Fri 2025, May
No Result
View All Result
  • गृह
  • खबर
    • स्थानीय
    • समाचार
    • मुख्य
    • प्रदेश खबर
    • अन्तर्राष्ट्रिय
  • रंग

    ‘राष्ट्रिय बाल चलचित्र महोत्सव’ मा बाल लघु चलचित्र ‘गौँथली’ प्रदर्शन गरिने

    चलचित्र महोत्सव २०८१ : अभिनेता शिव श्रेष्ठसहित दुई दर्जन चलचित्रकर्मी सम्मानित

    र्‍याप गायनमा रुचि भएका युवाका लागि अवसर : ‘झुम्का साइफर’ शो सुरु हुँदै

    Trending Tags

    • भिडियाे
    • नृत्य प्रतियाेगिता
    • सांगीतिक
    • चलचित्र
  • विचार

    ‘नैतिक शिक्षा’ समाज निर्माणको आधार

    मौलिक संस्कृतिको पलायनतामा बजारशास्त्रको भूमिका

    सुनसरीमा पर्यटन विकासको सम्भावना

    Trending Tags

    • फोटो

      झुम्का बजार अनुगमनका केही दृश्यहरू (फाेटाेफिचर)

      रामधुनीमा छठ पर्वको अन्तिम तयारीमा भक्तजन (फोटो स्टाेरी)

      १२ तस्बिरमा हेर्नुहोस् सुन्दर ‘रामधुनी मन्दिर’

      Trending Tags

      • फाेटाे स्टाेरी
    • विविध
      • पत्रपत्रिका
      • पर्यटन

        दक्षिण एसियाकै पहिलो होमस्टे : स्याङ्जाकाे ‘सिरुबारी’

        यात्रा : इटहरी-घलेगाउँ-पोखरा

        विश्व सिमसार दिवस : हसिना सिमसारमा मेला [फोटोफिचर]

        Trending Tags

        • पर्यटन
        • पर्यटनमन्त्री
      • साहित्य

        गजल सङ्ग्रह ‘सराब’माथि विमर्श तथा गजल वाचन

        कविता : मलाई गितार मनपर्छ

        महँगी र मायालु (कविता)

        Trending Tags

        • खबरबिट साहित्य
      • अन्तर्वार्ता
      • भिडियो
      • प्रविधि
      • खेलकुद
      • रोजगार
      • विचित्र संसार
      • पुरानाे
      • निर्वाचन २०७९
    No Result
    View All Result

    अझै सञ्चालनमा आएन रामधुनीको आइसोलेसन सेन्टर, बिरामी समस्या भाेग्न बाध्य

    आर.बी. कटवाल by आर.बी. कटवाल
    प्रकाशित मिति : २०७८ जेष्ठ १२ गते, १८:०८ बजे
    350
    SHARES
    ShareTweetSubscribe

    रामधुनी । दोस्रो भेरियन्टको कोरोना संक्रमणको महामारी फैलिँदै गर्दा अझैसम्म सुनसरीको रामधुनी नगरपालिकामा आइसोलेसन सेन्टर सञ्चालनमा आउन सकेको छैन । रामधुनी ५ मा रहेको अस्थायी कोभिड अस्पतालाई आइसोलेसन सेन्टर बनाउने भनी नगरपालिकाले सोही अनुसार तयारी गरेपनि यतिका समय भइसक्दा पनि आइसोलेसन सञ्चालनमा आउन सकेको छैन ।

    सञ्चालन हुन ढिलाइ भएपछि नगरवासी भने समस्या भोग्न बाध्य छन् । आफ्नै नगरले समयमा आइसोलेसन सञ्चाल गर्न नसक्दा बिरामी बोकेर आफन्त उपचारका लागि भौतारिनुपर्ने अवस्था छ ।

    जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को बैठकले जिल्लाका सबै स्थानीय तहहरुलाई आइसोलेसन केन्द्र तयारी गरी सञ्चालनमा ल्याउन निर्देशन दिएको थियो । जिल्लाका अधिकांश स्थानीय तहले सो निर्देशन पालना गरेपनि रामधुनीमा भने अझै १० बेडको आइसोलेसन सेन्टर सञ्चालनमा आउन सकेन । एक साता अगाडि नै नगरपालिकाले आफ्नो आधिकारिक फेसबुक पेजमा सिलिन्डर, सीसीटिभीसहित १० बेडको आइसोलेसन सेन्टरको तयारी अन्तिम चरणमा रहेको सार्वजनिक गरेको थियो ।

    तर, नगरपालिकाले मंगलबार बैठकबाट थप एक चिकित्सक निर्णय गर्दै सूचना प्रकाशित गर्यो । यसअघि सिलिन्डर अभावमा र यतिबेला चिकित्सक अभावमा भन्दै सञ्चालन हुन ढिलाइ भइरहेको छ । उता नगरपालिकाले कोभिडका बिरामी बोक्न बक्लौरी स्वास्थ्य चौकीको एम्बुलेन्स व्यवस्था गरेको थियो तर हाल सो एम्बुलेन्स बिग्रिएको छ ।

    आइसोलेसन सञ्चालनमा नआउँदा बिरामीलाई उपचार गराउन समस्या
    आफ्नै स्थानीय सरकारले सञ्चालनमा ल्याउने भनेको आइसोलेसन सेन्टर सञ्चालनमा नआउँदा कोभिडका बिरामीले अस्पतालमा बेड नपाएर घरमै फर्काइरहनुपरेको छ । धरान, विराटनगरका अस्पतालमा पनि बेड नपाइरहेको अवस्थामा नगरको आइसोलेसनमा बिरामी राख्न नपाइरहेको भन्दै कोभिडका बिरामी तथा आफन्तले गुनासो गरेका छन् । केही दिन अघि रामधुनी ८ की एक वृद्धमा अक्सिजन लेभल कम भएपछि उनलाई उपचारका लागि उनका छोराले छिमेकी नगरसँग आइसोलेसनमा बेडका लागि बिन्ति गर्नुपर्यो । उनलाई थाहा थियो रामधुनीमा आसोलेसन केन्द्र सञ्चालनमा छैन । उनले नोबेल अस्पताल पनि पुर्याए तर त्यहाँ न अक्सिजन न बेड पाइयो ।

    जिल्ला अस्पतालमा समेत राम्रो व्यवहार नभएपछि उनले हाल निवासमै आमाको उपचार गराइरहेका छन् । ‘जिल्ला अस्पतालमा लैजाँदा पनि राम्रो व्यवहार गरिएन’ उनले भने, ‘रामधुनीमा आइसोलेसन सञ्चालनमा छैन, तर वार्डअध्यक्ष तथा नगरप्रमुखले समन्वय भने गरिरहनुभएको छ ।’ उनले आमाको पीसीआर परीक्षण गरेको र रिपोर्ट १/२ दिन भित्र आउने बताए । उनी रिपोर्ट पोजेटिभ आए आमालाई होमआइसोलेसनमा नै राख्ने योजनामा छन् तर, अक्सिजन नगरपालिकाले व्यवस्थापन गर्छ भन्नेमा आशावादी रहेको उनले बताए । बाहिर उपचार गराउँदा हरेक सामान महँगोमा किन्नुपरेको अनुभव उनले सुनाए । रामधुनीका अन्य कोभिडका बिरामी समेत यतिबेला उपचारका लागि भौतारिनुपर्ने अवस्था छ ।

