सुनसरीका पुराना पत्रकार याम प्रधानको निधन भएको छ ।
लामो समय देखि दुबै मृगौला फेल भएर उपचार गदै आएका प्रधानको आफ्नै निवासमा बिहीबार बिहान ३ बजे निधन भएको हो । नेपाल पत्रकार महासंघ सुनसरीका पूर्व अध्यक्ष, नेपाल प्रेस युनियनको पूर्व उपाध्यक्ष तथा प्रेस स्वतन्त्रता सेनानी प्रधानको निधन भएको हो ।
पत्रकारितामा सक्रिय प्रधानलाई लामो समय देखि मृगौलाको डाईलेसिस गराउँदै राखिएको थियो । बिहीबार नै गंगा जमुना मुक्तिघाटमा उनको दाहसंस्कार गरिएको छ ।