पोखरामा सम्पन्न शारीरिक सुगठनमा प्रदेश १ ले एक स्वर्ण प्राप्त गर्याे । यसअघि पौडी, सफ्ट टेनिस र तेक्कवान्दोमा प्रदेश १ ले स्वर्ण पदक पाइसकेको छ ।
प्रदेश १ बाट प्रतिनिधित्व गरेका धरानका अवतार श्रेष्ठले शारीरिक सुगठनतर्फ स्वर्ण पदक जितेका हुन् ।
शारीरिक सुगठनका प्रदेश १ का प्रशिक्षक राम दाहालका अनुसार श्रेष्ठले पुरुष फिजिक्सको १७० सेन्टिमिटर माथिको विधामा स्वर्ण जितेका हुन् । श्रेष्ठ प्रथम रेनबो क्लासिक राष्ट्रव्यापी पुरुष फिजिक्सको समेत जितिसकेका खेलाडी हुन् ।