    नगरप्रमुख चौधरी भन्छन्, : सोचे झैं सहज छैन, प्रक्रियागत रुपमा जानुपर्छ
    रामधुनी नगरपालिकाका नगरप्रमुख जयप्रकाश चौधरीले बाहिर नगरवासीले भनेजस्तो आइसोलेन सेन्टर सञ्चालन गर्न सहज नभएको प्रतिक्रिया दिए । ‘बाहिर जसरी भनिन्छ त्यसी सहज छैन । चाँडो होस भन्ने सबैले चाहेपनि धेरै कुराहरुलाई मिलाउनुपर्ने हुन्छ’ उनले भने, ‘एक चिकित्सकले २४ घण्टा खट्न सक्दैन, प्रक्रियागत रुपमा जाँदा अझै एक चिकित्सकको लागि सूचना निकालिएको छ ।’ उनले चिकित्सक छनोट हुने बित्तिकै आइसोलेसन सेन्टर सञ्चालनमा आउने बताए । चिकित्सकको आवासका लागि घर समेत खोजी भइरहेको र नभेटिएको उनले बताए । हाल १० बेडको आइसोलेसन तयार भएपनि क्रमागत रुपमा बढाउने उनको भनाइ छ । बक्लौरी स्वास्थ्य चौकीको एम्बुलेन्स बिग्रिएकोले हाल नगरको गाडी प्रयोगमा रहेको र वैकल्पिक व्यवस्था पनि रहेको उनको भनाइ छ ।

    कोभिड अस्पतालका चिकित्सक भन्छन्, ‘कार्यालय समयमा मात्र फोन गर्नुस्’
    नगरवासीलाई कुनै पनि स्वास्थ्य समस्या आइहाले सम्पर्क गर्न भनि केही दिन अघि नगरपालिकाले मोबाइल नम्बर सार्वजनिक गरेको थियो । तर, बिरामी तथा बिरामीका आफन्तले समस्या राख्न खोज्दा कोभिड अस्पतालका चिकित्सकले गैरजिम्मेवारी पूर्वक जवाफ दिएका छन् । रामधुनीका एक व्यक्तिसँगको फोन सम्पर्कमा उनले १० बजेदेखि ५ बजेसम्म मात्र फोन गर्नुपर्ने बताएका छन् । उता, उनले आफूले त्यसो नभनेको बरु राति २ बजे आउने फोन समेत उठाएर परामर्श दिने गरेको जिकिर गरे । दैनिक १५ १६ वटा फोन आउने गरेको उनको भनाइ छ । केही फोन स्वास फेर्न गाह्रो भएको विषयमा र अधिकांश फोन ज्वरो, रुघा, खोकी, औषधि कुन खाने लगायतका विषयमा आउने गरेको ठाकुरले बताए ।

    पीसीआर परीक्षणको दायरा बढेन, नगरसँग सबै संक्रमितको डाटा छैन
    कोभिड संक्रमण समुदायस्तरमा फैलिसकेको छ । सुनसरीकै अधिकांश पालिकाहरुले परीक्षणको दायरा बढाइरहेकोबेला रामधुनीमा भने निकै कम छ । परीक्षणको दायरा बढाउन रामधुनी नगरपालिकाले कुनै पनि चासो नदिएको रामधुनी नगरबासीको गुनासो छ । नगरपालिकाले नै सार्वजनिक गरेका तथ्यांकले पनि परीक्षण एकदमै थोरै भएको र त्यसमा पनि वार्ड नम्बर १ र ५ का नागरिकको बढी परीक्षण गरिएको देखिन्छ । छिमेकी नगरमा दैनिक परीक्षण भएपनि रामधुनीमा तुलनात्मक रुपमा कम भएको रामधुनी १ का जितेन्द्र चौधरीले बताए । नगरले परीक्षणको दायरा बढाउनुपर्ने उनको भनाइ छ । तर उता नगरप्रमुख चौधरीले भने पछिल्लो एक सातादेखि भासी मा.वि.मा दैनिक परीक्षण भइरहेको प्रतिक्रिया दिए । नगरपालिका स्वास्थ्य शाखा प्रमुखले समीम अंसारीले भने हालसम्म १ पटक पीसीआर र ४ पटक एन्जिटेन पद्दतीबाट परीक्षण गरिएको जानकारी दिए ।

    धरान तथा विराटनगरका अस्पतालहरुबाट गरिएको परीक्षणको कुनै पनि तथ्यांक नगरपालिकासँग छैन । यो समाचार तयार गर्दासम्म नगरपालिकामा १ सय १८ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । अंसारीका अनुसार यो तथ्यांक नगरले अहिलेसम्म गरेको १ पिसीआर र ४ एन्टिजेन परीक्षणबाट प्राप्त रिपोर्टको मात्र हो । अन्यत्र गरिएको परीक्षणबाट प्राप्त रिपोर्टको तथ्यांक जिल्ला स्वास्थ्य कार्यालयबाट आउने उनले बताए । सो कार्यालयबाट नआउने तथ्यांक नगरपालिकासँग नहुने उनले स्पष्ट पारे । यसरी हेर्दा नगरपालिकामा १ सय १८ भन्दा बढी कोरोना संक्रमित रहेको देखिन्छ ।

