Saturday, February 21, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home FEATURE

अझै सञ्चालनमा आएन रामधुनीको आइसोलेसन सेन्टर, बिरामी समस्या भाेग्न बाध्य

आर.बी. कटवाल by आर.बी. कटवाल
26/05/2021
in FEATURE, काेराेना अपडेट, मुख्य समाचार, समाचार
0
अझै सञ्चालनमा आएन रामधुनीको आइसोलेसन सेन्टर, बिरामी समस्या भाेग्न बाध्य
50
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

रामधुनी । दोस्रो भेरियन्टको कोरोना संक्रमणको महामारी फैलिँदै गर्दा अझैसम्म सुनसरीको रामधुनी नगरपालिकामा आइसोलेसन सेन्टर सञ्चालनमा आउन सकेको छैन । रामधुनी ५ मा रहेको अस्थायी कोभिड अस्पतालाई आइसोलेसन सेन्टर बनाउने भनी नगरपालिकाले सोही अनुसार तयारी गरेपनि यतिका समय भइसक्दा पनि आइसोलेसन सञ्चालनमा आउन सकेको छैन ।

सञ्चालन हुन ढिलाइ भएपछि नगरवासी भने समस्या भोग्न बाध्य छन् । आफ्नै नगरले समयमा आइसोलेसन सञ्चाल गर्न नसक्दा बिरामी बोकेर आफन्त उपचारका लागि भौतारिनुपर्ने अवस्था छ ।

READ ALSO

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र

जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को बैठकले जिल्लाका सबै स्थानीय तहहरुलाई आइसोलेसन केन्द्र तयारी गरी सञ्चालनमा ल्याउन निर्देशन दिएको थियो । जिल्लाका अधिकांश स्थानीय तहले सो निर्देशन पालना गरेपनि रामधुनीमा भने अझै १० बेडको आइसोलेसन सेन्टर सञ्चालनमा आउन सकेन । एक साता अगाडि नै नगरपालिकाले आफ्नो आधिकारिक फेसबुक पेजमा सिलिन्डर, सीसीटिभीसहित १० बेडको आइसोलेसन सेन्टरको तयारी अन्तिम चरणमा रहेको सार्वजनिक गरेको थियो ।

तर, नगरपालिकाले मंगलबार बैठकबाट थप एक चिकित्सक निर्णय गर्दै सूचना प्रकाशित गर्यो । यसअघि सिलिन्डर अभावमा र यतिबेला चिकित्सक अभावमा भन्दै सञ्चालन हुन ढिलाइ भइरहेको छ । उता नगरपालिकाले कोभिडका बिरामी बोक्न बक्लौरी स्वास्थ्य चौकीको एम्बुलेन्स व्यवस्था गरेको थियो तर हाल सो एम्बुलेन्स बिग्रिएको छ ।

आइसोलेसन सञ्चालनमा नआउँदा बिरामीलाई उपचार गराउन समस्या
आफ्नै स्थानीय सरकारले सञ्चालनमा ल्याउने भनेको आइसोलेसन सेन्टर सञ्चालनमा नआउँदा कोभिडका बिरामीले अस्पतालमा बेड नपाएर घरमै फर्काइरहनुपरेको छ । धरान, विराटनगरका अस्पतालमा पनि बेड नपाइरहेको अवस्थामा नगरको आइसोलेसनमा बिरामी राख्न नपाइरहेको भन्दै कोभिडका बिरामी तथा आफन्तले गुनासो गरेका छन् । केही दिन अघि रामधुनी ८ की एक वृद्धमा अक्सिजन लेभल कम भएपछि उनलाई उपचारका लागि उनका छोराले छिमेकी नगरसँग आइसोलेसनमा बेडका लागि बिन्ति गर्नुपर्यो । उनलाई थाहा थियो रामधुनीमा आसोलेसन केन्द्र सञ्चालनमा छैन । उनले नोबेल अस्पताल पनि पुर्याए तर त्यहाँ न अक्सिजन न बेड पाइयो ।

