सुनसरी । सुनसरीको धरान उप-महानगरपालिका १५ बसपार्कमा रहेको रहेको अस्थायी प्रहरी पोष्टमा तोडफोडमा संलग्न रहेको आरोपमा प्रहरीले हालसम्म ५ जनालाई पक्राउ गरेको छ ।
संलग्न रहेको आरोपमा प्रहरीले दुई पटक गरेर हालसम्म ५ जनालाई पक्राउ गरेको हो । पक्राउ परेका मुख्य आरोपीहरु ५ जनाहरुलाई मंगलबार (आज) जिल्ला प्रहरी कार्यालय सुनसरीले सार्वजनिक समेत गरेको छ ।
जेष्ठ १३ गते अस्थायी प्रहरी पोष्ट बसपार्कको कार्यालय भवन तोडफोड गरी फरार रहेका मध्येका २४ वर्षीय बिक्रम राई, २७ वर्षीय सिजन राई र २६ वर्षीय कालु भनिने सरोज लिम्बु, जेष्ठ १८ गते धरानकै देउरालीबाट पक्राउ परेका थिए ।
त्यस्तै ३० वर्षीय बसन्त राई र ३२ वर्षीइ रेगन लिम्बु धनकुटाको छथरपोखरी ४ बाट जेष्ठ २४ गते पक्राउ परेका हुन् । यि दुबै जनाले धनकुटामा आत्मसमर्पण गरेका हुन् ।
आत्मसमर्पण गरेका २ जनालाई आजै धरान ल्याई उनीहरू विरुद्ध सुनसरी जिल्ला अदालतमा मुलुकी अपराध संहिता २०७४ को परिच्छेद १२ ज्यान सम्बन्धी कसुर (विरुद्ध ज्यान मार्ने उद्योग १८३.१) अन्तर्गत मुद्दा दर्ता भई थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।