    गम्भीर हुन नगरवासीको अनुरोध
    स्वास्थ्य जस्तो संवेदनशिल क्षेत्रमा नगरले खासै चासो र सक्रियता नदेखाएको रामधुनी झुम्काका सामाजिक कार्यकर्ता पुष्प कार्कीले बताए । ‘नगरले चासो देखाउने हो भने रामधुनीका धेरै सामाजिक संघसंस्थाहरु सहकार्य गर्न तयार छन्’ उनले भने, ‘तर नगरपालिका यस विषयमा गम्भीर देखिएन ।’

    नेपाली कांग्रेस रामधुनी नगर सभापति सुदिप अधिकारी नगर गम्भिर भएर नगरवासीको समस्या समाधानमा लाग्नुपर्ने बताउँछन् । ‘समस्याको निराकरण नै नभए पनि कम्तिमा तत्कालै होल्डिङ्ग सेन्टरकै रुपमा भए पनि अस्थायि कोभिड अस्पतालमा सन्क्रमितलाई राख्न सके नगरपालिकाले गर्दै गरेको महशुस नगरवासीमा हुने थियो की ?’ उनी नगरलाई प्रश्न गर्छन्, ‘होइन भने यसैगरी आलटाल गर्दै जाने हो र सम्बन्धित पक्ष सरोकारवाला रु आफ्नो दायित्वबाट पन्छिने हो भने भोलि नगरभित्र भयावह स्थिती सिर्जना हुदाँ जवाफदेही को हुने ?’

    नगरले आफ्ना नगरवासीको ज्यान बचाउन के कस्तो तयारी गरिरहेको छ ? के योजना छ ? सो विषयमा जानकारी दिनुपर्ने सविन दाहाल बताउँछन् ।

     

    Tags: आइसोलेसन सेन्टरखबरबिट स्थानीयरामधुनीरामधुनी नगरपालिका
    ADVT
    अगाडिकाे पाेस्ट

    बेदान्त हस्पिटल र नेपाली कांग्रेस इटहरी २ ले संक्रमितलाई स्वास्थ्य सेवा तथा परामर्श दिँदै

    अर्काे पाेस्ट

    ओलीविरुद्ध डटेर लड्न १५ नेता एकजुट

    सम्बन्धित Posts

    FEATURE

    गर्मी अत्यधिक बढेपछि रामधुनीका विद्यालय दुई दिन बन्द

    by खबरबिट
    प्रकाशित मिति : २०८१ जेष्ठ १६ गते, १७:०८ बजे
    0

    रामधुनी / केही दिन यता...

    रंग

    र्‍याप गायनमा रुचि भएका युवाका लागि अवसर : ‘झुम्का साइफर’ शो सुरु हुँदै

    by खबरबिट
    प्रकाशित मिति : २०८१ बैशाख २५ गते, २०:३४ बजे
    0

    रामधुनी । र्‍याप गीत गायनमा...