जिल्ला अस्पतालमा समेत राम्रो व्यवहार नभएपछि उनले हाल निवासमै आमाको उपचार गराइरहेका छन् । ‘जिल्ला अस्पतालमा लैजाँदा पनि राम्रो व्यवहार गरिएन’ उनले भने, ‘रामधुनीमा आइसोलेसन सञ्चालनमा छैन, तर वार्डअध्यक्ष तथा नगरप्रमुखले समन्वय भने गरिरहनुभएको छ ।’ उनले आमाको पीसीआर परीक्षण गरेको र रिपोर्ट १/२ दिन भित्र आउने बताए । उनी रिपोर्ट पोजेटिभ आए आमालाई होमआइसोलेसनमा नै राख्ने योजनामा छन् तर, अक्सिजन नगरपालिकाले व्यवस्थापन गर्छ भन्नेमा आशावादी रहेको उनले बताए । बाहिर उपचार गराउँदा हरेक सामान महँगोमा किन्नुपरेको अनुभव उनले सुनाए । रामधुनीका अन्य कोभिडका बिरामी समेत यतिबेला उपचारका लागि भौतारिनुपर्ने अवस्था छ ।

नगरप्रमुख चौधरी भन्छन्, : सोचे झैं सहज छैन, प्रक्रियागत रुपमा जानुपर्छ
रामधुनी नगरपालिकाका नगरप्रमुख जयप्रकाश चौधरीले बाहिर नगरवासीले भनेजस्तो आइसोलेन सेन्टर सञ्चालन गर्न सहज नभएको प्रतिक्रिया दिए । ‘बाहिर जसरी भनिन्छ त्यसी सहज छैन । चाँडो होस भन्ने सबैले चाहेपनि धेरै कुराहरुलाई मिलाउनुपर्ने हुन्छ’ उनले भने, ‘एक चिकित्सकले २४ घण्टा खट्न सक्दैन, प्रक्रियागत रुपमा जाँदा अझै एक चिकित्सकको लागि सूचना निकालिएको छ ।’ उनले चिकित्सक छनोट हुने बित्तिकै आइसोलेसन सेन्टर सञ्चालनमा आउने बताए । चिकित्सकको आवासका लागि घर समेत खोजी भइरहेको र नभेटिएको उनले बताए । हाल १० बेडको आइसोलेसन तयार भएपनि क्रमागत रुपमा बढाउने उनको भनाइ छ । बक्लौरी स्वास्थ्य चौकीको एम्बुलेन्स बिग्रिएकोले हाल नगरको गाडी प्रयोगमा रहेको र वैकल्पिक व्यवस्था पनि रहेको उनको भनाइ छ ।

कोभिड अस्पतालका चिकित्सक भन्छन्, ‘कार्यालय समयमा मात्र फोन गर्नुस्’
नगरवासीलाई कुनै पनि स्वास्थ्य समस्या आइहाले सम्पर्क गर्न भनि केही दिन अघि नगरपालिकाले मोबाइल नम्बर सार्वजनिक गरेको थियो । तर, बिरामी तथा बिरामीका आफन्तले समस्या राख्न खोज्दा कोभिड अस्पतालका चिकित्सकले गैरजिम्मेवारी पूर्वक जवाफ दिएका छन् । रामधुनीका एक व्यक्तिसँगको फोन सम्पर्कमा उनले १० बजेदेखि ५ बजेसम्म मात्र फोन गर्नुपर्ने बताएका छन् । उता, उनले आफूले त्यसो नभनेको बरु राति २ बजे आउने फोन समेत उठाएर परामर्श दिने गरेको जिकिर गरे । दैनिक १५ १६ वटा फोन आउने गरेको उनको भनाइ छ । केही फोन स्वास फेर्न गाह्रो भएको विषयमा र अधिकांश फोन ज्वरो, रुघा, खोकी, औषधि कुन खाने लगायतका विषयमा आउने गरेको ठाकुरले बताए ।

पीसीआर परीक्षणको दायरा बढेन, नगरसँग सबै संक्रमितको डाटा छैन
कोभिड संक्रमण समुदायस्तरमा फैलिसकेको छ । सुनसरीकै अधिकांश पालिकाहरुले परीक्षणको दायरा बढाइरहेकोबेला रामधुनीमा भने निकै कम छ । परीक्षणको दायरा बढाउन रामधुनी नगरपालिकाले कुनै पनि चासो नदिएको रामधुनी नगरबासीको गुनासो छ । नगरपालिकाले नै सार्वजनिक गरेका तथ्यांकले पनि परीक्षण एकदमै थोरै भएको र त्यसमा पनि वार्ड नम्बर १ र ५ का नागरिकको बढी परीक्षण गरिएको देखिन्छ । छिमेकी नगरमा दैनिक परीक्षण भएपनि रामधुनीमा तुलनात्मक रुपमा कम भएको रामधुनी १ का जितेन्द्र चौधरीले बताए । नगरले परीक्षणको दायरा बढाउनुपर्ने उनको भनाइ छ । तर उता नगरप्रमुख चौधरीले भने पछिल्लो एक सातादेखि भासी मा.वि.मा दैनिक परीक्षण भइरहेको प्रतिक्रिया दिए । नगरपालिका स्वास्थ्य शाखा प्रमुखले समीम अंसारीले भने हालसम्म १ पटक पीसीआर र ४ पटक एन्जिटेन पद्दतीबाट परीक्षण गरिएको जानकारी दिए ।

