाकिस्तान छाडेको दुई महिनामै पत्रकार शरिफकाे हत्या
FEATURE

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

06/07/2025
ट्याक्टर दुर्घटना हुँदा ताप्लेजुङमा ४ जनाको मृत्यु
FEATURE

रामधुनीमा मोटरसाइकल दुर्घटना हुँदा तीनको मृत्यु, २ घाइते

29/06/2025
आईएमई पे र खल्तीलाई मर्जरका लागि राष्ट्र बैंकको अन्तिम स्वीकृति, वालेटको नाम खल्ती रहने
FEATURE

आईएमई पे र खल्तीलाई मर्जरका लागि राष्ट्र बैंकको अन्तिम स्वीकृति, वालेटको नाम खल्ती रहने

24/06/2025
‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई
FEATURE

‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई

15/06/2025
चालू आर्थिक वर्षमा पेट्रोलियम पदार्थको खपतमा कमी
FEATURE

बढ्यो पेट्रोल र डिजेलको मूल्य

15/06/2025
इजरायल र इरानमा रहेका सबै नेपाली सुरक्षितः परराष्ट्र मन्त्रालय
FEATURE

इजरायल र इरानमा रहेका सबै नेपाली सुरक्षितः परराष्ट्र मन्त्रालय

15/06/2025
Next Post
‘लाइसेन्स’ माग गर्दै इटहरी नमुना कलेजका विद्यार्थीले मनाए सामाजिक कार्य दिवस

'लाइसेन्स' माग गर्दै इटहरी नमुना कलेजका विद्यार्थीले मनाए सामाजिक कार्य दिवस

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.