    स्ट्यान्डर्ड बोर्डिङ स्कुलका विद्यार्थीहरुद्वारा नगद तथा खाद्यान्न सहयोग

    प्रकाशित मिति : २०८० फाल्गुन २६ गते, १३:३३ बजे

    रामधुनी नगरपालिकाले गर्यो रामधुनी मन्दिर परिसरमा वृहत सरसफाई

    प्रकाशित मिति : २०८० माघ २८ गते, १७:२० बजे

    रामधुनीका व्यवसायीलाई सनराइज बैंकले दियो पशुपालन सम्बन्धि तालिम

    प्रकाशित मिति : २०८० असार ६ गते, ७:०३ बजे

    रामधुनीमा १५ बेडको साई हस्पिटल सञ्चालनमा

    प्रकाशित मिति : २०७९ चैत्र २५ गते, १९:२९ बजे
    अरू हेर्नुहाेस्
    Subscribe
    Connect with
    Login
    I allow to create an account
    When you login first time using a Social Login button, we collect your account public profile information shared by Social Login provider, based on your privacy settings. We also get your email address to automatically create an account for you in our website. Once your account is created, you'll be logged-in to this account.
    DisagreeAgree
    Notify of
    Connect with
    I allow to create an account
    When you login first time using a Social Login button, we collect your account public profile information shared by Social Login provider, based on your privacy settings. We also get your email address to automatically create an account for you in our website. Once your account is created, you'll be logged-in to this account.
    DisagreeAgree
    0 प्रतिक्रिया
    पुरानाे
    नयाँ Most Voted
    Inline Feedbacks
    सबै प्रतिक्रिया हेर्नुहाेस्

    नयाँ खबर

    समाचार

    लागूऔषध ब्राउन सुगरसहित सात पक्राउ

    by खबरबिट
    प्रकाशित मिति : २०८२ बैशाख १७ गते, १२:५१ बजे
    0

    सबै पढ्नुहाेस्

    जनकपुरमा जानकी जन्मोत्सव सुरु

    प्रकाशित मिति : २०८२ बैशाख १६ गते, ९:१७ बजे

    पाल्पामा जीप दुर्घटना, ३ जनाको मृत्यु

    प्रकाशित मिति : २०८२ बैशाख १५ गते, ९:५२ बजे

    शिक्षक र चिकित्सक सडकमा : विद्यार्थी परीक्षा र बिरामी उपचारको प्रतीक्षामा

    प्रकाशित मिति : २०८२ बैशाख १५ गते, ९:४० बजे

    सिद्धार्थ शिक्षा सदनमा ‘श्रष्टासँग बालबालिका’

    प्रकाशित मिति : २०८१ चैत्र २७ गते, २१:१७ बजे


    बढी पढिएकाे (३० दिनमा)

    • मेरो गाउँ (कविता)

      0 shares
      Share 0 Tweet 0
    • जनकपुरमा जानकी जन्मोत्सव सुरु

      0 shares
      Share 0 Tweet 0
    • गरिबी : न्यूनीकरणका प्रयास र चुनौती

      0 shares
      Share 0 Tweet 0
    • समाज परिवर्तनमा युवाको भूमिका र दायित्व

      0 shares
      Share 0 Tweet 0
    • शिक्षक र चिकित्सक सडकमा : विद्यार्थी परीक्षा र बिरामी उपचारको प्रतीक्षामा

      0 shares
      Share 0 Tweet 0

    सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


    मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
    शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

     

    हाम्राे टिम

    प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
    डेस्क रिपाेर्टर :
    बजार व्यवस्थापक :
    संवाददाता : नसिम अन्सारी (सुनसरी)
    संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

    No Result
    View All Result

    सम्पर्क

    माेबाइल : ९८०२७८१०८३
    विज्ञापन : ९८०२७८१०८३
    इमेल : khabarbit@gmail.com
    सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

    Design  by :

    • हाम्राे टीम
    • विज्ञापन
    • राशिफल

    © Saledo Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

    No Result
    View All Result
    • गृह
    • खबर
      • स्थानीय
      • समाचार
      • मुख्य
      • प्रदेश खबर
      • अन्तर्राष्ट्रिय
    • रंग
    • विचार
    • फोटो
    • विविध
      • पत्रपत्रिका
      • पर्यटन
      • साहित्य
      • अन्तर्वार्ता
      • भिडियो
      • प्रविधि
      • खेलकुद
      • रोजगार
      • विचित्र संसार
      • पुरानाे
      • निर्वाचन २०७९

    © Saledo Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

    Welcome Back!

    Sign In with Facebook
    OR

    Login to your account below

    Forgotten Password? Sign Up

    Create New Account!

    Sign Up with Facebook
    OR

    Fill the forms bellow to register

    All fields are required. Log In

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In
    error: याे समाचार कपी गर्न बन्देज गरिएकाे छ ।