Friday, April 17, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home मुख्य समाचार

कांग्रेसमा समानुपातिक तर्फको पुरुष सांसद छनौटमा हानाथाप सुरू

खबरबिट by खबरबिट
08/12/2022
in मुख्य समाचार, समाचार
0
बागी उम्मेद्वारलाई पुर्नविचार गर्न नेपाली कांग्रेसको आग्रह (विज्ञप्तिसहित)
74
VIEWS
Share on FacebookShare on Twitter

गत मंसिर ४ गते भएको प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनको अन्तिम मतपरिणाम आएसंगै दलहरुमा प्रतिनिधिसभाको समानुपातिकतर्फ सांसदको नाम छनौट सुरु भएको छ । जस अन्तरगत नेपाली कांग्रेसलाई प्रतिनिधिसभाको समानुपातिक तर्फका तीन पुरुष सांसद छनोट गर्न सकस पर्ने भएको छ ।

समानुपातिकतर्फ कांग्रेसले ३२ सिट पाएको छ । संघीय संसदमा हरेक दलले ३३ प्रतिशत महिला सांसद निर्वाचित गर्नुपर्ने भएकाले कांग्रेसले ३२ मध्ये २९ जना महिला नै पठाउनुपर्छ । बाँकी ३ जनामा भने पुरुषलाई पठाउन पनि सक्छ ।

READ ALSO

डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको बढेन

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

यही तीन सिटका लागि पूर्व र वर्तमान पदाधिकारीको हानथाप हुने देखिएको छ । समानुपातिकतर्फको बन्दसूचीमा आआफ्नो क्लस्टरको पहिलो नम्बरमा डा. प्रकाशशरण महत, विमलेन्द्र निधि र गोपालमान श्रेष्ठ पूर्वपदाधिकारी हुन् ।

जीवन परियार र फरमुल्लाह मन्सुर हालका सहमहामन्त्री हुन् । वर्तमान पदाधिकारीलाई छनोट गर्ने कि पूर्व पदाधिकारीलाई चयन गर्ने भन्ने विषयमा देउवामाथि दबाव परेको छ । नेता विजय गच्छदार निकटलाई पनि संसदमा र्पुयाउनुपर्ने दबाव पनि देउवालाई छ ।

पार्टी प्रवक्ता डा.प्रकाशशरण महत खस आर्य तर्फको पहिलो नम्बरमा छन् । पूर्व उपसभापति श्रेष्ठ आदिवासी जनजातितर्फ र निधि मधेसीतर्फ पहिलो नम्बरमा बसेका छन् । महत, निधि र श्रेष्ठलाई सभापति देउवाले अघि बढाए भने जीवन परियार, फरमुल्लाह मन्सुर र योगेन्द्र चौधरी सांसद बन्ने बाटो रोकिन्छ । परियार दलित, मन्सुर मुस्लिम र चौधरी थारु क्लष्टरको पहिलो नम्बरमा छन् ।

कांग्रेसले प्रत्यक्षतर्फ एक जना पनि दलित उम्मेदवार बनाएन । मुस्लिम समुदायबाट रौतहट २ बाट उम्मेदवार बनेका फिरदोस आलम पराजित भए । योगेन्द्र दाङ १ का टिकट आकांक्षी थिए । तर सत्ता गठबन्धनमा सिट बाँडफाँट गर्दा यो क्षेत्र एकीकृत समाजवादीलाई दिनुपर्ने भएपछि योगेन्द्र समानुपातिकमा बसेका थिए ।

तर अब तीन सिटमा को जाने भन्ने विवाद छ । सहमहामन्त्री परियार, डा। शेखर कोइराला समूहका नेता हुन् । मन्सुर र चौधरी संस्थापन पक्षका हुन् । नेता शेखर पक्षको जोड परियारलाई सांसद बनाउनुपर्नेमा छ । गच्छदारको समूहले भने एकता प्रक्रियामा आएका अरुले चुनाव नजितेकाले योगेन्द्रलाई लैजानुपर्नेमा जोड दिएको छ ।

महत देउवाका सधैंका विश्वासपात्र हुन् । १४ औं महाधिवेशनमा महामन्त्रीमा पराजित भएका उनलाई देउवाले प्रवक्ता बनाएका छन् । अर्का नेता श्रेष्ठ पनि सभापति देउवाका सधैंका सारथि हुन् । १४ औं महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिएर पराजित भएका निधिले भने दोस्रो चरणमा देउवालाई साथ दिएका थिए । अहिले उनी सभापति देउवासँग सम्बन्ध सुधारका लागि प्रयासरत छन् ।

तुलनात्मक रुपमा कांग्रेसबाट संसदमा खस आर्य समुदायको उपस्थिति बढी भएपनि सभापति देउवाले महतलाई समानुपातिक सांसद बनाउन खोजेको नेताहरु बताउँछन् । महाधिवेशनमा दोस्रो चरणमा सहयोग गरेको गुन तिर्नका लागि उनले निधिलाई पनि रोज्न सक्छन् । कांग्रेस विभाजन गरेर कांग्रेस प्रजातान्त्रिक बनाउँदाको कालदेखि देउवालाई साथ दिँदै आएका श्रेष्ठ पनि उनको रोजाइमा पर्नसक्छन् ।

कांग्रेसभित्र प्रत्यक्षमा प्रतिस्पर्धा गर्न हिम्मत जुटाउन नसकेर समानुपातिकमा बसेका नेताहरुलाई छनोट गर्न नहुने स्वर सुनिन थालेको छ । ‘दलितमा एउटालाई पनि प्रत्यक्षको टिकट दिइएन । अनि, समानुपातिकबाट पनि उनीहरुलाई रोक्ने ?’ कांग्रेसका एक नेता भन्छन् ‘समावेशिताको आधारमा दलितबाट जीवन परियार, थारुबाट योगेन्द्र चौधरी, र मुस्लिमबाट फरमुल्लाह मन्सुर आउनुपर्ने हो ।’

देउवाका लागि विवेक प्रयोग गर्ने विकल्प भने कायम छ । दलित, मुस्लिम र थारु क्लष्टरको पहिलो नम्बरमा भएका व्यक्तिहरुको नाम उनले छनोट गर्नसक्ने अवस्था छ । समानुपातिक तर्फका उम्मेदवार छनोट गरी निर्वाचन आयोगलाई सूची पठाउन केन्द्रीय कार्यसम्पादन समितिको बैठक शनिबार डाकिएको छ ।

Tags: नेपाली कांग्रेसप्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनसमानुपातिक सांसद छनाैट

Related Posts

चालू आर्थिक वर्षमा पेट्रोलियम पदार्थको खपतमा कमी
FEATURE

डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको बढेन

15/04/2026
इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने
समाचार

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

26/01/2026
शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र
समाचार

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र

15/08/2025
झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी
समाचार

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

14/08/2025
माछा मार्ने क्रममा करेन्ट लागेर एकको मृत्यु
समाचार

सुनसरीको हरिनगरमा गोली प्रहार गरी सालीको हत्या

14/07/2025
पाकिस्तान छाडेको दुई महिनामै पत्रकार शरिफकाे हत्या
FEATURE

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

06/07/2025
Next Post
आम आदमीले भारतमा पायो राष्ट्र्रिय पार्टीको हैसियत

आम आदमीले भारतमा पायो राष्ट्र्रिय पार्टीको हैसियत

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.