धरान तथा विराटनगरका अस्पतालहरुबाट गरिएको परीक्षणको कुनै पनि तथ्यांक नगरपालिकासँग छैन । यो समाचार तयार गर्दासम्म नगरपालिकामा १ सय १८ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । अंसारीका अनुसार यो तथ्यांक नगरले अहिलेसम्म गरेको १ पिसीआर र ४ एन्टिजेन परीक्षणबाट प्राप्त रिपोर्टको मात्र हो । अन्यत्र गरिएको परीक्षणबाट प्राप्त रिपोर्टको तथ्यांक जिल्ला स्वास्थ्य कार्यालयबाट आउने उनले बताए । सो कार्यालयबाट नआउने तथ्यांक नगरपालिकासँग नहुने उनले स्पष्ट पारे । यसरी हेर्दा नगरपालिकामा १ सय १८ भन्दा बढी कोरोना संक्रमित रहेको देखिन्छ ।

गम्भीर हुन नगरवासीको अनुरोध
स्वास्थ्य जस्तो संवेदनशिल क्षेत्रमा नगरले खासै चासो र सक्रियता नदेखाएको रामधुनी झुम्काका सामाजिक कार्यकर्ता पुष्प कार्कीले बताए । ‘नगरले चासो देखाउने हो भने रामधुनीका धेरै सामाजिक संघसंस्थाहरु सहकार्य गर्न तयार छन्’ उनले भने, ‘तर नगरपालिका यस विषयमा गम्भीर देखिएन ।’

नेपाली कांग्रेस रामधुनी नगर सभापति सुदिप अधिकारी नगर गम्भिर भएर नगरवासीको समस्या समाधानमा लाग्नुपर्ने बताउँछन् । ‘समस्याको निराकरण नै नभए पनि कम्तिमा तत्कालै होल्डिङ्ग सेन्टरकै रुपमा भए पनि अस्थायि कोभिड अस्पतालमा सन्क्रमितलाई राख्न सके नगरपालिकाले गर्दै गरेको महशुस नगरवासीमा हुने थियो की ?’ उनी नगरलाई प्रश्न गर्छन्, ‘होइन भने यसैगरी आलटाल गर्दै जाने हो र सम्बन्धित पक्ष सरोकारवाला रु आफ्नो दायित्वबाट पन्छिने हो भने भोलि नगरभित्र भयावह स्थिती सिर्जना हुदाँ जवाफदेही को हुने ?’

नगरले आफ्ना नगरवासीको ज्यान बचाउन के कस्तो तयारी गरिरहेको छ ? के योजना छ ? सो विषयमा जानकारी दिनुपर्ने सविन दाहाल बताउँछन् ।

 

Tags: आइसोलेसन सेन्टरखबरबिट स्थानीयरामधुनीरामधुनी नगरपालिका

Related Posts

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने
समाचार

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

26/01/2026
शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र
समाचार

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र

15/08/2025
झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी
समाचार

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

14/08/2025
माछा मार्ने क्रममा करेन्ट लागेर एकको मृत्यु
समाचार

सुनसरीको हरिनगरमा गोली प्रहार गरी सालीको हत्या

14/07/2025
पाकिस्तान छाडेको दुई महिनामै पत्रकार शरिफकाे हत्या
FEATURE

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

06/07/2025
ट्याक्टर दुर्घटना हुँदा ताप्लेजुङमा ४ जनाको मृत्यु
FEATURE

रामधुनीमा मोटरसाइकल दुर्घटना हुँदा तीनको मृत्यु, २ घाइते

29/06/2025
Next Post
ओलीलाई राष्ट्रपतिसँगै न्यायालय, निर्वाचन आयोग र नेपाली सेनाको साथ ?

ओलीविरुद्ध डटेर लड्न १५ नेता एकजुट

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.